• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

रोल्पा बम विस्फोट: मर्दै छ न्याय पाउने आशा

64x64
महेश न्यौपाने सोमबार, जेठ १९, २०७७  ०९:३९
1140x725

रोल्पा- रोल्पाको त्रिवेणी गाउँपालिका ७ गैरीगाउँमा चार अबोध बालिबालिकाको ज्यान जाने गरी भएको बम विस्फोटको घटनाले एक महिना पार गरिसकेको छ। वैशाख १८ गते भएको उक्त घटनाको अझैसम्म पनि सत्यतथ्य बाहिर नआएको भन्दै मृतकका आफन्तले असन्तुष्टि जनाएका छन्।

मृतकका परिवारलाई राज्यका तर्फबाट राहत दिने भनिए पनि हालसम्म कुनै प्रकारको सहयोग नपाएको मृतक गौरव नेपालीका मामा कृष्ण नेपालीले बताए। 'प्रदेश र संघीय सरकारले मृतकका परिवारलाई राहत दिने भनेको सुनिए पनि अहिलेसम्म आधिकारिक जानकारी छैन', नेपालीले भने, 'गाउँपालिकाले दिएको १५ हजार रुपैयाँले  किरिया खर्च चलायौं।'

चार बालबालिकालाई सहिद घोषणा गर्नुपर्ने आफूहरुको माग भए पनि वास्ता नगरिएको नेपालीको भनाई छ।

उनले घटनाबारे छानबिन गर्न समिति गठन भएको भनिए पनि अहिलेसम्म समितिले स्थलगत अवलोकन गरेको पनि थाहा नपाएको बताए। 'छानबिनको सुस्तताले आफूहरुले न्याय पाउने कुरामा विश्वास घट्दै गएको छ', उनले भने।

सहिद घोषणाको माग

नेपाली कांग्रेस रोल्पाका कार्यवाहक सभापति किशोर आचार्यले घटना युद्धकालको निरन्तरता भएकाले सो बेलाका मृतकलाई जस्तै अहिलेका मृतकलाई पनि व्यवहार गर्नुपर्ने बताए। बम युद्धकालीन भएको बताउँदै विषयान्तर गर्न विप्लव नेतृत्वको नेकपामाथि आशंका गर्न खोजिएको उनले आरोप लगाए। 'विप्लव नेतृत्वको  नेकपाको अहिलेसम्मका गतिविधि हेर्दा त्यो स्तरको बम प्रयोग गर्ने अवस्था देखिँदैन', आचार्यले भने।

सरकारले सत्यतथ्य छानबिन गरी आगामी दिनमा त्यस्ता  घटना हुन नदिने  वातावरण बनाउनुपर्ने आचार्यको तर्क छ। 'घटना सशस्त्र युद्धसँग सम्बन्धित भएकाले मृतक बालबालिकालाई सहिद घोषणा गर्दै परिवारलाई राहत र परिपुरणको व्यवस्था गर्नुपर्छ', आचार्यले भने।

Ncell 2
Ncell 2
nimb
nimb

जिल्लाका थुप्रै ठाउँहरुमा यस्ता बेवारिसे बम हुन सक्ने भएकाले ती क्षेत्रको खोजी गर्नुपर्ने आचार्यले बताए।

मृतक बालबालिकाहरु सशस्त्र द्वन्द्वसँग जोडिएको घटनाबाट मारिएको हुँदा उनीहरुलाई राज्यले सहिद घोषणा गर्नुपर्ने माग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाका सचिव हरिप्रसाद घर्तीमगरको पनि छ। 'घटनामा भेटिएको बमका बारेमा अनेकन अड्कलवाजीहरु आइरहेका छन्। विज्ञ टोलीले त्यसको सत्यतथ्य छानबिन गर्नुपर्छ', उनले भने, 'भएको घटनाबाट शिक्षा लिँदै आगामी दिनमा यस्ता घटना नदोहोरिने वातावरण बनाउनु नै अहिले जनताको  माग हो।'

रोल्पा दश वर्षे सशस्त्र द्वन्द्वको सबैभन्दा बढी प्रभाव क्षेत्र भएकाले यसरी बेवारिसे बम राखिएका वा छोडिएका ठाउँहरु धेरै हुन सक्ने भएकाले त्यतातिर सबैको ध्यान जान जरुरी रहेको घर्तीमगरले बताए। 

 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

 

'विगतबाट पाठ सिक्नु बुद्धिमत्तापूर्ण'

तत्कालीन विद्रोही र सरकारी पक्ष नै अहिले मिलेर सरकार चलाइरहेको हुँदा उनीहरुको अर्थपूर्ण अग्रसरताले मात्रै घटनाबारे सत्यतथ्य बाहिर आउन सक्ने रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्दको भनाई छ। रोल्पाका अधिकांश स्थानीय तह र वडाहरुमा तत्कालीन विद्रोही माओवादीहरु नै जनप्रतिनिधि भएकाले आफ्नो स्थानीय तहको कुन ठाउँमा यस्ता हतियार र खरखजाना लुकाइएका हुनसक्छन् भन्ने कुराको खोजी गर्न सहज हुने उनले बताए।

त्यस्तै, पछिल्ला दिनमा यस्ता घटनाको शृंखला बढ्दै गएको नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाका सभापति डिबी घर्तीमगरले बताए। 'शान्ति सम्झौताको केही वर्ष द्वन्द्वकालीन बम विस्फोट र हतियारहरु भेटिए पनि बीचमा त्यो क्रम रोकिएको थियो। अहिले फेरि निरन्तरता भइरहँदा जनमानसमा निकै त्रासदीपूर्ण वातावरण सिर्जना भएको छ', घर्तीमगरले भने।

विगतमा नेपाल  रेडक्रस सोसाइटीले माइन रिस्क एजुकेशन सञ्चालन गरे पनि पछिल्लो पिडित बालबालिकाले त्यस्ता शिक्षा नपाउँदा पनि बालबालिकाहरु नै यस्तो घटनाका शिकार भएका उनले बताए। विगतबाट पाठ सिक्दै भविष्यमा यस्ता घटना हुन नदिने गरी योजना बनाउनु नै बुद्धिमत्तापूर्ण काम हुने उनको बताए।

कुन बम? कसको बम?

घटनामा विस्फोट भएको र  नभएको बम दुवै एकैखाले हो कि होइन भन्ने प्रश्न समेत उब्जिएको छ। विस्फोट नभएको बम ५१  एमएम मोटार बम भएको निष्क्रिय बनाउन संलग्न नेपाली सेनाको टोलीको रिपोर्टमा उल्लेख गरिएको छ। 

'भुइँमा प्रेसर भएपछि मात्रै पड्कने भएकाले उक्त बम सामान्य ढंगले छुँदा वा ओसारपसार गर्दा पड्किँदैन। अलि बढी नै प्रेसर दिएर मात्रै पड्कने भएकाले बालबालिकाहरु खेल्ने क्रममा ढुंगाले थिचेर पड्केको अड्कल गर्न सकिन्छ', नेपाली सेनाका एक अधिकृतले भने।

टाढा असर नगर्ने प्रकृतिको बम भएकाले चारै जना बालबालिकाहरु एकै ठाउँ भेला भएर बम खेलाएको हुनसक्ने ती अधिकृतले अनुमान गरे।

बममा लट ९५ लेखिएको हुँदा नेपाली सेनाले त्यस्तो बम प्रयोग नगरेको सेनाको दाबी छ। 'सेनाले प्रयोग गर्ने बममा लट नम्बर हुँदैन', ती अधिकृतले भने।

बम विस्फोट भएको ठाउँदेखि माथिको डाँडामा माओवादी विद्रोही र सरकारी सेना बीच ठूलो भिडन्त भएका कारण सरकारी सेना वा विद्रोही कसैले छाडेको हुन सक्ने आशंका बढिरहेको बेला नेपाली सेनाले बम आफ्नो नभएको स्पष्ट पारेको हो।

द्वन्द्वकालीन हातहतियार छोडिएका वा लुकाइएका हुनसक्ने सम्भावित ठाउँहरुको खोजी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पहिलो चरणमा चार बालबालिकाको ज्यान जाने गरी भएको घटनास्थल आसपासका क्षेत्र तथा गंगादेव गाउँपालिकाको शंखास्पद विभिन्न ठाउँहरुमा समेत खोजी गरेको थियो। 'पहिलो चरणमा खोजी कार्य गरिएका कुनै पनि ठाउँमा द्वन्द्वकालीन थप हातहतियार भेटिएको छैन', प्रमुख जिल्ला अधिकारी ढकालले भने।

त्रासमा रोल्पाली 

दशक लामो सशस्त्र द्वन्द्वको समय त्रासैत्रासमा बिताएका रोल्पालीमा चार अवोध बालबालिकाको ज्यान जाने गरी भएको बम विस्फोटको घटनाले त्रास नै बल्झाइदिएको छ। सशस्त्र द्वन्द्व शान्ति प्रक्रियामा रुपान्तरण भएको डेढ दशक पुग्नै लाग्दा समेत बेवारिसे बम विस्फोटका घटना हुन थालेपछि उनीहरुमा त्रास बढ्न थालेको हो।

'पछिल्ला घटनाले रोल्पाको कुनै पनि भू-भाग सुरक्षित छैन भन्ने सन्देश प्रवाह भयो', महिला मानव अधिकार रक्षक सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्यले भनिन्, 'बम विस्फोटका घटनामा महिला र बालबालिका प्रभावित भइरहेका छन्।'

जंगलमा घाँस दाउरा तथा गोठालो जाने महिला र विद्यालय उमेरका बालबालिका नै प्रभावित भएको देखिएकाले यसको खोजी कार्य गरी निष्कृय बनाउने कार्यमा राज्य गम्भीर ढंगले लाग्नुपर्ने आचार्यको माग छ। 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७  ०९:३९
  • #Rolpa
  • #bomb

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
महेश न्यौपाने
महेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
रोल्पामा लागुऔषधसहित एक महिला पक्राउ
पाँचदलीय गठबन्धनको सूत्रधार लुम्बिनी हो : मुख्यमन्त्री केसी
रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्‍न
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने बुधबार, असोज २८, २०८३
आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी, पाए ३२४५ मत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्