वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तर कोरियाली नेता किम जोङ उनसँगको महत्वपूर्ण शिखर सम्मेलनका लागि विभिन्न तीन वा चार सम्भावित मितिबारे छलफल भइरहेको जनाएका छन्।
अमेरिकी नेता ट्रम्पले यसपहिले उत्तर कोरिया र दक्षिण कोरियाली नेताहरूबीच शुक्रबार हुने वार्ताको केही हप्ताभित्र अर्थात् आगामी मे महिनाको अन्त्य वा जुन महिनाको सुरूमा आफूहरूको भेटवार्ता हुने बताएका थिए।
अमेरिकी राष्ट्रपति ट्रम्पले फक्स न्यूजसँगको कुराकानीमा भने,‘हामीले अझै शिखर सम्मेलनका लागि मितिको निर्णय गर्न बाँकी छ। हामीसँग तीन वा चार सम्भावित मितिका बारेमा छलफल भइरहेको छ र वार्ताका लागि विभिन्न पाँच स्थान निर्धारण गरिने छ। यो सम्भवतः चाँडै नै तय हुनेछ।।’
कोरियाली प्रायदीपमा देखिएको सङ्कट समाधानका लागि उत्तर कोरियाली तथा दक्षिण कोरियाली अधिकारीको विभिन्न चरणको छलफलपछि विश्व समुदायको चासोको विषय बनेको उत्तर कोरियाली आणविक तथा क्षेप्यास्त्र परीक्षणको कार्यक्रम रोकिएको छ।
ट्रम्पले भने, ‘कसले जानोस् छलफल सुरू हुँदासाथ म बाहिरिने छु वा बैठक नै हुने छैन।’ उनीहरू अहिले नै भेट्न चाहेका छन् र सम्भवत कुराकानी हुनेछ।’ रासस÷एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।