• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

घरेलु कामदारबारे अध्ययन गर्न श्रम समितिसहितको टोली कुवेत जाँदै

प्रतिबन्ध खुल्ला गर्न सरोकारवालाको माग
64x64
निर्मला घिमिरे बुधबार, फागुन १४, २०७६  १९:१८
1140x725

काठमाडौं-घरेलु कामदारको अवस्थाबारे अध्ययन गर्न उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हितसमितिसहित विज्ञहरुको टोली केही दिनमै कुवेत जाँदैछ। 

खाडीलगायतका केही मुलुकमा घरेलु कामदारका रुपमा जान पूर्ण रुपमा प्रतिबन्ध लगाइएपछि अवैध बाटो हुँदै जानेको संख्या बढेको भन्दै प्रतिबन्ध फुकवा गर्न चौतर्फी दबाब बढेको छ। यससँगै अध्ययनका लागि समितिसहित विज्ञहरुको टोली कुवेत जान लागेको हो। 

व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बध तथा श्रम समितिले ३ वर्ष अगाडि सम्बन्धित मुलुकमा घरेलु कामदारसम्बन्धी ठोस कानुन नबनेसम्म तथा गन्तव्य मुलुकसँग दुईपक्षीय श्रम समझदारी नगरेसम्मका लागि घरेलु कामदार खाडी नपठाउन सरकारलाई निर्देशन जारी गरेको थियो। 

सोही निर्देशनअनुसार सरकारले घरेलु कामदारमा रोक लगाएको हो। पटकपटकको छलफल र दबाबपछि गत भदौ ४ गते उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुरक्षित रुपमा खाडीमा घरेलु कामदारका रुपमा कार्यरत नेपाली श्रमिकहरुलाई पुनः श्रम स्वीकृति दिन निर्देशन दिएको थियो। त्यसपछि घरेलु कामदारका रुपमा कार्यरत श्रमिकहरुले पुनः श्रम स्वीकृति पाउन थालेका छन्। 

घरेलु कामदारका रुपमा खाडी मुलुकमा अत्याधिक जोखिम रहेको भन्दै ती गन्तव्य मुलुकहरुमा तत्काल नयाँ श्रम स्वीकृति जारी गर्न नसकिने संसदको श्रम समितिले अडान लिएको छ। 

श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, गृहमन्त्रालय र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, राष्ट्रिय मानव अधिकार आयोगसहित विज्ञहरुको टोलीले अध्ययन गरी सुरक्षाको प्रत्याभूत हुने गरीमात्रै खुल्ला गर्ने समितिका सभापति विमल श्रीवास्तवले बताए। 

घरेलु कामदार मैत्री सम्झौता गरेर बाटो खुल्ला गर्न सरोकारवालाको माग 

सम्बन्धित गन्तव्य मुलुकसँग घरेलु कामदार मैत्री सम्झौता गरेर मात्रै खाडीमा घरेलु कामदार पठाउन सांसद तथा सम्बन्धित सरोकारवालाहरुले समितिलाई सुझाव दिएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

बुधबार संसदको छलफलमा बोल्दै सांसदहरुले घरेलु कामदार जोखिमपूर्ण अवस्थामा रहेको टिप्पणी गरे। तर सरकारले घरेलु कामदारको वैधानिक बाटोको ढोका बन्द गरेर झ्यालबाट हामफाल्न बाध्य बनाउनुजस्तै भएको उनीहरुको भनाइ थियो। 

ढोका बन्द गरेर चुपचाप बस्नुभन्दा सुरक्षित गन्तव्यका लागि पहल गरी घरेलु कामदारका लागि वैधानिक बाटो खुल्ला गर्नुपर्ने उनीहरुले बताए। 

अहिले घरेलु कामदार बन्द गर्नु ओपन सेक्रेट भएको छः निर्देशक, वैदेशिक रोजगार विभाग 

वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाँईले घरेलु कामदारका रुपमा खाडीलगायत मुलुक जान रोक लगाउनु ‘ओपन सेक्रेट’ भएको बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

घरेलु कामदारको वैधानिक बाटो बन्द गरिए पनि अवैध बाटो बन्द गर्न नसकिएको उनको भनाइ थियो। 

‘घरेलु कामदार ठूलो समस्यामा छन्, समितिले उनीहरुको समस्यामाथि गहन अध्ययन गर्नुपर्छ,’ उनले भने। 

पहिला नियोगमा रहेको सेफ हाउस निरीक्षण गरौं : वैदेशिक रोजगार बोर्ड 

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले घरेलु कामदारका समस्या पहिचान गर्न सबैभन्दा पहिला नियोगकै महिला सेफ हाउसमा निरीक्षण गर्न समितिलाई सुझाए। सम्बन्धित मुलुकका कूटनीतिक नियोगहरुको सेफ हाउसको अवस्था दयनीय रहेको उनको भनाइ थियो। 

‘सेफ हाउसको अवस्था कस्तो छ, त्यहाँ के–कस्ता महिला कसरी बस्न बाध्य छन् सोबारे निरीक्षण गर्न आवश्यक छ। सम्बन्धित देशमा रहेका पत्रकार तथा कामदारहरुको सुझाव लिन आवश्यक छ,’ निर्देशक श्रेष्ठले भने। घरेलु कामदारका रुपमा पुगेका धेरै महिलाहरु समस्या बोकेर स्वदेश फर्किन बाध्य भएकाले यसमा गम्भीरताका साथ समितिले अध्ययन गर्नुपर्ने उनको भनाइ थियो । 

घरेलु कामदारका सम्बन्धमा बदलिरहने नीतिले महिलामाथि जोखिम बढ्योः महिला अधिकारकर्मी 

नेपाल सरकारले घरी घरेलु कामदारका रुपमा बाटो खुल्ला गर्ने, घरी बन्द गर्ने प्रवृतिले महिला कामदारहरुमाथि जोखिम बढेको महिला अधिकारकर्मी मञ्जु गुरुङले बताइन्। 

सरकारको बदलिइरहनेन नीतिले ठूलो संख्यामा घरेलु कामदारका रुपमा जाने महिला कामदारहरु अवैध बाटो अंगाल्न बाध्य भएको र मानव तस्करी, बेचबिखनलगायत जोखिममा पर्ने गरेको उनको भनाइ थियो। 

घरेलु कामदारका रुपमा विशेषगरी महिला कामदारहरु जाने भएकाले सरकारले सम्बन्धित गन्तव्य मुलुकहरुसँग महिला कामदारमैत्री वा घरेलु कामदारमैत्री श्रम समझदारी गरेर वैधानिक रुपमा बाटो खुल्ला गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६  १९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
तातोपानी नाका तीन दिन खुल्ने शनिबार, असोज ३१, २०८३
जाजरकोट अटो दुर्घटना : दुईको मृत्यु, तीन जना गम्भीर घाइते शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठलाई घरबाटै प्रहरीले किन पुर्यायाे साईबर व्यूरो ? शनिबार, असोज ३१, २०८३
नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्