नयाँ दिल्ली– नाबालिग किशोरीमाथिको बलात्कार कान्डमा भारतीय धर्मगुरु आशारामलाई जन्मकैदको फैसला सुनाइएको छ। सोहि कान्डमा अन्य २ जना दोषीलाई भने २०÷२० वर्ष जेल सजाय तोकिएको छ।
बुधबार जोधपुरस्थित अदालतले सुनुवाई गर्दै घटनाका ५ आरोपीमध्ये ३ जनालाई दोषी ठहर गरेको थियो। बाँकी २ जनालाई भने सफाइ दिइएको छ। सोहि मुद्दाका कारण आशाराम पछिल्लो ५ वर्षदेखि जेलमा थिए।
दोषी ठहर गरेपछि आशारामलाई अदालत लैजान सुरुक्षा चुनौति देखिएको भन्दै फैसला सुनाउन भने कारगारमा नै अस्थायी कोर्ट खडा गरिएको थियो। फैसलाका समयमा जोधपुर प्रहरीले उच्च सुरक्षा सतकर्ता अपनाएको थियो। शहरभरि प्रहरीले मार्च गर्दै आवातजावत गर्ने सबैको सावधानीपूर्वक खानतलासी गरिएको थियो। आशाराम बस्दै आएको जोधपुर आश्रमलाई पनि खाली गरिएको प्रहरीले जनाएको छ।
सन् २०१३ मा शाहजहाँपुरकी एक १६ वर्षीय किशोरीले जोधपुर आश्रममा आशारामले आफुमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन्। पीडित किशोरीका परिवारले नयाँ दिल्लीको कमला मार्केट प्रहरी चौकीमा आरोप दर्ता गराएका थिए। केहि समयपछि यो मुद्दालाई जोधपुर नै ‘ट्रान्सफर’ गरिएको थियो। प्रारम्भिक जाँचपछि जोधपुर प्रहरीले आशारामलाई पक्राउ गरेको थियो र अदालतले उनलाई जेल चलान गर्ने आदेश दिएको थियो।
यो मुद्दाको फैसलासम्म आइपुग्दा कुल ५८ जना साक्षीको बयान लिएको अदालतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।