Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगनले भने– अब पार्टीको रेल अगाडि बढ्यो

64x64
नेपाल लाइभ बिहीबार, असोज २२, २०८३  ०६:४९
1140x725

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र लामो समयदेखि कायम रहेका विभिन्न समूह र गुटको राजनीति अन्त्य भएको घोषणा गरेका छन्।

नेपाली कांग्रेसको १५औं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले देउवा समूह, कोइराला समूह, पौडेल समूहलगायतका नाममा हुँदै आएको गुटगत राजनीति अब समाप्त भएको बताए।

‘०७४, ०३६, देउवा समूह, कोइराला समूह, पौडेल समूह, विशेष, नविशेष आजदेखि सबै सकियो,’ उनले भने, ‘फिनिस्ड। यो अधिवेशनको सबैभन्दा ठूलो उपलब्धिमध्येको उपलब्धि यही हो।’

थापाले पार्टीभित्र अब कुनै समूह विशेषको आधारमा नभई कांग्रेसको भविष्य, पार्टीका मूल्य र विचारलाई केन्द्रमा राखेर नेतृत्व चयन गर्न महाधिवेशन प्रतिनिधिलाई आग्रह गरे।

उनले कांग्रेसलाई आफूहरूको लागि केवल राजनीतिक संगठन नभई परिवार र घरजस्तो रहेको बताए। पार्टीसँग जोडिएको मूल्य र विचारका कारण आफूले कांग्रेस छाडेर नयाँ पार्टी बनाउने प्रस्ताव अस्वीकार गरेको उनको भनाइ थियो।

‘पार्टी मेरो निम्ति एउटा घरजस्तो पनि भयो, परिवारजस्तो पनि भयो। पार्टी भनेको केवल एउटा संगठनको संरचना वा कार्यालय मात्र होइन,’ उनले भने, ‘यससँग जोडिएको मूल्य सबैभन्दा महत्वपूर्ण कुरा हो।’

थापाले विगतमा आफूलाई नयाँ पार्टी गठन गरी नेतृत्व गर्न गरिएको प्रस्तावको प्रसंगसमेत सुनाए। उनका अनुसार २०७० सालतिर एक जना अभियन्ताले नयाँ पार्टी गठन गरी आफूलाई सभापति बन्न प्रस्ताव गरेका थिए। तर कांग्रेसका मूल्य र परम्परासँग आफ्नो सम्बन्ध गहिरो रहेको भन्दै आफूले उक्त प्रस्ताव अस्वीकार गरेको उनले बताए।

थापाले कांग्रेसको मूल्य र विचारप्रति असन्तुष्टि नभए पार्टीभित्रका गलत व्यवहार, निर्णय र नीतिविरुद्ध संघर्ष गर्नुपर्ने बताए। उनले पार्टी सभापति र सामान्य कार्यकर्ताबीच अधिकार र हैसियतको आधारभूत समानता रहेको पनि बताए।

Ncell 2
Ncell 2
nimb
nimb

‘पार्टीको सभापति माननीय, सम्माननीय होइन, यो केवल एउटा जिम्मेवारी हो, त्यो पनि समय तोकेर दिएको जिम्मेवारी हो,’ थापाले भने, ‘हामी सबै बराबर हौँ।’

थापाले कांग्रेसको सुधार पार्टीका तल्लो तहका सदस्यबाटै सुरु गर्नुपर्ने बताए। पार्टी सदस्यता, नेतृत्व चयन, संगठन सञ्चालन र आन्तरिक कार्यपद्धतिमा ठूलो परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो।

पार्टीको सार्वभौमसत्ता क्रियाशील सदस्य र व्यापक अर्थमा कांग्रेसका समर्थक तथा शुभेच्छुकमा रहेको उल्लेख गर्दै उनले संगठनलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताए।

उनले आगामी दिनमा पार्टीको आन्तरिक व्यवस्थापनमा आफ्नो २० प्रतिशत समय र पार्टीलाई राष्ट्रिय रूपमा सुदृढ बनाउन ८० प्रतिशत समय खर्च गर्ने लक्ष्य रहेको बताए।

Xtrem

Xtrem

थापाले सामाजिक सञ्जाल र डिजिटल माध्यमको विस्तारले लोकतन्त्रमा नयाँ चुनौती थपेको बताए।

उनले सामाजिक सञ्जालका एल्गोरिदमले मानिसलाई आफूले रुचाएका विषय र विचारकै सीमित घेराभित्र राख्ने भएकाले बहुविचार र विचारको प्रतिस्पर्धा कमजोर हुनसक्ने बताए।

‘डेमोक्रेसीको सबैभन्दा महत्वपूर्ण कुरा बहुविचार हुन्, विचारको बीचमा प्रतिस्पर्धा हो,’ उनले भने, ‘तर सामाजिक सञ्जाल बाइ डिजाइन कस्तो भएको छ भने त्यहाँभित्र बहुविचारहरूको प्रतिस्पर्धा छैन।’

सामाजिक सञ्जालमा तथ्य र तर्कभन्दा भावनात्मक विषय बढी प्रभावकारी बन्ने गरेको भन्दै उनले नेपालमा मात्रै नभई विश्वभरका लोकतन्त्रले यस्तो चुनौती सामना गरिरहेको बताए।

थापाले कांग्रेस नेपालको सबैभन्दा पुरानो राजनीतिक दल भए पनि नयाँ पुस्ताको विश्वास जित्न सक्ने क्षमता विकास गर्नुपर्ने बताए।

नेपाल अहिले इतिहासकै सबैभन्दा युवा अवस्थामध्ये रहेको उल्लेख गर्दै उनले युवालाई विगतको इतिहास मात्रै सुनाएर कांग्रेससँग जोड्न नसकिने बताए।

‘उसलाई हामीले इतिहास बताउनुपर्छ, तर नयाँ इतिहास रच्छौँ भन्ने कुराको विश्वास पनि दिलाउन सक्नुपर्छ,’ उनले भने।

उनले आफूले कांग्रेसको सदस्यता लिँदा विगतमा पार्टीले गरेका कामका कारण नभई भविष्यमा कांग्रेसले केही गर्न सक्छ भन्ने विश्वासका कारण सदस्य बनेको बताए।

थापाले विशेष महाधिवेशनको वैधानिकतालाई लिएर अदालतमा भइरहेको विवाद अब अन्त्य गर्न कांग्रेस नेताहरूलाई आग्रह गरे।

उनले यो विषय राजनीतिक भएकाले अदालतमा पटक–पटक जानेभन्दा पार्टीभित्रै समाधान खोज्नुपर्ने बताए।

उनले आफू अदालतबाट विशेष महाधिवेशन अवैध भएको फैसला आए पनि त्यसलाई स्वीकार गरेर १५औँ महाधिवेशनमा फर्कन तयार रहेको बताएको स्मरण गराए।

प्रकाशित मिति: बिहीबार, असोज २२, २०८३  ०६:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी र पहिरोले रसुवा, मनाङ र म्याग्दीका तीन सडकखण्ड पूर्ण अवरुद्ध
मतदाता सूची विवादविरुद्ध प्रदर्शन गर्दा राहुल गान्धी पक्राउ
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला
सम्बन्धित सामग्री
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दै २९७ सदस्यीय कार्यसमिति नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहीबार मतदान हुँदैछ। कांग्रेसको नयाँ नेतृत्व चयनका ला... बिहीबार, असोज २२, २०८३
कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगनले भने– अब पार्टीको रेल अगाडि बढ्यो नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र लामो समयदेखि कायम रहेका विभिन्न समूह र गुटको राजनीति अन्त्य भएको घोषणा गरेका छन... बिहीबार, असोज २२, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम तत्कालिन राजदूत नवीन श्रीवास्तवको कार्यकाल सकिएसँगै भारतले उनको स्थानमा वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलालाई नयाँ राजदूतका रूपमा प्रस्त... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
बाढी र पहिरोले रसुवा, मनाङ र म्याग्दीका तीन सडकखण्ड पूर्ण अवरुद्ध बिहीबार, असोज २२, २०८३
मतदाता सूची विवादविरुद्ध प्रदर्शन गर्दा राहुल गान्धी पक्राउ बिहीबार, असोज २२, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला बिहीबार, असोज २२, २०८३
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दै २९७ सदस्यीय कार्यसमिति बिहीबार, असोज २२, २०८३
कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगनले भने– अब पार्टीको रेल अगाडि बढ्यो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्