रोल्पा- रोल्पाको त्रिवेणी गाउँपालिका-७ गैरीगाउँमा बम विस्फोटमा परी ४ बालबालिकाको मृत्यु भएको छ। बमको ठूलो आवाज आएपछि गाउँलेहरु हेर्न जाँदा बम विस्फोटमा परी ४ बालबालिकाको घटनास्थलमै ज्यान गएको त्रिवेणी गाउँपालिका-२ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिए।
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका- ७ का १४ वर्षीय लाेकिराम डागी, ११ वर्षीया बिमला डागी,५ वर्षीय विजय खत्री र साेही गाउँपालिका- ४ का १३ वर्षीय गाैरव नेपाली रहेकाे प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए।
प्रहरी घटनास्थलतर्फ जाँदै गरेकाले त्यसको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले बताए। सशस्त्र द्वन्द्वका समयमा तत्कालीन विद्रोही माओवादीले लुकाएर राखेको बम बालबालिकाहरूले खेल्ने क्रममा भेट्टाएको र विस्फोट भएको हुन सक्ने आशंका गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।