• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अर्थतन्त्रमा कोरोना प्रभाव

64x64
सविन मिश्र आइतबार, चैत २, २०७६  १०:१३
1140x725

काठमाडौं- अघिल्लो सोमबार संसारका अधिकांश शेयर बजार सूचकमा ठूलो अंकको गिरावट आयो। संसारका ठूला शेयर बजारमा त्यसको किसिमको गिरावट आउनुमा कोरोनाको त्रासका कारण लगानीकर्तामा देखिएको मनोवैज्ञानिक असरका रुपमा विश्लेषण गरियो। 

फाइनान्सिएल टाइम्सले यसलाई सन् २००८ को आर्थिक मन्दीपछिकै डरलाग्दो अवस्थाका रुपमा यसलाई चित्रण गरेको छ। बिबिसीले आफ्नो अनलाइन संस्करणमा 'ब्ल्याक मन्डे'मा संसारका लाखौँ मान्छेले अर्बौँ डलर गुमाएको उल्लेख गरेको थियो। 

विश्व स्वास्थ्य संगठनले माहामारी घोषणा गरेको कोरोना भाइरस (कोभिड १९)को प्रकोप संसारभर देखिन थाल्दा विश्व अर्थतन्त्रमा यसको प्रभाव प्रष्टरुपमा पर्न थालेको छ। विश्व व्यापारको चक्र नै बिथोलिएको छ भने पर्यटन तथा होटल उद्योग ध्वस्त भएको छ। 

संसारका ठूला बजारमा मानिसहरुको दैनिकी बदलिएको छ। यसको असर नेपालमा देखिन थालेको छ। कोरोनाको संभाव्य जोखिमका कारण नेपाल र चीनबीचको प्रत्यक्ष व्यापार बन्द भएको छ। भारतले सीमामा कडाइ थालेको छ। द्विपक्षीय व्यापार प्रणाली बन्द हुने अवस्थामा पुगेको छ। 

संसारका ठूला उद्योगहरुले उत्पादनमा कटौती गर्न थालेका छन्। कतिपय देशहरुमा उनीहरुका आउटलेट तथा उद्योग नै बन्द भइसकेका छन्। अमेरिकासहितका देशहरुमा मानिसहरुले तीव्ररुपमा रोजगारी गुमाउन थालेका छन्। 

'नेपालबाट सामान लिन गएका कन्टेनर चीनमा अड्किएका छन्, बजारमा सामान अर्डर गर्न कठिन भइसकेको छ,' नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका भन्छन्, 'प्रत्यक्ष असर पर्यटनमा देखिएको छ, तर अप्रत्यक्ष रुपमा धेरै क्षेत्रको चक्र नै खबलबलिएको छ। दुईपक्षीय व्यापार ध्वस्त हुन लागिसकेको छ।' 

अक्सफोर्ड इकोनोमिक्सलाई उधृत गर्दै बेलायती पत्रिका दि गार्जिएनले कोरोनाका कारण विश्व अर्थतन्त्रले १० खर्ब अमेरिकी डलरभन्दा धेरैको क्षति पुर्‍याउने उल्लेख गरेको छ। यो वर्षको विश्व अर्थतन्त्रको वृद्धिदर १.३ प्रतिशतले प्रभावित हुने भन्दै उसले त्यसको प्रभाव १० खर्ब डलरभन्दा धेरै हुने उल्लेख गरिएको छ।

आर्थिक वृद्धिमा प्रत्यक्ष प्रभाव
सरकारले चालु आर्थिक वर्षमा ८.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ। माघ अन्त्यमा बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वृद्धिदर लक्ष्यकै नजिक हासिल हुने बताएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

तर अब सरकारको त्यस लक्ष्यअनुसार वृद्धिदर हासिल नहुने निश्चित देखिएको छ। 'लक्ष्यअनुसार त अब आर्थिक वृद्धिदर हासिल हुँदैन तर अर्थतन्त्र ध्वस्त नै हुन्छ भन्ने होइन,' राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले भने। 

यो पनि पढ्नुहोस्

कोरोनाले आर्थिक वृद्धिको लक्ष्यमा असर गर्छ तर अर्थतन्त्र कोल्याप्स नै हुन्छ भन्ने होइन : डा मीनबहादुर श्रेष्ठआइतबार, चैत २, २०७६

एसियाली विकास बैंकले केही दिनअघि कोरोनाको प्रभाव उच्च रहे नेपालको अर्थतन्त्रमा ०.१३ प्रतिशतसम्म असर गर्ने प्रक्षेपण एसियाली विकास बैंकले गरेको छ। यस्तै अवस्था लम्बिरहे अर्थतन्त्र अझै कमजोर हुने धेरै अर्थशास्त्रीको प्रक्षेपण छ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मुख्य खाद्यबाली धानको उत्पादन गत वर्षको तुलनामा कम भएको जनाएको छ। राष्ट्र बैंकका अनुसार यो वर्ष धानको उत्पादन ५५ लाख ५१ हजार मेट्रिक टन भएको छ। यो उत्पादन गत वर्षको तुलनामा १ प्रतिशत कम हो।

पूर्वाधार क्षेत्रमा सुस्तता, पर्यटन क्षेत्रमा संकट, कमजोर वैदेशिक व्यापार र कृषि उत्पादनमा समेतमा भएको गिरावटले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर लक्ष्यअनुसार नहुने निश्चित देखिएको छ। सरकारले ८.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ। विश्व बैंकले ६.५ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने जनाएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'मुख्य क्षेत्रहरु सबै कमजोर भएका छन्, यस्तो अवस्थामा मुलुकले निर्धारण गरेको आर्थिक वृद्धिको लक्ष्य हासिल नहुने देखिन्छ,' प्याकुर्‍याल भन्छन्, 'यो वर्ष ५.५ प्रतिशत आर्थिक वृद्धिदर भयो भने ठूलो कुरा हुनेछ।' 

राष्ट्र बैंकको पूर्वसूचना
नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधी समीक्षामा विश्व अर्थतन्त्रमा आएको सुस्ती र चीनमा देखिएको कोरोना संक्रमणको प्रभाव अन्तर्राष्ट्रिय बजारमा तेलको माग र मूल्यमा देखिन थालेको उल्लेख गरिएको छ। पेट्रोलियम पदार्थको मूल्यमा आउने कमीले आयात व्यवस्थापनलाई सहज बनाउने भएता पनि विप्रेषण आप्रवाह प्रभावित हुने सम्भावना पनि छ। 

'छिमेकी मुलुकलगायत विश्व अर्थतन्त्रमा आएको सुस्ती, विश्वका केही देशहरुमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्रमा पर्न सक्ने असर तथा वर्षेवाली धानको उत्पादनमा आएको कमीले आर्थिक वृद्धि प्रभावित हुने देखिएको छ,' राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिको समीक्षामा भनेको छ। 

राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमणको कारणबाट असर पर्न सक्ने सम्भावित क्षेत्रहरू पहिचान गरी त्यस्ता क्षेत्रहरूमा प्रवाह भएको कर्जामा पुनर्कर्जा सुविधा र पुनरसंरचना तथा पुनर्तालिकीकरणको व्यवस्थाहरूमा आवश्यकताअनुसार पुनरावलोकन गरिने पनि उल्लेख गरेको छ। यसको अर्थ केन्द्रीय बैंकले यो भाइरसका कारण अर्थतन्त्रमा पर्न सक्ने नकारात्मक प्रभावबाट जोगिने गरी गर्नुपर्ने काम बारे संभावित बाटो पनि देखाएको छ। 

उद्योगदेखि पूर्वाधारसम्म समस्या
नेपालमा उत्पादन हुने अधिकांश वस्तुको कच्चा पदार्थ भारतसहित विभिन्न देशबाट आयात हुन्छन्। कोरोनाकै कारण चीन र नेपालबाट धेरै सामान आयात हुने तातोपानी र रसुवागढी भन्सार बन्द भैसकेका छन्। चीनबाट नेपाल सामान आयात हुने यी दुई नाका बन्द हुँदा तयारी वस्तु तथा औद्योगिक कच्चा पदार्थ आयात प्रभावित बनेको छ। 

नेपालमा चीनबाट जलविद्युत आयोजनाका लागि प्रयोग हुने ठूला उपकरण आयात हुन्छन्। ती वस्तुहरुको आयात रोकिँदा जलविद्युत आयोजनाको काममा नै बाधा पर्छ। यसैगरी कोरोनाका कारण नाकामा कडाइ हुँदा भारतबाट हुने निर्यात पनि प्रभावित बनेको छ। डण्डीसहितका ठूला उद्योगका लागि ल्याइने कच्चा पदार्थ आयातमा समस्या हुँदा नेपाली उद्योग समस्यामा पर्ने उद्योगीहरु नै बताउँछन्। 

सरकारी तथ्यांकअनुसार नेपालमा सञ्चालित विभिन्न आयोजनामा एकैपटक ८ सयजना चिनियाँ कामदार सुरुङभित्र निर्माण कार्यमा जुट्छन्। यसको अर्थ २४ घण्टाको ३ सिफ्टमा २४ सय जना चिनियाँ मजदूरमात्रै सुरुङभित्र काम गर्छन्। 

'उपभोग्य तयारी वस्तु हुन् या औद्योगिक कच्चा पदार्थ, ती वस्तुहरुको आयात प्रभावित हुँदा हाम्रो औद्योगिक उत्पादनमा प्रतिकूल प्रभाव पर्छ,' अर्थशास्त्री प्रा डा विश्वम्भर प्याकुर्‍याल भन्छन्। 

नेपालमा सञ्चालित विकास आयोजनामा चिनियाँ परामर्शदाता, ठेकेदार र कामदार कार्यरत छन्। राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्यतु आयोजना, गौतम बुद्ध विमानस्थल र पोखरा विमानस्थलको निर्माणमा चिनियाँ कामदार, ठेकेदार र परामर्शदाता कार्यरत छन्।

ध्वस्त पर्यटन
अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने सेवा क्षेत्रमा यो प्रकोपको सबैभन्दा ठूलो प्रभाव देखिएको छ। सरकारले महत्व दिएको नेपाल भ्रमण वर्ष २०२० का सम्पूर्ण कार्यक्रम रद्द भएका छन्। नेपालमा विदेशी पर्यटकको आवागमन ठप्प प्राय हुने अवस्थामा पुगेको छ। अहिले अधिकांश होटलको बुकिङ रद्द हुन थालेका छन्। होटलहरु १५-२० प्रतिशतमा मात्रै अकुपेसनमा सञ्चालनमा रहेका छन्। 

'सरकारले नेपला भ्रमण वर्ष सम्पन्न गर्नका लागि गरेको लगानीको प्रतिफल नै प्राप्त नगरी सम्पूर्ण कार्यक्रम स्थगन गर्नुपर्‍यो,' अर्थशास्त्री प्याकुर्‍याल भन्छन्, 'अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने क्षेत्र नै शिथिल हुँदा यसको धेरे क्षेत्रमा असर पर्छ। मुलुकको कूल गार्हस्थ उत्पादनको वृद्धिदरदेखि रोजगारी सिर्जनासम्ममा समस्या पर्छ।'

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सेवा क्षेत्रअन्तर्गत भ्रमण आय शीर्षकमा सरकारले ४२ अर्ब ७४ करोड रुपैयाँ आर्जन गरेको छ। वार्षिक करिब १ खर्ब रुपैयाँ आय हुने यो क्षेत्र कोरोनाबाट उच्च प्रभावित बनेको छ। 

यो पनि पढ्नुहोस्

साना वायुसेवा कम्पनीको अस्तित्व समाप्त हुनसक्छआइतबार, चैत २, २०७६

'कोरोनाको समस्या सधैं रहने होइन, हामीलाई अल्पकालीन क्षति भएको त छ तर दीर्घकालीन फाइदा लिने गरी सरकारले आन्तरिक पर्यटन विस्तार गर्ने र पर्यटन पूर्वाधार बढाउने गरी काम गर्नुपर्छ,' पर्यटन विज्ञ प्रचण्डमान श्रेष्ठले भने।

गरिबी बढ्ने जोखिम
सरकारले अबको पाँच वर्षमा निरपेक्ष गरिबी एकल विन्दू अर्थात् १० प्रतिशतभन्दा कममा झार्ने लक्ष्यसहित १५ औँ योजना तयार गरेको छ। अहिले १८ प्रतिशत निरपेक्ष गरिबी रहेकोमा यसलाई १० प्रतिशतभन्दा तल झार्ने लक्ष्य सरकारको छ। 

नेपाल लाइभले अघिल्लो आइतबार प्रकाशित अन्तर्वार्तामा अर्थशास्त्री डा विश्व पौडेलले गरिबीबारे एउटा प्रसंग यसरी उल्लेख गरेका छन्: 
आपूर्ति प्रणाली कमजोर हुँदै जाँदा त्यसले गरिबी बढाउँछ। विश्व बैंकका एकजना अर्थशास्त्रीले गरेको अध्ययनमा भूकम्प र भारतीय नाकाबन्दीले हाम्रो अर्थतन्त्रमा गरिबीको दर २० प्रतिशतबाट बढेर २८ प्रतिशत पुर्‍याएको देखिएको थियो। पछि अवस्था सामान्य हुँदा गरिबी घटेर २० प्रतिशत आएको भनेर देखाएका छन्।

यो पनि पढ्नुहोस्

सरकारको ‘इन्टेन्सन’मा प्रश्न गर्दिनँ तर विकास गर्ने क्षमता देखिएन : विश्व पौडेल [अन्तर्वार्ता]आइतबार, फागुन २५, २०७६

त्यसमा विद्युत्‌को खपत आदिको अध्ययन गरिएको छ। त्यसो भन्नुको अर्थ आपूर्ति कम हुने बित्तिकै गरिबीको रेखाको छेउमा रहेका मान्छे गरिब हुन्छन्। उद्योगको योगदान कूल गार्हस्थ उत्पादनमा कम भएकाले त्यसमा धेरै असर नगर्ला। तर सेवा क्षेत्रमा ठूलो असर गर्छ।

प्रकाशित मिति: आइतबार, चैत २, २०७६  १०:१३
  • #corona
  • #economy

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र निष्क्रिय कम्पनीलाई कम्पनी ऐनअनुसार सरकारले स्वतः बन्द गर्न सक्छ। तर, नचलेका कम्पनी बन्द गर्ने नाममा करलगायतका खर्चका साथै अनावश्यक... शुक्रबार, असोज ३०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्