काठमाडौं। माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण बिहीबार देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने भएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
बिहीबार दिउँसो पनि देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।
त्यस्तै, राति हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा शुक्रबार बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।