• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

त्रिवेणी बम विस्फोटबाट मृत्यु भएका आफन्तले गरे आन्दोलनको घोषणा

64x64
महेश न्यौपाने सोमबार, जेठ २६, २०७७  १०:३१
1140x725

रोल्पा- रोल्पाको त्रिवेणी बम विस्फोटका मृतकका परिवारले न्याय नपाएको भन्दै आन्दोलन घोषणा गरेका छन्। आइतबार त्रिवेणी गाउँपालिका कार्यालय रोल्पालाई ज्ञापनपत्र बुझाउदै संघर्ष समिति मार्फत् आन्दोलनका कार्यक्रम घोषणा गरेको जानकारी  दिएका हुन्।

संघर्ष समितिले राखेको मागपत्रमा मृतक चार जनालाई बालसहिद घोषणा गर्नुपर्ने, अन्य सहिदले पाए  सरहको सेवा सुविधा तथा अन्य क्षतिपूर्ति दिनुपर्ने, घटना जुनसुकै पक्षबाट भए पनि सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्नुपर्ने र गाउँपालिकाको सार्वजनिक स्थलमा चारै जना बालबालिकाको शालिक सहित सहिद स्मारक बनाउनुपर्ने विषय छन्।

आफूहरुको माग पूरा नभए चरणबद्ध आन्दोलन गर्दै जाने संघर्ष समितिले जनाएको छ। ‘चरणबद्ध संघर्षका कार्यक्रम अन्तर्गत जेष्ठ २५ गते ज्ञापनपत्र बुझाउने, जेठ ३० गते धर्ना जुलुस गर्ने, असार ५  गते तालाबन्दी गर्ने र असार १० गतेदेखि अनसन बस्ने सम्मका कार्यक्रम घोषणा गरेका छौं’, संघर्ष समितिका संयोजक कृष्ण नेपालीले भने।

जिल्ला प्रशासन कार्यालय रोल्पा, मुख्यमन्त्रीको कार्यालय बुटवल र गृहमन्त्रालयलाई बोधार्थ दिइएको उक्त ज्ञापनपत्रमा प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्रीले दिएको आश्वासन र संघीय सरकारको निर्णय पिडित परिवारको न्याय विपरित रहेको उल्लेख गरिएको छ। यसअघि आफूहरुले त्रिवेणी गाउँपालिका र वडा कार्यालयमा निवेदन दिए पनि पनि बेवास्ता गरिएको आरोप लगाएका छन्।

माओवादी सशस्त्र युद्धकालको बम विस्फोटवाट मृत्यु भएका बालबालिकाहरुलाई सामान्य गाडी दुर्घटनामा मृत्यु भएसरी व्यवहार गरिएको त्रिवेणी गाउँपालिका सदस्य गीता नेपालीले बताइन्। प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी स्वयं घटना स्थल आई सत्यतथ्य बुझेर फर्किए पनि अहिले अपेक्षा विपरित निर्णय आएको नेपालीको भनाई छ। ‘मन्त्री स्वयंले मृतकलाई सहिद घोषणा गर्ने आश्वासन दिएका थिए’, नेपालीले भनिन्।

प्रदेश सरकारबाट  घटनाको अनुसन्धानका लागि आएको टिमले समेत मृतकका परिवारको कुरा नसुनेर घटना स्थलको मात्रै अनुसन्धान गरेर फर्किएको मृतकका आफन्तको आरोप छ। ‘घटना घटेको १ महिना पूरा हुँदासम्म पनि आफ्ना छोराछोरी के कारणले मारिए भन्ने थाहा नपाउनु कहाँसम्मको न्याय हो’, मृतक गौरवको सानी आमा गीता नेपालीले प्रश्न गरिन्।
 
‘चार बालबालिकालाई सहिद घोषणा गर्नुपर्ने आफूहरुको माग भए पनि वास्ता गरिएन’, संघर्ष समितिका संयोजक कृष्ण नेपालीले भने, ‘माओवादी सशस्त्र युद्धकै बम विस्फोटबाट बालबालिकाको मृत्यु भएकाले उक्त द्वन्द्वमा ज्यान गुमाएकाहरु सरह राज्यले व्यवहार गरोस् भन्ने परिवारजनको माग हो।‘

घटना बारे छानविन गर्न समिति गठन भएको भनिए पनि अहिले सम्म समितिले स्थलगत अवलोकन गरेको थाहा नपाएको नेपालीले बताए। छानबिनको सुस्तताले आफुहरुले न्याय पाउने कुरामा विश्वास घट्दै गएको उनले बताए। ‘मृतकका आफन्तहरु बोल्न सक्ने अवस्थामा छैनन्। राज्यले न्याय गर्छ भन्ने विश्वास थियो,  बज्रपात भयो’, उनले भने।

संघीय सरकारको गत जेष्ठ २२ गतेको बैकठले प्रतिमृतक ५ लाख राहात दिने निर्णय गरेको  थियो। प्रदेश ५ सरकारले गत जेठ १  प्रतिमृतक १ लाख दिने निर्णय गरेको थियो। आश्वासन विपरित संघ र प्रदेश सरकारले गरेको निर्णयबाट असन्तुष्ट आफन्तजन सहित स्थानीयहरुले संघर्षका कार्यक्रम घोषणा गरेका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

गत वैशाख १८ गते बेलुका रोल्पा त्रिवेणी गाउँपालिका- ७ गैरीगाउँ गुज्रीखोला ठ्यामरबोटमा वाख्रा चराउन गएका १५ वर्षीय नोखिराम डागी, १३ वर्षीय गौरव नेपाली, ११  वर्षीया विमला केसी र ५  वर्षीय विजय केसीको ज्यान गएको थियो।

सम्बन्धित समाचार

रोल्पाको त्रिवेणीमा बम विस्फोट हुँदा ४ बालबालिकाको मृत्यु 

रोल्पा त्रिवेणी विस्फोटमा मृत्यु हुने चारै जनाको सनाखत 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रोल्पामा भएकाे बम बिस्फाेटकाे अनुसन्धान गर्न कांग्रेसकाे माग 

रोल्पामा किन बल्झिरहन्छ द्वन्द्वको घाउ?  

रोल्पा बम विस्फोट: मर्दै छ न्याय पाउने आशा
 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७  १०:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
महेश न्यौपाने
महेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
रोल्पामा लागुऔषधसहित एक महिला पक्राउ
पाँचदलीय गठबन्धनको सूत्रधार लुम्बिनी हो : मुख्यमन्त्री केसी
रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्‍न
सम्बन्धित सामग्री
कहाँ छन् रवि लामिछाने? लामिछाने कात्तिक ६ गतेदेखि तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भन्दै भारत प्रस्थान गरेका थिए। आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको उच्च माग रहेको र कोषको स्रोत सीमित रहेको अवस्थामा पनि नेपालद्वारा प्रस्तुत त... आइतबार, कात्तिक ८, २०८३
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्