• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

विवादित एन्फाको भागबन्डा खेल 

64x64
सराेज तामाङ मंगलबार, असार २, २०७७  १३:१०
1140x725
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को आपतकालिन कार्यसमितिको बैठक आज बस्दै छ। गुट उपगुट बनेको एन्फा पदीय स्वार्थमै केन्द्रित भएको पछिल्लो गतिविधिले प्रष्ट हुँदै आएको छ। 

त्यही विवादलाई साम्य पार्दै भागबन्डा गर्न बैठक बस्न लागेको आरोप पनि छ। सोमबारलाई तय भएको बैठक बरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ उपस्थित नहुने भएपछि मंगलबारको लागि बैठक तय भएको हो। 

बरिष्ठ उपाध्यक्ष नेम्वाङले आफ्नो स्वास्थ्यको कारण उपस्थित हुन नसक्ने भनेपछि बठैक रोकिएको थियो। बैठकमा मुख्यतय तीन एजेण्डामा छलफल हुनेछ। मानर्थ अध्यक्ष, भक्तपुर जिल्ला फुटबल संघ, कोभिड-१९ को राहात विषय रहेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिएका छन्। ‘मानार्थ अध्यक्ष, भक्तपुर जिल्ला फुटबल संघ, कोभिड-१९ को राहात र विविध पक्षमा छलफल हुनेछ’ उनले भने। 

केहीदिन अघि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा विवादमा फसे। तराईका चार जिल्लामा ग्रास रुटका कार्यक्रमका सम्बन्धमा दिएको अभिब्यक्ति विवादयुक्त हुँदा एन्फाले प्रेस विज्ञप्ति नै निकाल्नु पर्‍यो। एन्फा अध्यक्षले ‘तराईमा राष्ट्रियताको भावना कम हुने’ भन्ने आशय निस्कने गरी अन्तर्वार्ता दिएका थिए। 

एन्फा एकपछि अर्को विवादमा मुछिइरहँदा गुट-उपगुट पनि त्यत्तिकै जन्मिए। अहिले एन्फामा आफ्ना स्वार्थ पूरा गर्नकै लागि विभिन्न बखेडा गर्ने जमात बढेको छ। दुई वर्षअघि चुनाव जितेर आउँदा कर्माछिरिङ शेर्पाको टिममाथि ठूलो विश्वास र भरोसा थियो। खेलाडीले त्यस्तै अपेक्षा गरे। तर यो दुई वर्ष बढिको समयसम्म एन्फाले आलोचना बाहेक तारिफयोग्य काम गर्न सकेन। 

यो पनि पढ्नुहोस्

एन्फा अध्यक्षसँग १७ करोड लिएको आरोपबारे बोले खेलकुद मन्त्रीसोमबार, जेठ २६, २०७७

हुन त सुरुवातदेखि नै चार जिल्ला फुटबल संघलाई समेटेर जान नसकेको एन्फा झनै पेचिलो बन्दै गएको छ। ‘चेन्ज एन्फा’ नारा घन्काउँदै एन्फा छिरेका पदाधिकारी नै बदमासी भएको काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल संघको आरोप निरन्तर लाग्दै आएको छ। 

पदाधिकारीबीचको मनमुटाब र गुटले सिर्जना गरेको विवाद बेलाबखत सामाजिक सञ्चालमा पनि छ्यापछ्याप्ती देखिन्छ। यसले गर्दा अहिलेको एन्फा टिम लामो घोडाको रेस होइन भन्ने कुरा प्रष्ट हुन्छ। 

एन्फाको कच्चा निर्णय 
एक-दुई पटक मात्रै हैन पटक पटक आलोचित हुँदै आएको छ। यसको एउटै कारण हो, अपरिपक्क र कच्चा निर्णय। 

Ncell 2
Ncell 2

एन्फा अध्यक्ष पदका लागि दोस्रो पटक चुनाव लड्दै गरेका कर्माछिरिङ शेर्पा चुनावी मैदानमा सारथी बनेर सघाएका टासी घलेलाई मानर्थ अध्यक्षको पद दिने सर्त थियो। कर्माछिरिङ प्यानलले यस्तै र विभिन्न पद दिने शर्तमा ‘गेम चेन्जर’ व्यक्तिहरुलाई चुनावी मैदानमा आफ्नो पक्षमा पार्‍यो। 

चुनावपछि एन्फा विभिन्न भागबन्डाहरुमा लाग्यो। विवाद पनि सुरु हुन थाल्यो। त्यही चुनावी मैदानबाटै व्यक्तिगत स्वार्थहरुको जन्म भयो। त्यसैको परकाष्टा हो अहिलेको एन्फा किचलो। यसअघि मानार्थ अध्यक्षबाट पदच्युद भएका टासी घलेलाई पुनर्वहाली गर्ने विषय यो बैठकको मुख्य प्राथमिकता छ। 

एन्फा मानर्थ अध्यक्ष भएर पनि एन्फाकै विरुद्दमा लागेको भन्दै एन्फाले टासी घलेलाई माघ ३ गते हटाएको थियो। तर टासी घले आफ्नो अपमान भएको भन्दै पाटन उच्च अदालतदेखि राष्ट्रिय खेलुकद परिषद् (राखेप) सम्म पुगेका थिए। 

यो पनि पढ्नुहोस्

राष्ट्रियता सिकाउने विवादित भनाइमा एन्फा अध्यक्षले मागे माफीबिहीबार, जेठ २२, २०७७

एन्फा आफैले गरेको काममाथि आलोचित हुँदा विस्तारै विश्वास पनि गुम्दै गएको छ। टासी घलेलाई मानर्थ अध्यक्षबाट निकालेको एन्फा फेरि उनलाई पुनर्वहाली गर्न बैठक बस्दै छ। यो कुराले पनि के प्रष्ट पार्छ भने एन्फा स्वयम परिपक्क छैन। एन्फाविरुद्ध रहेका चार जिल्ला फुटबल संघमध्ये भक्तपुर जिल्ला फुटबल संघलाई कारबाही गर्नका लागि पनि बैठक बोलाइएको खुल्न आएको छ। 

एन्फा पर्ख र हेर नीतिमा? 
संसारभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले एन्फालाई गजबकै आनन्द ल्याइदिएको छ। ढुक्कले बस, के चिन्ता। नेपालभन्दा विकराल अवस्था भएका देशले खेलकुद गतिविधि सञ्चालन गरिसके। खेल नभएका देशमा पनि अभ्यासका कामहरु भइरहेका छन्। 

तर एन्फा भने पर्खेर हेरको अवस्थामा छ। रोकिएको सहिद स्मारक बी डिभिजन लिग फुटबल, राष्ट्रिय टिमको तयारी र अन्य गतिविधि कसरी र कहिलेबाट गर्ने ठोस निर्णयमा एन्फा पुगेको छैन। सरकारको निर्णय हेरेर बिना पहल बसिरहेको छ। 

अन्य देशले बन्द रंगशालामा प्रतियोगिता गराउनेदेखि खेलाडीको स्वास्थ्य परिक्षणपछि अभ्यास गराउन थालिसक्दा पनि एन्फाले नसोच्नु पछि भुल हुनेछ। एन्फा भने आफ्नै आन्तरिक विवादमा फसेको छ। एन्फाका पदाधिकारीले पनि आफ्नो दुनो सोझ्याउने बाहेक अन्य पक्षमा ध्यान पुर्‍याउन सकेका छैनन्।

प्रकाशित मिति: मंगलबार, असार २, २०७७  १३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
कुरुवालाई खाना पकाउने व्यवस्थासहित वीरमा थपियो आकस्मिक कक्ष सोमबार, माघ ५, २०८२
कैलाली–५ बाट त्रिविका पूर्व उपप्राध्यापक आनन्द चन्द रास्वपाका उम्मेदवार सोमबार, माघ ५, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
धादिङ-१ बाट आशिका तामाङ बनिन् रास्वपा उम्मेदवार सोमबार, माघ ५, २०८२
मधेशका पूर्वमुख्यमन्त्री सिंहले दिए सांसद पदबाट राजीनामा सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्