• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

राष्ट्रियता सिकाउने विवादित भनाइमा एन्फा अध्यक्षले मागे माफी

64x64
नेपाल लाइभ बिहीबार, जेठ २२, २०७७  ११:३८
1140x725

काठमाडौं- ‘तराईतिर राष्ट्रियताको भावना कम भएको’ भन्ने विवादास्पद अभिव्यक्ति दिएका अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले आफ्नो मनसाय त्यस्तो नरहेको भन्दै माफी मागेका छन्। 

‘तराईका बच्चाहरुलाई फुटबलप्रति आकर्षित गर्नका लागि र राष्ट्रियता सिकाउनका लागि’ सप्तरी, सिराह, धनुषा र महोत्तरीमा आर्मीसँग सहकार्य गरेर ग्रासरुट फुटबलको कार्यक्रम सुरु गरेको अध्यक्ष शेर्पाको अभिव्यक्ति थियो। 

आफ्नो मनसाय फुटबलको विकासभन्दा बढी केही नभएको भन्दै उनले अहिले माफी मागेका हुन्। ‘मैले दिएको अन्तर्वार्तामा खेल भावनाबाहेक कुनै मनसाय राखेर वा कुनै क्षेत्र, प्रदेश र भुगोललाई होच्याउने वा नकरात्मक सन्देश प्रवाह गर्न खोजेको छैन। विशुद्ध हिसाबले नेपालमा फुटबल विकास गर्ने उद्देश्य मात्र रहेको छ’ उनले विज्ञप्तीमार्फत भनेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘मैले दिएको अभिव्यक्ति कुनै सम्प्रदाय, वर्ग, जाति, लिङ्ग, भाषाभाषी, प्रदेश र भुगोलप्रति लक्षित नगरेको र नभएको स्पष्ट पार्न चाहन्छु। मेरो भनाइलाई तोडमोड गरी फुटबलप्रति वितृष्णा उत्पन्न गराउने मनसायबाट प्रेरित तत्वले एन्फा र यसको नेतृत्वको छवि धमिल्याउने र हुँदै आएको फुटबलको विकासको गतिमा अवरोध पुर्याउने योजना मुताबिक आएको बुझ्न अनुरोध गर्दछु’ उनले भनेका छन्। 

राष्ट्रियताका विषयमा लामो कुरा गर्दैै उनले अघि भनेका छन्– ‘उक्त अन्तर्वार्तामा व्यक्त भावनाभन्दा पनि शाब्दिक अर्थमा मात्रै धेरै ध्यान दिइएको छ। तर मेरो अप्रिपाय तथा भावना कसैको राष्ट्रियतामा प्रश्न गर्ने थिएन र कदापि होइन पनि। यद्यपि अन्तर्वार्ताको क्रममा व्यक्त शब्दावलीबाट नेपाली दाजुभाइ दिदीबहिनी एवं त्यस क्षेत्रका नेपालीमा कुनै चोट वा ठेस पुग्न गएमा म क्षमा याचना गर्दछु।’ 

अध्यक्ष शेर्पाको अभिव्यक्तिको सामाजिक सञ्जालदेखि संसदसम्म विरोध भइरहेको थियो। बुधबार मधेशी आयोगले राष्ट्रियताको विषयमा शेर्पाले दिएको विवादास्पद अभिव्यक्तिको विषयमा छानविन प्रक्रियासमेत अघि बढाएको बताएको थियो।

यस्तै उनको अभिव्यक्तिको विषयमा संसदमा समेत कुरा उठेको थियो। अध्यक्ष शेर्पाले नेपाली समाजमा विभेदको विजारोपण गरेको भन्दै समाजवादी पार्टीका सांसद विमलप्रसाद श्रीवास्तवले संसदमा कारबाहीको माग गरेका थिए। 

अमेरिकाबाट चल्ने अनलाइन पोर्टल दुर्बिन नेपालको अन्तर्वार्तामा शेर्पाको विवादित अभिव्यक्ति यस्तो थियो– 
सप्तरी, सिराह, धनुषा र महोत्तरीमा हामीले नेपाल आर्मीसँग सहकार्य गरेर ग्रासरुटको कार्यक्रम सुरु गर्यौं। हामीले दुई कारणले कार्यक्रम सुरु गर्यौं। तराईका बच्चाहरुलाई फुटबलप्रति आकर्षित गर्नका लागि अर्को राष्ट्रियता सिकाउनका लागि हामीले सुरु गर्यौं।किनभन्दा तराई तिर जादा खेरी राष्ट्रियताको फिलिङ अलि कम छ। नेपाल आर्मीसँग ग्रासरुटको प्रशिक्षणको कार्यक्रम सिक्न आउँदा आर्मीको ब्यारेकमा आउँदा कमसेकम राष्ट्रिय गीत गाउने, नेपालको विषयमा चर्चा हुने, खेलाडी उत्पादन हुने हिसाबले हामीले काम गरेका छौं। त्यसले गर्दा ग्रासरुट कार्यक्रमलाई जीन्दगीको अविस्मरणीय कामको रुपमा लिएको छु।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७  ११:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
टीटूके र होरा ई स्पोट्र्स ग्लोबल ओपनमा छनोट नेपालका दुई ई स्पोट्र्सका टिम पब्जी मोबाइलको ग्लोबल ओपन च्याम्पियनसिपमा छनोट भएका छन्। सोमबार, असोज ५, २०८३
एन्फा मुख्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा अनियमितताको आशंकामा एन्फा मुख्यालयमा छापा मारिएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए । उनका अनुसार शुक्रबार साँझा छापा... शुक्रबार, असोज २, २०८३
पहिलो जितको खोजिमा नेपाल नेपालले २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलको प्रारम्भिक चरणको दोस्रो खेलमा बिहीबार इन्डोनेसियाविरुद्ध खेल्दैछ। बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्