• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २६, २०८३ Thu, Nov 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

घरभाडा र घरजग्गाको मूल्यवृद्धिको विरोधमा स्पेनमा १४ वर्षपछि आमहडताल

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २६, २०८३  ०६:५५
1140x725

काठमाडौं। घरभाडा र घरजग्गाको मूल्य अत्यधिक बढेको विरोधमा स्पेनमा १४ वर्षपछि पहिलोपटक देशव्यापी आमहडताल भएको छ। 

बुधबार भएको हडतालका कारण सार्वजनिक यातायात, औद्योगिक क्षेत्र तथा विभिन्न व्यवसाय प्रभावित भए। हजारौँ श्रमिक र सर्वसाधारण सडकमा उत्रिएर सरकारसँग आवाससम्बन्धी समस्या समाधान गर्न माग गरेका छन्।

‘तलब, आवास र मूल्य’ भन्ने नारासहित भएको आन्दोलनको मुख्य माग घरभाडा नियन्त्रण, घरजग्गाको सट्टेबाजी रोकथाम र भाडामा बस्ने नागरिकको अधिकार संरक्षण रहेको छ। स्पेनमा आवास समस्यालाई मुख्य मुद्दा बनाएर गरिएको यो पहिलो आमहडताल हो।

आन्दोलनको केन्द्र बार्सिलोना र राजधानी मड्रिड बने। आवास अधिकारका लागि अभियान चलाउँदै आएका समूहले बार्सिलोनामा चार लाख मानिस सहभागी भएको दाबी गरेका छन्। तर‚ नगर प्रशासनका अनुसार प्रदर्शनमा ५५ हजार मानिस सहभागी थिए। उनीहरूले ‘बाँचौं, गुजारा मात्र नगरौं’ भन्ने लेखिएको विशाल ब्यानरसहित प्रदर्शन गरेका थिए।

स्पेन सरकारका अधिकारीका अनुसार भारी वर्षाका बाबजुद मड्रिडमा एक लाख २० हजार मानिस सडकमा उत्रिएका थिए। बार्सिलोनामा शान्तिपूर्ण प्रदर्शनपछि केही प्रदर्शनकारीले मुख्य व्यापारिक सडक पासेइग डे ग्रासियामा रहेका ब्रान्डेड पसलमा तोडफोड गरेका थिए। उनीहरूले पसलअगाडि आगो बाल्नुका साथै एप्पल स्टोरको प्रवेशद्वारमा क्षति पुर्‍याए। फोहोर फाल्ने डस्टबिन जलाउनुका साथै प्रहरीमाथि पटाका प्रहार गरेपछि दंगा नियन्त्रण पोसाकमा प्रहरी परिचालन गरिएको थियो।

हडतालका कारण बार्सिलोनाको मेट्रो र सार्वजनिक बस सेवा व्यस्त समयबाहेक प्रभावित भएको थियो। सडकमा सवारीसाधनको चाप पनि कम थियो। यद्यपि, कफी पसललगायत साना व्यवसायमध्ये धेरै खुलेका थिए।

औद्योगिक क्षेत्रमा व्यापक असर
स्पेनका दुई ठूला श्रमिक संगठन सीसीओओ र यूजीटीले आमहडताल सफल भएको दाबी गरेका छन्। उनीहरूका अनुसार सवारीसाधन उत्पादन र बन्दरगाह क्षेत्रमा ९० प्रतिशत, मासु उद्योगमा ८५ प्रतिशत, फोहोर संकलनमा ८२ प्रतिशत र ऊर्जा क्षेत्रमा ७५ प्रतिशत काम प्रभावित भएको थियो। धेरै विद्यालय र विश्वविद्यालयसमेत बन्द भएका थिए।

सीसीओओका महासचिव उनाइ सोर्दोले हडताल श्रमिक संगठनको अपेक्षाभन्दा सफल भएको बताए। स्पेनमा २ करोड २० लाख दर्ता भएका श्रमिक रहेको उल्लेख गर्दै उनले विभिन्न रणनीतिक क्षेत्रमा काम ठप्प भएको जनाए।

Ncell 2
Ncell 2
nimb
nimb

तर‚ रोजगारदाता संगठन सीईओईले भने हडताल असफल भएको दाबी गरेको छ। उसका अनुसार देशभर हडतालमा सहभागी हुने श्रमिकको संख्या करिब पाँच प्रतिशत मात्रै थियो। दुवै पक्षले औद्योगिक क्षेत्र र यातायातमा हडतालको प्रभाव बढी परेको तर खुद्रा व्यापार र रेस्टुरेन्ट क्षेत्रमा तुलनात्मक रूपमा कम असर देखिएको स्वीकार गरेका छन्।

स्पेनको विमानस्थल सञ्चालक एइएनएका अनुसार बुधबारका लागि निर्धारित उडानमध्ये करिब पाँच प्रतिशत रद्द भएका थिए। हडतालको सुरुआती चरणमै विभिन्न स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। प्रहरीले केही ठाउँमा प्रदर्शनकारीमाथि खुर्सानीको धुलो छर्किएको थियो। हडतालसँग सम्बन्धित घटनामा देशभर ४९ जना पक्राउ परेको प्रहरीले जनाएको छ।

एक दशकमा घरभाडा झन्डै दोब्बर
स्पेनमा पछिल्लो एक दशकमा औसत घरभाडा झन्डै दोब्बर भएको छ। यसले सर्वसाधारणको पारिवारिक बजेटमा ठूलो दबाब सिर्जना गरेको छ। विशेषगरी युवा पुस्ताका लागि घर किन्न र भाडामा बस्नसमेत कठिन हुँदै गएको छ।

गत महिना मड्रिडमा ८७ वर्षीया एक महिलालाई घरबाट निकालिएको घटनाले आवास संकटविरुद्धको आक्रोश थप चर्काएको थियो। मारिकार्मेन नामले चिनिएकी ती महिलाको त्यसपछिको मृत्युले घरको स्वामित्व हासिल गर्न नसक्ने स्पेनी नागरिकको अवस्थालाई उजागर गरेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनको घटनापछि आवास अधिकारका लागि सक्रिय समूहले आमहडतालको आह्वान गरेका थिए। पछि प्रमुख श्रमिक संगठनहरूले पनि त्यसलाई समर्थन गरेका थिए। आवास अधिकारकर्मीले भाडामा बस्ने नागरिकको सुरक्षाका लागि घरभाडा सम्झौता स्वतः नवीकरण हुने व्यवस्था गर्न माग गरेका छन्। श्रमिक संगठनले सार्वजनिक आवासको संख्या बढाउन र नयाँ न्यूनतम पारिश्रमिक सम्झौता गर्नुपर्ने माग अघि सारेका छन्।

बार्सिलोनामा प्रदर्शनमा सहभागी आवास अधिकारकर्मी भालेरिया राकुले घरजग्गाबाट नाफा कमाउने ठूला कम्पनी, सट्टेबाज र सरकारका सबै तहलाई आन्दोलनको निशाना बनाइएको बताइन्।

निर्वाचनको मुखमा चर्कियो आवासको मुद्दा

स्पेनमा नोभेम्बर २९ मा राष्ट्रिय निर्वाचन हुँदैछ। वामपन्थी गठबन्धनको नेतृत्व गरिरहेका प्रधानमन्त्री पेद्रो सान्चेजले थप चार वर्ष सरकार सञ्चालन गर्ने लक्ष्यसहित समयअगावै निर्वाचन घोषणा गरेका छन्।

आवास संकट र ८७ वर्षीया महिलाको घरबाट निष्कासनको घटनाले निर्वाचनमा प्रभाव पार्न सक्ने देखिएका बेला आमहडतालले यो मुद्दालाई थप चर्चामा ल्याएको छ।

यसअघि अक्टोबरको अन्त्यमा भएको उच्च गतिको रेल दुर्घटनामा ६९ जनाको मृत्यु भएको थियो। यो स्पेनमा यस वर्ष भएको दोस्रो घातक रेल दुर्घटना थियो। दुर्घटनापछि सरकार र सान्चेजको निर्वाचन अभियानमाथि दबाब बढेको छ।

बार्सिलोनाको स्वायत्त विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक ओरियोल बार्तोम्युसले आमहडताल सफल हुनु र हिंसात्मक घटना नहुनु वामपन्थी दलका लागि महत्वपूर्ण हुने बताएका छन्। उनका अनुसार यसले निर्वाचन अभियानलाई पुनः आवासको मुद्दामा केन्द्रित गर्न सहयोग गर्न सक्छ।

प्रधानमन्त्री सान्चेजले भने बुधबारको प्रदर्शनमा प्रत्यक्ष सक्रियता देखाएनन्। उनले यसअघि सामाजिक सञ्जाल एक्समार्फत ४० घण्टे कार्यसप्ताह र राष्ट्रिय स्वास्थ्य बिमाजस्ता श्रमिक आन्दोलनबाट हासिल भएका उपलब्धिको चर्चा गरेका थिए।

यता, विपक्षी कन्जर्भेटिभ पिपुल्स पार्टी र दक्षिणपन्थी दल भोक्सले श्रमिक संगठनहरूले सान्चेजको वामपन्थी गठबन्धनलाई निर्वाचनमा सहयोग पुर्‍याउन आमहडताल आयोजना गरेको आरोप लगाएका छन्। पिपुल्स पार्टीका प्रवक्ता मिगेल तेयादोले यसलाई वामपन्थी दललाई चुनावी अभियानमा सहयोग गर्ने प्रयासको संज्ञा दिएका छन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक २६, २०८३  ०६:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
घरभाडा र घरजग्गाको मूल्यवृद्धिको विरोधमा स्पेनमा १४ वर्षपछि आमहडताल
चार प्रदेशका हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
एडिलेडमा सातौँ ओसियाना नेपाली स्पोर्टस् मिटको तयारी तीव्र, के के छन् खेल ?
सम्बन्धित सामग्री
घरभाडा र घरजग्गाको मूल्यवृद्धिको विरोधमा स्पेनमा १४ वर्षपछि आमहडताल आन्दोलनको केन्द्र बार्सिलोना र राजधानी मड्रिड बने। आवास अधिकारका लागि अभियान चलाउँदै आएका समूहले बार्सिलोनामा चार लाख मानिस सहभागी भ... बिहीबार, कात्तिक २६, २०८३
प्रधानमन्त्री बालेनको भ्रमणबारे भारतले के भन्यो ? नेपाल–भारत सम्बन्धलाई व्यापक र विशेष साझेदारीका रूपमा व्याख्या गर्दै जैसवालले बालेनको भ्रमणका क्रममा आपसी हितका सबै विषयमा छलफल हुने... बुधबार, कात्तिक २५, २०८३
फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप : ईयू रिपोर्ट प्रतिवेदनअनुसार रुससँग जोडिएका नेटवर्कले आप्रवासीविरुद्ध घृणा फैलाउने र आतङ्कवादी आक्रमणको झुटो दाबी गरेर मानिसहरूलाई भड्काउने प्रया... मंगलबार, कात्तिक २४, २०८३
ताजा समाचारसबै
घरभाडा र घरजग्गाको मूल्यवृद्धिको विरोधमा स्पेनमा १४ वर्षपछि आमहडताल बिहीबार, कात्तिक २६, २०८३
चार प्रदेशका हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना बिहीबार, कात्तिक २६, २०८३
एडिलेडमा सातौँ ओसियाना नेपाली स्पोर्टस् मिटको तयारी तीव्र, के के छन् खेल ? बुधबार, कात्तिक २५, २०८३
सडक दुर्घटनामा सात वर्षीया बालिकाको मृत्यु बुधबार, कात्तिक २५, २०८३
१४२औँ फाल्गुनन्द जन्मजयन्ती भव्यताका साथ मनाइयो बुधबार, कात्तिक २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भाईटिका लगाउँदा कता फर्कने , यस्ताे छ शास्त्र ! बुधबार, कात्तिक २५, २०८३
मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु बुधबार, कात्तिक २५, २०८३
ममता काफ्ले हत्यामा दाेषी ठहर भएका नरेशलनई कति हुन्छ सजाय , कहिले हुन्छ निर्धारण ? बुधबार, कात्तिक २५, २०८३
कुटेर श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ बुधबार, कात्तिक २५, २०८३
भाइटीकाको दिन कस्तो छ मौसम ? बुधबार, कात्तिक २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्