किर्गिस्तानका लागि अवैतनिक वाणिज्यदूत सुलभ अग्रवालले प्रयोग गर्दै आएको गाडी। अग्रवाल भने थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परिसकेका छन्। फाइल तस्बिर काठमाडौं- अवैतनिक वाणिज्यदूतहरुले पाउँदै आएको सुविधा नेपाल सरकारले तत्कालका लागि खोसेको छ। परराष्ट्र मन्त्रालयले बुधबार साँझ विज्ञप्ति निकाल्दै अर्को सूचना जारी नभएसम्मका लागि उनीहरुले पाउँदै आएको सवारीमा नीलो प्लेट र झन्डा राख्ने सुविधा खोसेको जनाएको छ।
किर्गिस्तानका अवैतनिक वाणिज्यदूत सुलभ अग्रवाल थर्मल गनको कालोबजारी गरिरहेको अवस्थामा प्रहरीले स्टिङ अपरेसनबाट पक्राउ गरेपछि परराष्ट्र मन्त्रालयले यस्तो निर्णय गरेको हो।
कूटनीतिज्ञका रूपमा अवैतनिक वाणिज्यदूतले सवारीमा नीलो प्लेट र झन्डा राख्न पाउने सुविधा पाए पनि तलब भने पाउँदैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।