Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नौ तलाबाट खसेको त्यो दिन, रमिला भन्छिन्– 'धरहरा मेरो जन्मस्थल'

64x64
नेपाल लाइभ बुधबार, वैशाख १२, २०७५  ०९:१८
1140x725

काठमाडौं– शनिबार बिदाको दिन। रमिला श्रेष्ठ साथी सञ्जीवसँग फिल्म हेर्ने योजनामा थिइन्। बिहानको खाना खाईवरी उनी बल्खुबाट वसन्तपुर पुगिन्। रामेछाप घर भएका सञ्जीव श्रेष्ठ पहिलेदेखि नै वसन्तपुर बस्थे। रमिला पनि रामेछापबाटै केही दिनअघि काठमाडौं आएकी थिइन्। 

उनीहरुबीच ललितपुरको गुण सिनेमा हलमा फिल्म हेर्ने योजना बनिसकेको थियो। गाडी चढ्नका लागि वसन्तपुरबाट न्युरोड हुँदै सुन्धारा पुगे। रमिलाका लागि काठमाडौं नौलो थियो। सुन्धाराको धरहराबारे सुनेकी मात्र थिइन्। नौतले धरहरा नियाल्दै हिँडिरहँदा उनमा चढ्ने हुटहुटी जागेर आयो। सञ्जीवले पनि सहमति जनाएपछि उनीहरुले टिकट काटे र दिउँसोको १२ बज्नुअघि धरहरा चढे।

ठूलो उत्साह बोकेर चढेकी उनी आठौं तलाको रेलिङमा पुगिन्। र, काठमाडौंको बाक्लो सहर हेर्न थालिन्। यति नै बेला उनलाई एक्कासि रिँगटा लागेजस्तो भननन्न भयो। रेलिङबाट झ्वाट्ट उछिट्टिइन्। 

---

‘बेलुका वीर अस्पतालमा मात्र मैले भूकम्प आएर धरहरा ढलेको भन्ने थाहा पाएँ,’ तीन वर्षअघिको त्यो कहालीलाग्दो दिनको उनी स्मरण गर्छिन्, 'त्यति अग्लो ठाउँबाट खस्दा पनि बाँच्न सफल भएँ। यो त मेरो लागि दोस्रो जुनी हो।'

खुसीको कुरा त उनीसँगै धरहरा चढेका सञ्जीव पनि बाँचे। तर उनको हात भाँच्चियो। इँटाहरुबीच पुरिएकी रमिलाको भने एउटा खुट्टा भाँचिएको थियो। 

त्यो त्रासदीपूर्ण दिन बितेको तीन वर्ष पुगिसकेको छ। ढलेको धरहरा पुनर्निर्माण भएको छैन। मात्र भत्किएको ठुटो ठिंग उभिएको छ। तर यसबीच १६ वर्षीय रमिलाको जीवनमा भने धेरै कुराहरु परिवर्तन भइसकेका छन्। 

९ कक्षाको पढाइ छाडेर उनी बुबासँग बस्न काठमाडौं आएकी थिइन्। बुबा बल्खुमै एक पसलमा काम गर्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

भूकम्पछि एक महिना उनले अस्पतालमै बिताउनुपर्‍यो। भाँच्चिएको खुट्टा ठिक हुन केही समय लाग्यो। भूकम्पको परकम्पहरु दिनहुँजसो आइरहेका थिए। सँगै उनी महसुस गर्न सक्थिन्, जीवन पीडाका कम्पनहरु।

एक वर्षपछि उनको खुट्टा ठिक हुँदै गयो। बिस्तारै उनले भूकम्पको मानसिक त्रास पनि बिर्सन थालिन्। काठमाडौंमै बसेर अधुरो पढाइ पूरा गर्नतिर लागिन्।

गत महिना एसइई दिएकी उनी ठूलो सपना लिएर कलेज पढ्ने तयारीमा लागिसकेकी छन्। कसर्म पढेर आफै व्यवसाय गर्ने र ‘व्यवसायी रमिला’को पहिचान बनाउने उनको सपना अँकुराउन थालिसकेको छ। 

कतिपयले उनलाई भूकम्पमा धरहराबाट खसेकी केटी भनेर चिनाउँछन्। कसैले यसो भन्दा उनको मनमा कतै च्वास्स घोच्छ। किनकि उनी चाहन्छिन्, बसिसकेको पीडाको खाटो कसैले नकोट्याइदेओस्। ‘भूकम्पमा बाँचेको मान्छे भन्दा पनि केही काम गरेर आफ्नो पहिचान बनाउन चाहन्छु,’ उनी भन्छिन्।

Xtrem

Xtrem

भूकम्पमा बाँचेकी युवतीका रुपमा उनको निकै चर्चा भयो तर उनलाई पढाइमा भने कतैबाट सहयोग भएको छैन। घरको निम्न आर्थिक अवस्थाकै कारण बुबाले अरुकैमा ज्याला मजदुरी गर्नुपरेको छ। उच्च शिक्षाका लागि कसैले सहयोग गरिदिए आत्मबल बढ्ने उनको ठूलो अपेक्षा छ। 

‘डर भन्ने कुरा मरिसक्यो’ 
बेलाबेलामा उनलाई भूकम्पको दिनको सम्झना हुन्छ। त्यो दिन सम्झँदा उनी कहिलेकाहीँ झसंग झस्किन्छिन् पनि; तर आफैंलाई 'कन्ट्रोल' गर्छिन्। तर, ठूलो डर हराइसकेको उनी बताउँछिन्। ‘अब त डर भन्ने कुरा नै भागिसक्यो,’ उनले हाँस्दै भनिन्। 

अहिले पनि उनकी कहिलेकाहीँ ढलिसकेको धरहराको छेउछाउ पुग्छिन् र यसो आकाशतिर हेर्छिन्। जहाँबाट उनी खसेकी थिइन्। तर उनलाई यहाँ पुग्दा डर होइन  रमाइलो लाग्दो रहेछ। ‘धरहरा त मेरो जन्मस्थल हो,’ उनी भन्छिन्, ‘जहाँ मैले पुनर्जन्म पाएँ।’ 

धरहरा घुमाउन लैजाने साथी सञ्जीवसँग भने हिजोआज उनको खासै भेटघाट छैन। अहिले सञ्जीवको भाँचिएको हात पनि ठिक भइसकेको छ। उनी एक रेस्टुरेन्टमा कुकका रुपमा काम गरिरहेका छन्।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०७५  ०९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मतदाता सूची विवादविरुद्ध प्रदर्शन गर्दा राहुल गान्धी पक्राउ
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दै २९७ सदस्यीय कार्यसमिति
सम्बन्धित सामग्री
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार ६ बजे सम्म १ हजार ४५७ जनाको शव फेला परेको छ। बिहीबार, असोज २२, २०८३
मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बिहीबार देश... बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस आयोगले २०८३ भदौ २६ गते निर्णय गर्दै प्रसाईंले शान्तिपूर्ण प्रदर्शनको अनुमति लिएर सुरक्षा घेरा तोडेको र ‘संसद् भवन जलाउनुपर्छ’ जस्ता... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
मतदाता सूची विवादविरुद्ध प्रदर्शन गर्दा राहुल गान्धी पक्राउ बिहीबार, असोज २२, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला बिहीबार, असोज २२, २०८३
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दै २९७ सदस्यीय कार्यसमिति बिहीबार, असोज २२, २०८३
कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगनले भने– अब पार्टीको रेल अगाडि बढ्यो बिहीबार, असोज २२, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्