• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

बोल्दैनन् अग्रवाल, फेला परेनन् बाँकी थर्मल गन

आइतबार सिडिओ कार्यालय पेश गरिँदै
64x64
नारायण अधिकारी शनिबार, वैशाख ६, २०७७  ०९:१०
1140x725

काठमाडौं- भिआइपी उद्योगी सुलभ अग्रवाल विगत १२ दिनदेखि महानगरीय प्रहरी वृत्त दरबारमार्गको प्रहरी हिरासतमा छन्। यतिका दिनसम्मको हिरासत बसाईमा न त उनी हिरासतमा भएका अन्य थुनुवासँग दोहोरो बात नै गर्छन्, न त प्रहरीले सोधेका प्रश्नको खुलेरै जवाफ दिन्छन्।

‘घोसेमुन्टो लगाइराख्नु र कम बोल्नु उनको विशेषतै जस्तो देखिन्छ’, वृत दरबारमार्गका एक प्रहरी जवान सुनाउँछन्।

दरबारमार्ग हिरासतमा राखिए पनि अग्रवालमाथिको अनुसन्धान र मुद्दा चलाउने काम भने महानगरीय प्रहरी परिसर टेकुबाट भएको छ। तर, टेकुका अनुसन्धान अधिकृत सामू पनि अग्रवाल खुलेर बोल्दैनन्। परिसर टेकुका प्रवक्ता तथा डिएसपी होविन्द्र बोगटी भन्छन्, ‘नयाँ केही खुल्न सकेको छैन। पक्राउ गर्दा जे थियो, त्यही नै हो।’

अग्रवाललाई कालोबजारी गर्न लागेको अवस्थामा ६७ थान थर्मल गनसहित अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो। तर, महाशाखालाई मुद्दा चलाउने अधिकार छैन। जसको बाध्यताका कारण पक्राउ गरे पनि परिसर तथा सम्बन्धित वृत्तमा पठाउनुपर्ने हुन्छ। अग्रवाललाई पनि अनुसन्धान मुद्दा चलाउनका लागि महाशाखाले परिसरलाई सुम्पिएको थियो।

लकडाउन अघिका सामान्य दिनमा काठमाडौं परिसर र मातहतका १४ वटा वृत्तमा दैनिक ५ सयको हाराहारीमा थुनुवा रहन्थे। तर अहिले त्यो संख्या घटेर जम्मा २४ पुगेको छ।

तर अचम्मको कुरा, टेकुको हिरासत खाली छ। अग्रवाललाई भने दरबारमार्गको हिरासतमा राखिएको छ। जबकि, अनुसन्धान भने फेरि टेकुबाटै भइरहेको छ। पक्राउ गर्ने एउटा कार्यालय, थुनुवा राख्ने अर्को कार्यालय र अनुसन्धान गर्ने र मुद्दा चलाउने अर्को कार्यालय हुँदा अग्रवालको अनुसन्धानमा प्रहरीले सोचे जस्तो सफलता पाएको छैन।

अग्रवालले १२ सय थान थर्मल गन ल्याएको भन्सार पासको बिलमा प्रष्ट उल्लेख छ। तर बाँकी १ हजार १ सय ३३ थान थर्मल गन कहाँ गए भन्ने प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

यसबारे पूर्व डिआइजी हेमन्त मल्ल भन्छन्, ‘एउटा कार्यालयले पक्राउ गरेर अर्को कार्यालयले मुद्दा चलाउँदा र अनुसन्धान गर्दा खासै केही फरक पर्दैन। अब बाँकी थर्मल गन किन पत्ता लागेनन् भन्ने प्रश्नको उत्तर चाहिँ सम्बन्धित प्रहरीले दिनुपर्छ।’

अग्रवाललाई पक्राउ गर्ने बित्तिकै अपराध महाशाखाको टोलीले उनको अफिस र घरमा छापामा मारेको थियो। तर त्यो क्रममा पनि केही फेला परेको थिएन।

आइतबार सिडिओ कार्यालय पेश
एक पटक ७ र अर्को पटक ५ दिन गरेर १२ दिनको म्याद थप गरेर कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गतको कसुरमा अग्रवालमाथि प्रहरीले अनुसन्धान गरेको छ। अनुसन्धानमा कुनै नयाँ तथ्य उजागर गर्न नसकेको परिसरले आइतबार जिल्ला प्रशासन कार्यालयमा अग्रवाललाई पेश गर्ने तयारी गरेको छ।

उक्त मुद्दा सिडिओको अधिकार क्षेत्रभित्र पर्छ ।

ऐनको दफा ३ (१) को दफा २ अन्तर्गत मोल निर्धारित भएकामा बाहेक नेपाल सरकारले तोकेको कुनै माल वस्तुको व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलनअनुसार सामान्यतया सय कडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो माल वस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई एक वर्षसम्म कैद वा दुई लाख पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्ने प्रावधान छ।

अब अग्रवालको हकमा भने अहिललेलाई धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने अधिकार सिडिओको कार्यक्षेत्र छ।

महाशाखाले अग्रवाललाई कुटनीतिक नियोगको नम्बर प्लेटको झण्डावाला कारसहित पक्राउ गरेको थियो। अग्रवालले चीनको गोन्जाउबाट चैत २१ गते थर्मल गन ल्याएका थिए। अग्रवालको कम्पनीले चीनबाट सेटिङमा आफ्नो मात्रै सामान ल्याएको थियो। सेटिङमा आफ्नो कम्पनीको मात्रै मेडिकल उपकरण तथा औषधि ल्याउँदै सामान कालोबजारीमा बिक्री गरिरहेको थियो।

शंकर ग्रुपले कालोबजारीमा सामान बिक्री गर्नकै लागि अन्य व्यवसायीको सामान नेपाल एयरलाइन्सको चार्टर उडानबाट ल्याउन दिएको थिएन।

उनलाई प्रहरी आफैं ग्राहक बनेर महँगोमा थर्मल गन किन्ने बहाना बनाउँदै समातेको थियो।

अग्रवालले २१ गते नेपाल एयरलाइन्सको वाइडबडी जहाजमा १२ सय थर्मल गन ल्याएका थिए। अग्रवालको कम्पनीले उक्त गन चीनमा २० डलरमा खरिद गरेका थिए।

उनले सामान खरिद गरको समयमा डलरको भाउ १ सय २१ रुपैयाँ थियो। सोही दरमा उक्त थर्मल गन खरिदमा अग्रवालको कम्पनीले २ हजार ४ सय २० रुपैयाँमा खरिद गरेको देखिएको छ। साढे २४ सयको सोही थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्ने क्रममा प्रहरीको स्टिङमा परी अग्रवाल पक्राउ परेका थिए।

सम्बन्धित समाचारहरुः

जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल ज्वरो नाप्ने यन्त्र कालोबजारी गरेको आरोपमा पक्राउ

पक्राउ गर्न खोज्दा प्रहरी भ्यानकै 'लुकिङ ग्लास' फुटाइदिए जगदम्बाका सुलभ अग्रवालले

जगदम्बाका सुलभ अग्रवालले चढ्ने गाडी नै अवैधानिक

जगदम्बाका सञ्चालक अग्रवालको घर र अफिसमा प्रहरीको छापा, भेटिएन थर्मल गन

साढे २४ सयमा किनेको थर्मल गन १५ हजारमा बेच्न खोज्दा अग्रवाल परे प्रहरीको फन्दामा

बिरामीको नाटक गर्दै अस्पताल भर्ना हुने अग्रवालको दाउ विफल, हिरासतमै बित्ने भयो रात

अग्रवाललाई अनुसन्धानका लागि ७ दिनको म्याद थप

अग्रवाल प्रकरणपछि खोसियो अवैतनिक वाणिज्यदूतका सुविधा 

अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न अनुमति

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  ०९:१०
  • #अग्रवाल
  • #थर्मलगन
  • #कालोबजारी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्