काठमाडौं– लागुऔषध कारोबार गरेको आरोपमा रोल्पामा एक महिला पक्राउ परेकी छन्।
रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ रुइनिवाङस्थित झरना नास्ता पसलकी सञ्चालक समेत रहेकी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अवैध लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पा र ईलाका प्रहरी कार्यालय रोल्पाको संयुक्त प्रहरी टोलीले ती महिलालाई पक्राउ गरेको हो।
उनको साथबाट प्रहरीले लागुऔषध ब्राउनसुगर ११ पुरिया (२४० मिलिग्राम) र ६४ ग्राम लागुऔषध चरेश बरामद गरेको छ।
नास्ता पसलमा अवैध लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा खानतलासी गर्दा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।