• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन २७, २०८३ Wed, Aug 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

साना वायुसेवा कम्पनीको अस्तित्व समाप्त हुनसक्छ

सञ्जीव गौतम आइतबार, चैत २, २०७६  १०:२९
1140x725

काठमाडाैं- कोरोना भाइरसकको प्रकोप संयुक्त राज्य अमेरिकामा बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले यही मार्च १३ देखि लागू हुने गरी युरोप र अमेरिकाबीच हुने सम्पूर्ण हवाई उडानहरुमा ३० दिनको लागि प्रतिबन्ध लगाउने घोषणा गरे। त्यसैगरी इटालीले ३ मार्चदेखि लागू हुने गरी सम्पूर्ण देशबाट हुने हवाई उडान बन्द गर्ने घोषणासँगै इटालीसँगको हवाई सम्पर्क सबैसँग स्वतः बन्द भए। कुवेतले पनि सबै उडानमा प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ। यी त प्रतिनिधि घटना मात्रै हुन्।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको प्रकोप विश्वका सबै महादेशमा फैलिएपछि यसलाई महामारीको रुपमा घोषणा गरेको छ। कोरोना भाइरसको जोखिम न्यूनकरण र संक्रमण नियन्त्रणका लागि विभिन्न राष्ट्रहरुले अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानमा व्यापक कटौति गरिरहेका छन्। नेपालमा पनि अहिले अन्तर्राष्ट्रिय उडान गर्ने विश्वका विभिन्न एयरलाइन्स कम्पनी र आन्तरिक उडान गर्ने एयरलाइन्स कम्पनीले समेत उडान कटौति गरिरहेका छन्। हिमालय एयरलाइन्सले चीन र कतार उडान रोकिसकेको छ भने नेपाल एयरलाइन्सले पनि कतार उडान बन्द गर्ने निर्णय गरिसकेको छ।  उसले भारतकाे दिल्लीलगायत अन्य गन्तव्यको उडान संख्यामा कटौति गरिसकेको छ।

मानिसमा आएको सचेतनाका कारण हवाई यात्रुहरुको संख्यामा पनि उल्लेख मात्रामा कमी आएको छ।

३१ डिसेम्बर २०१९ मा चीनले औपचारिक रुपमा विश्व स्वास्थ्य संगठनलाई कोरोना भाइरसबारेमा जानकारी गराएकाे थियो। उक्त भाइरसको प्रकोय बढ्दै गएपछि ३० जनवरी २०२० मा विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्यसम्बन्धी आपतकाल घोषणा गरेको थियो भने रोग विश्व व्यापी रुपमा फैलिपछि ११ मार्चदेखि यसलाई महामारीको रुपमा घोषणा गरिएकाे थियाे।

हवाई सेवाकाे विकास र विस्तारले विश्वलाई अत्यन्तै नजिक बनाएको छ। विश्वको एउटा कुनाबाट अर्को कुनामा एक दिनभित्र पुग्न सक्ने हालको अवस्थाले मानिस-मानिस बीचको सम्पर्कलाई अत्यन्तै सहज बनाएको छ। सन् २०१८ को अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले प्रकाशित गरेको तथ्यांकअनुसार उक्त वर्ष नियमित उडानबाट हवाई यात्रा गर्ने यात्रुहरुको संख्या ४ अर्ब ३० करोड पुगेको उल्लेख छ।

मानिसहरुकाे सम्पर्कका कारण सर्ने यस्ता रोगहरु तीव्रगतिमा फैलिने गर्छ। ठूलो संख्यामा मानिसहरुको जमघट र आवतजावतले यसलाई विश्वव्यापी बनाउन मद्दत पुग्ने भएकाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले हवाई यात्राको माध्यमबाट यस्तो रोग फैलिन नदिन र सर्न नदिन विभिन्न मापदण्ड तथा सिफारिस बनाएर लागू गरिसकेको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन सदस्य राष्ट्रको हैसियतमा यस्तो मादण्ड र सिफारिस लागू गर्नु नेपालकाे पनि कर्तव्य हुन आउँछ।

हवाई यातायातको माध्यमबाट यस्तो रोग छिट्टो सर्न सक्ने र महामारीको रुप लिन सक्ने भएकाले कम समयको उपलब्धतामै रोगथामका उपाय अपनाउन आवश्यक छ। यसाे गर्न नसक्दा यसबाट आम जनसमुदायमा भयावय अवस्थमा आउन सक्ने भएकोले प्रत्येक सदस्य राष्ट्रले विमानस्थल र वायुयानमा विभिन्न उपायहरुको व्यवस्थापन गर्नुपर्ने हुन्छ। यसरी अपनाइने विभिन्न उपायहरु विश्व स्वास्थ्य संगठनको निर्देशिका एवं तोकिएको मापदण्डभित्र हुनपर्ने विषय उल्लेख भएको छ।

विश्व स्वास्थ्य संगठनको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली सन् २००५ अनुसार वायुयानलाई जनस्वास्थ्यको कारण देखाइ अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन नमिल्ले उल्लेख छ। यसैगरी महामारीको अवस्थामा आवतजावतमा पूर्णप्रतिबन्ध लगाउन नहुने विषय पनि यसमा उल्लेख छ। राज्यमा अवतरण गरेका वायुयानलाई जनस्वास्थ्यको कारण देखाइ त्यसमा रहेका यात्रु तथा काग्रोलाई बाहिर निस्कन वा नल्याउन रोक लगाउन नपाइने व्यवस्थासमेत गरिएकाे छ। यदि कुनै विमानस्थमा यात्रु तथा काग्रोको उपयुक्त स्वास्थ्यसम्बन्धित चेकजाँचको अभाव भएमा उडान सुरक्षामा प्रतिकुल असर नपर्ने गरी अन्यत्रै पठाउन सक्ने व्यवस्था पनि छ।

nimb
nimb
Ncell 2
Ncell 2

यदि कुनै राष्ट्रमा माहामारीको कारण असाधरण परिस्थितिको सिर्जनका भएको अवस्था छ भने हवाई उडान निलम्बन गर्नुभन्दा पहिले विश्व स्वास्थ्य संगठनसँग परामर्श गर्नुपर्ने र सम्बन्धी राष्ट्रका जनस्वास्थ्यसँग सम्बन्धित निकाय एवं अधिकारीहरुसँग समेत आवश्यक छलफल गरेर मात्रै निलम्बन गर्न सिफारिस गर्नुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले भनेको छ। हाल विभिन्न राष्ट्रहरुले हवाई उडानमा रोक लगाएको, उडान निलम्बन गरेको र नियमित अन्तर्राष्ट्रिय उडान बन्द गरेर महामारीलाई रोक्ने तथा नियन्त्रण गर्ने उपायहरु अपनाएका छन्।

कोरोना भाइरसको कारण मानिसहरुमा देखिएको डर र सन्त्रासका कारण हवाई उडानमा सुरक्षित हुन सकिन्छ भन्ने भरोसा गुमेका कारण विभिन्न राष्ट्रहरुले प्रभावित क्षेत्रमा नागरिकहरुको प्रवेशमा लगाएको रोक तथा भिसासम्बन्धित कडा नियमको परिपालनालगायतले हवाई यात्रुको संख्यामा उल्लेख्य कमी आएको छ। यसले विमान कम्पनीहरुको आम्दानीमा प्रत्यक्ष प्रभाव परेको छ भने भविष्यमा अस्तित्वमा रहन सक्ने/नसक्ने बारेमा समेत अन्योल छाएको छ।

यसैसन्दर्भमा अन्तर्राष्ट्रिय हवाई यातायात संगठनले कोरोना भाइरसको महामारीको कारण हवाई यातायातमा पर्न सक्ने असरबारेमा प्रारम्भिक विश्लेषण प्रकाशित गरेको छ। यही  मार्च २ मा अन्तर्राष्ट्रिय हवाई यातायात संगठनले गरेको विश्लेषणअनुसार कोरोनाको  प्रकोप बढेको समयको अवस्थमा नियन्त्रण भएमा त्यसबाट वायुयान कम्पानीहरुको ६३ अर्ब अमेरिकी डलर बराबरको राजस्व नोक्सनी हुन सक्ने प्रक्षेपण गरेको थियो। महामारी नियन्त्रण हुनै नसक्ने गरी फैलदै गएमा वायुयान कम्पनीहरुले करिब १ सय १३ अर्ब अमेरिकी डलर बराबरको राजस्व नोक्सानी हुन सक्ने विश्लेषण भएकाे छ।

नेपालभित्र सञ्चालनमा रहेका वायुसेवा कम्पनीबाट प्राप्त हुने आय विभिन्न समयमा विविध कारण फरक-फरक हुन्छ। योसँगै नेपालमा पर्यटकहरुको आगमन मौसमी हुने र यसले वायुसेवा कम्पनीहरुको आयमा प्रत्यक्ष र महत्वपूर्ण प्रभाव पार्ने गरेको छ।

आजको दिनसम्म कोरोना भाइरसको महामारी कम हुने लक्षण देखिएको छैन। र यसको असर अझै बढ्न सक्ने अनुमान भइरहेको छ।

अन्तर्राष्ट्रिय हवाई यातायात संगठनका महानिर्देशकले यो घटनक्रमलाई अभुतपूर्व घटनाको रुप दिनुपर्ने र यो वास्तविक संकट भएको बताइसकेका छन्। उनले यस प्रकारको राजस्व नोक्सानीले विश्व आर्थिक संकटकाे हाराहारीमा पुगेको समेत बताएका छन्। यसमा पनि कार्गो उडानमा हुन सक्ने सम्भावित नोक्सानी बारे विश्लेषण अझै भइसकेको छैन।

नेपालमा सञ्चालनमा रहेका वायुसेवा कम्पनीहरुमा समेत कोरोनाको प्रभाव उच्च हुने विश्लेषण भइसकेको छ। नेपालभित्र सञ्चालनमा रहेका वायुसेवा कम्पनीबाट प्राप्त हुने आय विभिन्न समयमा विविध कारण फरक-फरक हुन्छ। योसँगै नेपालमा पर्यटकहरुको आगमन मौसमी हुने र यसले वायुसेवा कम्पनीहरुको आयमा प्रत्यक्ष र महत्वपूर्ण प्रभाव पार्ने गरेको छ।

नेपाल सरकारले कोरोना भाइरस नियन्त्रण गर्न गरेका विभिन्न नियमले पर्यटकको आगमनमा असर पर्ने  छ र परिरहेको छ। त्यसमा पनि अर्को व्यवस्था नभएसम्म अन अराइभल भिसा र बसन्त ऋतुको लागि जारी गरेको हिमाल आरोहणको अनुमति निलम्बनले  पर्यटकको आवागमनमा कमी आउने छ। यसको अलवा नेपाललाई विश्व स्वास्थ्य संगठनले उच्च जोखिम राष्ट्रको सूचीमा राखेको कारण पनि उल्लेख्य संख्यामा नेपाल भ्रमण गर्ने पर्यटकमा कमी आउने छ। विभिन्न राष्ट्रहरुमा बढ्दो काेराेनाकाे प्रभावले त्यस्ता देशका नागरिकहरुले नेपाल भ्रमण तालिकका रद्द गर्ने कार्यले पनि यस बसन्त ऋतुमा नेपालमा सञ्चालनमा रहेका वायुयान कम्पनीहरु ठूलो आर्थिक संकटमा पर्ने अवस्थमा सृजना भइसकेको छ।

यस बसन्त ऋतुमा मात्रै सीता, तारा र समिट एयरको काठमाडौं–लुक्ला–काठमाडौं टिकटमात्रै ३० हजार ३ सयवटा रद्द भइसकेका छन्। यसैगरी पोखरा–जोमसोम–पोखरा उडानमा पनि १३ हजार ५ सयवटा टिकट रद्द हुने भएक छन्। जसबाट यी वायुसेवा कम्पनीहरुकाे करिब ७.२५ मिलियन अमेरिकी डलर बराबरको आयमा कमी आउने छ।  यसबाट के देखिन्छ भने स्लट सेक्टरमा मात्रै उडान गर्ने यी वायुयान कम्पनीहरुको यी सेक्टरमा मात्रै करिब ८६ करोड  रुपैयाँ आय नोक्सनी देखिन्छ।

हेलिकोप्टर कम्पनीहरुको आयको प्रमुख स्रोत पोखरा र लुक्ला हो। त्यस्तो क्षेत्रमा हुने उडानमध्ये पनि ३५ प्रतिशत पर्यटन व्यवसायसम्बन्धित रहेको छ।

नेपाल सरकारको अप्रिल ३० सम्मको अन अराइभल भिसा स्थगनको निर्णयले मात्रै उक्त समयमा मात्रै नभइ लामो समयसम्म पर्यटकको यात्रा तालिकामा नकारात्मक असर पर्छ।

यसैगरी ट्रंक रुटमा सञ्चालनमा रहेका बुद्ध, यती, श्री, सिम्रिक एयरलाइन्सले वैदेशिक मुद्रा आर्जन करिब ५० प्रतिशत पोखरा उडानबाट र करिब ५० प्रतिशत माउन्टेन उडानबाट गर्ने गरेका छन्। यी वायुसेवा कम्पनीहरुको काठमाडौं–पोखरा–काठमाडौं उडान सेक्टरमा मात्रै करिब ७३ हजार टिकट र माउन्टेन फ्लाइटका ४८ हजार टिकट रद्द हुने सक्ने छन्।

यसबाट करिब १ अर्ब ८७ करोड बराबरको आय नोक्सानी पर्ने देखिन्छ। यसैगरी ट्रंक रुटमा सञ्चालन हुने वायुसेवा कम्पनीहरुको आर्थिक पाटोलाई नियाल्दा पनि वैदेशिक मुद्राले  नै वायुयान कम्पनीको अपरेशन सञ्चालन र दिगोपनको मेरुदण्डको रुपमा रहेको छ। यस्तो अवस्थमा नेपाली वायुसेवा कम्पनीहरु आर्थिक अवस्थामा तहसनहस हुनसक्ने देखिन्छ।

पर्यटन क्षेत्रको मेरुदण्डको रुपमा हवाई यातायात नै रहेकाे छ। जसमा पनि निजी वायुसेवा कम्पनीहरु नै हुन्। यस्तो अवस्थामा सरकारले यो सेक्टरलाई बचाइराख्न आवश्यक छुटको प्याकेज छिट्टै सार्वजनिक गर्न सक्नुपर्छ। नत्र साना एयरलाइन्स कम्पनी डुब्न सक्छन्।

यसैगरी हेलिकोप्टर कम्पनीहरुको आयको प्रमुख स्रोत पोखरा र लुक्ला हो। त्यस्तो क्षेत्रमा हुने उडानमध्ये पनि ९५ प्रतिशत पर्यटन व्यवसायसम्बन्धित रहेको छ।

भिसा तथा आरोहण रोक्ने निर्णयपछि यो क्षेत्रको उडान लगभग शून्यमा नै झर्ने छ। हेलिकोप्टर कम्पनीले पनि ४ अर्बभन्दा बढी ऋण लिएर यो व्यवसाय सञ्चालन गरिरहेका छन्। साथै यो क्षेत्रबाट हेलिकाेप्टर कम्पनीले पनि १ अर्ब २० करोडभन्दा बढी राजस्व आय गुमाउने छ।

यस्तो अवस्थामा वायुसेवा कम्पनीहरुको सुरक्षा र बचाउने दायित्व राज्यको पनि हाे। राज्यले जति सक्दो वायुसेवा कम्पनीहरुको सुरक्षाका लागि विशेष प्याकेज घोषणा गर्न सक्नुपर्छ।

(लेखक : गौतम नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक हुन्)

प्रकाशित मिति: आइतबार, चैत २, २०७६  १०:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सदनमा माननीयहरु हराएपछि...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान
ललितपुरमा अनधिकृत संरचना सात दिनभित्र हटाउन सूचना
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
सदनमा माननीयहरु हराएपछि... मंगलबार, साउन २६, २०८३
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान मंगलबार, साउन २६, २०८३
ललितपुरमा अनधिकृत संरचना सात दिनभित्र हटाउन सूचना मंगलबार, साउन २६, २०८३
ब्रोडपिक आरोणका क्रममा ज्यान गुमाएका तीन आरोहीको शव ल्याइयो [तस्बिरहरु] मंगलबार, साउन २६, २०८३
शशांकको माग अस्वीकार गर्दै कांग्रेस संस्थापनले भन्यो– महाधिवेशन नगरे पार्टी अवैधानिक हुन्छ मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनसँग पूर्वमुख्यसचिव कोइरालाले मागे सूचना मंगलबार, साउन २६, २०८३
साँझको ड्युटी सकेर जुवाखाल छिरेका प्रहरीका सई च्याप्पै समातिए मंगलबार, साउन २६, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, साउन २६, २०८३
शशांकको माग अस्वीकार गर्दै कांग्रेस संस्थापनले भन्यो– महाधिवेशन नगरे पार्टी अवैधानिक हुन्छ मंगलबार, साउन २६, २०८३
एकपटकको नेता, सधैं नेता : रोहितलाई क्यानको भावुक बिदाइ मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्