काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकार र दलहरुबीचको संवाद चलिरहेको छ । बालुवाटार बैठक मंगलबार साढे ४ बजेपछि सुरु भएको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार, बैठक अझै केही समय चल्नेछ ।
'पालैपालो बोल्ने क्रम चलिरहेको छ । पहिलो चरणमा सबैले बोल्ने, यो क्रम करिब अन्त्यतिर पुगेको छ,' मन्त्री खरेलले भने, 'निर्वाचनमै केन्द्रित भएर सबैले धारणा राख्नुभएको छ ।'
निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको भन्दै उनले सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो नेताहरुले राखेको जानकारी दिए ।
एमालेले वर्तमान सरकारले चुनाव गराउन सक्दैन कि भने पनि चुनावको विरोध नगरेको मन्त्री खरेलले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।