सिओल– दक्षिण कोरियामा बालबालिका जन्माउने क्रम घट्दै गएको हालै सार्वजनिक एक विवरणले देखाएको छ। बुधबार सार्वजनिक गरिएको फेबु्रअरी महिनाको विवरणअनुसार जन्मदर घटेको देखिएको अधिकारीहरुले जनाएका छन्।
फेब्रुअरी महिनामा नयाँ जन्मिएका बालबालिकाहरुको संख्या २७ हजार ५ सय रहेको छ। एक वर्ष अगाडीको तुलनामा अहिले ३ हजार अर्थात् ९ दशमलब ८ प्रतिशत कम बालबालिका जन्मिएका छन्।
सन् १९८१ देखि यस्तो तथ्याङ्क लिन थालिएकोमा यो अहिलेसम्मकै सबैभन्दा धेरै घटेको तथ्याङ्क हो।
सन् २०१५ को डिसेम्बरदेखि गत फेबु्रअरीसम्म अर्थात २७ महिनामा बालबालिकाको जन्मदर निकै कम भएको अध्ययनले देखाएको छ।
धेरै उमेरमा विवाह र एउटा मात्रै सन्तान जन्माउने प्रचलन बढ्दै गएकाले जन्मदर घटेको अनुसन्धानकर्ताहरुले बताएका छन्।
विवाहमा पनि अघिल्लो वर्षको तुलनामा धेरै गिरावट आएको छ। अघिल्लो वर्षभन्दा १९ हजार अर्थात ११ दशमलब ६ प्रतिशत कम विवाह यस बर्षको फेब्रुअरी महिनामा भएको छ।
न्युन मात्रामा विवाह हुनु र जन्मदर घट्दै जानु दक्षिण कोरियाको अर्थतन्त्रका लागि टाउको दुखाइको विषय भएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।