• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस २४, २०८२ Thu, Jan 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

रोल्पा बम विस्फोट: मर्दै छ न्याय पाउने आशा

64x64
महेश न्यौपाने सोमबार, जेठ १९, २०७७  ०९:३९
1140x725

रोल्पा- रोल्पाको त्रिवेणी गाउँपालिका ७ गैरीगाउँमा चार अबोध बालिबालिकाको ज्यान जाने गरी भएको बम विस्फोटको घटनाले एक महिना पार गरिसकेको छ। वैशाख १८ गते भएको उक्त घटनाको अझैसम्म पनि सत्यतथ्य बाहिर नआएको भन्दै मृतकका आफन्तले असन्तुष्टि जनाएका छन्।

मृतकका परिवारलाई राज्यका तर्फबाट राहत दिने भनिए पनि हालसम्म कुनै प्रकारको सहयोग नपाएको मृतक गौरव नेपालीका मामा कृष्ण नेपालीले बताए। 'प्रदेश र संघीय सरकारले मृतकका परिवारलाई राहत दिने भनेको सुनिए पनि अहिलेसम्म आधिकारिक जानकारी छैन', नेपालीले भने, 'गाउँपालिकाले दिएको १५ हजार रुपैयाँले  किरिया खर्च चलायौं।'

चार बालबालिकालाई सहिद घोषणा गर्नुपर्ने आफूहरुको माग भए पनि वास्ता नगरिएको नेपालीको भनाई छ।

उनले घटनाबारे छानबिन गर्न समिति गठन भएको भनिए पनि अहिलेसम्म समितिले स्थलगत अवलोकन गरेको पनि थाहा नपाएको बताए। 'छानबिनको सुस्तताले आफूहरुले न्याय पाउने कुरामा विश्वास घट्दै गएको छ', उनले भने।

सहिद घोषणाको माग

नेपाली कांग्रेस रोल्पाका कार्यवाहक सभापति किशोर आचार्यले घटना युद्धकालको निरन्तरता भएकाले सो बेलाका मृतकलाई जस्तै अहिलेका मृतकलाई पनि व्यवहार गर्नुपर्ने बताए। बम युद्धकालीन भएको बताउँदै विषयान्तर गर्न विप्लव नेतृत्वको नेकपामाथि आशंका गर्न खोजिएको उनले आरोप लगाए। 'विप्लव नेतृत्वको  नेकपाको अहिलेसम्मका गतिविधि हेर्दा त्यो स्तरको बम प्रयोग गर्ने अवस्था देखिँदैन', आचार्यले भने।

सरकारले सत्यतथ्य छानबिन गरी आगामी दिनमा त्यस्ता  घटना हुन नदिने  वातावरण बनाउनुपर्ने आचार्यको तर्क छ। 'घटना सशस्त्र युद्धसँग सम्बन्धित भएकाले मृतक बालबालिकालाई सहिद घोषणा गर्दै परिवारलाई राहत र परिपुरणको व्यवस्था गर्नुपर्छ', आचार्यले भने।

Ncell 2
Ncell 2

जिल्लाका थुप्रै ठाउँहरुमा यस्ता बेवारिसे बम हुन सक्ने भएकाले ती क्षेत्रको खोजी गर्नुपर्ने आचार्यले बताए।

मृतक बालबालिकाहरु सशस्त्र द्वन्द्वसँग जोडिएको घटनाबाट मारिएको हुँदा उनीहरुलाई राज्यले सहिद घोषणा गर्नुपर्ने माग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाका सचिव हरिप्रसाद घर्तीमगरको पनि छ। 'घटनामा भेटिएको बमका बारेमा अनेकन अड्कलवाजीहरु आइरहेका छन्। विज्ञ टोलीले त्यसको सत्यतथ्य छानबिन गर्नुपर्छ', उनले भने, 'भएको घटनाबाट शिक्षा लिँदै आगामी दिनमा यस्ता घटना नदोहोरिने वातावरण बनाउनु नै अहिले जनताको  माग हो।'

रोल्पा दश वर्षे सशस्त्र द्वन्द्वको सबैभन्दा बढी प्रभाव क्षेत्र भएकाले यसरी बेवारिसे बम राखिएका वा छोडिएका ठाउँहरु धेरै हुन सक्ने भएकाले त्यतातिर सबैको ध्यान जान जरुरी रहेको घर्तीमगरले बताए। 

 

 

'विगतबाट पाठ सिक्नु बुद्धिमत्तापूर्ण'

तत्कालीन विद्रोही र सरकारी पक्ष नै अहिले मिलेर सरकार चलाइरहेको हुँदा उनीहरुको अर्थपूर्ण अग्रसरताले मात्रै घटनाबारे सत्यतथ्य बाहिर आउन सक्ने रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्दको भनाई छ। रोल्पाका अधिकांश स्थानीय तह र वडाहरुमा तत्कालीन विद्रोही माओवादीहरु नै जनप्रतिनिधि भएकाले आफ्नो स्थानीय तहको कुन ठाउँमा यस्ता हतियार र खरखजाना लुकाइएका हुनसक्छन् भन्ने कुराको खोजी गर्न सहज हुने उनले बताए।

त्यस्तै, पछिल्ला दिनमा यस्ता घटनाको शृंखला बढ्दै गएको नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाका सभापति डिबी घर्तीमगरले बताए। 'शान्ति सम्झौताको केही वर्ष द्वन्द्वकालीन बम विस्फोट र हतियारहरु भेटिए पनि बीचमा त्यो क्रम रोकिएको थियो। अहिले फेरि निरन्तरता भइरहँदा जनमानसमा निकै त्रासदीपूर्ण वातावरण सिर्जना भएको छ', घर्तीमगरले भने।

विगतमा नेपाल  रेडक्रस सोसाइटीले माइन रिस्क एजुकेशन सञ्चालन गरे पनि पछिल्लो पिडित बालबालिकाले त्यस्ता शिक्षा नपाउँदा पनि बालबालिकाहरु नै यस्तो घटनाका शिकार भएका उनले बताए। विगतबाट पाठ सिक्दै भविष्यमा यस्ता घटना हुन नदिने गरी योजना बनाउनु नै बुद्धिमत्तापूर्ण काम हुने उनको बताए।

कुन बम? कसको बम?

घटनामा विस्फोट भएको र  नभएको बम दुवै एकैखाले हो कि होइन भन्ने प्रश्न समेत उब्जिएको छ। विस्फोट नभएको बम ५१  एमएम मोटार बम भएको निष्क्रिय बनाउन संलग्न नेपाली सेनाको टोलीको रिपोर्टमा उल्लेख गरिएको छ। 

'भुइँमा प्रेसर भएपछि मात्रै पड्कने भएकाले उक्त बम सामान्य ढंगले छुँदा वा ओसारपसार गर्दा पड्किँदैन। अलि बढी नै प्रेसर दिएर मात्रै पड्कने भएकाले बालबालिकाहरु खेल्ने क्रममा ढुंगाले थिचेर पड्केको अड्कल गर्न सकिन्छ', नेपाली सेनाका एक अधिकृतले भने।

टाढा असर नगर्ने प्रकृतिको बम भएकाले चारै जना बालबालिकाहरु एकै ठाउँ भेला भएर बम खेलाएको हुनसक्ने ती अधिकृतले अनुमान गरे।

बममा लट ९५ लेखिएको हुँदा नेपाली सेनाले त्यस्तो बम प्रयोग नगरेको सेनाको दाबी छ। 'सेनाले प्रयोग गर्ने बममा लट नम्बर हुँदैन', ती अधिकृतले भने।

बम विस्फोट भएको ठाउँदेखि माथिको डाँडामा माओवादी विद्रोही र सरकारी सेना बीच ठूलो भिडन्त भएका कारण सरकारी सेना वा विद्रोही कसैले छाडेको हुन सक्ने आशंका बढिरहेको बेला नेपाली सेनाले बम आफ्नो नभएको स्पष्ट पारेको हो।

द्वन्द्वकालीन हातहतियार छोडिएका वा लुकाइएका हुनसक्ने सम्भावित ठाउँहरुको खोजी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पहिलो चरणमा चार बालबालिकाको ज्यान जाने गरी भएको घटनास्थल आसपासका क्षेत्र तथा गंगादेव गाउँपालिकाको शंखास्पद विभिन्न ठाउँहरुमा समेत खोजी गरेको थियो। 'पहिलो चरणमा खोजी कार्य गरिएका कुनै पनि ठाउँमा द्वन्द्वकालीन थप हातहतियार भेटिएको छैन', प्रमुख जिल्ला अधिकारी ढकालले भने।

त्रासमा रोल्पाली 

दशक लामो सशस्त्र द्वन्द्वको समय त्रासैत्रासमा बिताएका रोल्पालीमा चार अवोध बालबालिकाको ज्यान जाने गरी भएको बम विस्फोटको घटनाले त्रास नै बल्झाइदिएको छ। सशस्त्र द्वन्द्व शान्ति प्रक्रियामा रुपान्तरण भएको डेढ दशक पुग्नै लाग्दा समेत बेवारिसे बम विस्फोटका घटना हुन थालेपछि उनीहरुमा त्रास बढ्न थालेको हो।

'पछिल्ला घटनाले रोल्पाको कुनै पनि भू-भाग सुरक्षित छैन भन्ने सन्देश प्रवाह भयो', महिला मानव अधिकार रक्षक सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्यले भनिन्, 'बम विस्फोटका घटनामा महिला र बालबालिका प्रभावित भइरहेका छन्।'

जंगलमा घाँस दाउरा तथा गोठालो जाने महिला र विद्यालय उमेरका बालबालिका नै प्रभावित भएको देखिएकाले यसको खोजी कार्य गरी निष्कृय बनाउने कार्यमा राज्य गम्भीर ढंगले लाग्नुपर्ने आचार्यको माग छ। 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७  ०९:३९
  • #Rolpa
  • #bomb

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
महेश न्यौपाने
महेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
रोल्पामा लागुऔषधसहित एक महिला पक्राउ
पाँचदलीय गठबन्धनको सूत्रधार लुम्बिनी हो : मुख्यमन्त्री केसी
रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्‍न
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
प्रचण्ड र लिङ्देनबिच भेटवार्ता बिहीबार, पुस २४, २०८२
२७ गतेको महाधिवेशनमा शेरबहादुरलाई गगनको निम्तो बिहीबार, पुस २४, २०८२
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन अनुरोध गर्ने कांग्रेसको निर्णय बिहीबार, पुस २४, २०८२
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्