अबुजा– नाइजेरियाको मध्य उत्तरी क्षेत्रस्थित बेन्यु राज्यमा रहेको एक चर्चमा अपरिचित एक बन्दूकधारीले प्रार्थनाका लागि चर्चमा रहेको एक समूहमाथि अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
एक सशस्त्र व्यक्ति चर्चमा पसी चलाएको गोली लागि ७ जनाको मृत्यु भएको र अन्य केही घाइते भएका प्रहरीले जनाएको छ। तर प्रहरीले घाइतेको सङ्ख्या एकिन भैनसकेको जनाएको छ।
स्थानीयबासीले घटनामा अन्य नाइजेरियाली आक्रमणमा जस्तै चौपाया लुट्न सक्रिय एक समूहको योजना अन्तर्गत उक्त व्यक्तिले गोली चलाएको हुनसक्ने आशङ्का गरेका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।