काठमाडौं– हिमालयन बैंकले चालु आर्थिक वर्षको ९ महिनासम्ममा १ अर्ब ६१ करोड रुपैयाँ कमाएको छ। जुन अघिल्लो वर्षको यहि अवधिमा भन्दा ४ दशमलब ९९ प्रतिशतले बढी हो। बैंकले अघिल्लो वर्षको ९ महिनामा १ अर्ब ५३ करोड रुपैयाँ नाफा कमाएको थियो।
बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ९६ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरि ८५ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको चुक्ता पुँजी ८ अर्ब ११ करोड रुपैयाँ रहेको छ।
बैंकले २ अर्ब ९१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ५ दशमलब शून्य ९ प्रतिशतले बढी हो। आघिल्लो वर्ष बैंकले २ अर्ब ७६ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो।
प्रतिसेयर आम्दानी २५ रुपैयाँ ८१ पैसा रहेको बैंकको नेटवर्थ प्रतिसेयर १ सय ६३ रुपैयाँ ६१ पैसा कायम छ। बैंकको तरलता अनुपात २१ दशमलब ८५ प्रतिशत रहेको छ।
बैंकले प्रोभिजनमा १ करोड ९१ लाख रुपैयाँ राखेको छ। त्यस्तै बैंकको निष्कृय कर्जा १ दशमलब १९ प्रतिशत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।