लागोस– नाइजेरियाको मध्यउत्तरतर्फ पर्ने बेन्यु राज्यमा रहेको एउटा चर्चमा भएको आक्रमण परी कम्तीमा १९ जनाको मृत्यु भएको छ।
राज्य सरकारका प्रवक्ता टेर्भेर अकासले शङ्कास्पद गोठालाहरुले चर्चमा आक्रमण गरेका र उनीहरु मारिएका जानकारी दिए।
घटनाका कारण राज्यका गभर्नरले आफ्नो घरायसी बिदा र भ्रमण छोट्याएको उनले बताए। फुलानी समुदायका गोठालाहरुको आक्रमणबाट उनीहरुको मृत्यु भएपछि सुरक्षा चुनौती थपिएकाले उनले बिदा छोट्याएर फर्किएको बताइएको छ।
घटनामा परी मृत्यु हुनेमा दुई जना क्याथोलिक पुजारी र अन्य १७ जना पुजामा संलग्न भक्तजनहरु रहेका सिएनएनले लेखेको छ।
सेन्ट इग्नाट्यिुस क्वासी क्याथोलिक पारिसमा आक्रमण भएको हो। बिहान प्रार्थना भइरहेका बेला आक्रमणकारीहरुले चर्चमा एका–एक आक्रमण गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
उनीहरुले प्रहरी र पत्रकारलाई दिएको जानकारीअनुसार स्थानीय समयानुसार बिहान पाँच बजे आक्रमण भएको थियो। राष्ट्रपति मोहम्मद बुहारीले बेन्युको घटनालाई तल्लो स्तर र निन्दनीय कार्य भएको टिप्पणी गरेका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।