सुरुङ्गा, झापा- पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिकास्थित दुर्गापुर सडकखण्डमा भएको सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ।
मृत्यु हुनेमा धनकुटाको देब्रेबास–४ निवासी ४२ वर्षीय राजेश श्रेष्ठ र ३३ वर्षीया उनकी श्रीमती पुष्पा श्रेष्ठ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिP.
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७छ ८०१८ नंको टिपरको ठक्करबाट उनीहरुको मंगलबार घटनास्थलमै मृत्यु भएको हो।
मृतक श्रेष्ठ ससुरालीबाट श्रीमती लिएर घर फर्कंदै गरेका थिए। मृतक दम्पती झापाको पृथ्वीनगरबाट को१६प ४२०८ नंको स्कुटरमा घर फर्कदै गर्दा टिपरलाई उछिन्ने क्रममा टिपरले ठक्कर दिएको बताइएको छ।
दुर्घटनामा संलग्न सवारीलाई इलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।