साेमबार नेपाल लाइभमा प्रकाशित मुख्य समाचारहरू :
१. मैना सुनार हत्या प्रकरण : अर्को द्वन्द्वकालीन मुद्दा फैसलाको पखाईमा
सभामुख अग्नि सापकोटाको द्वन्द्वकालीन मुद्दामा गृह मन्त्रालयबाट अनुसन्धान मगाएको सर्वोच्च अदालतमा अर्को द्वन्द्वकालीन मुद्दा पनि अन्तिम सुनुवाइका लागि पालो पर्खेर बसेको छ। द्वन्द्वकालमा बलात्कारपछि हत्या गरिएकी काभ्रेकी मैना सुनारको मुद्दा सर्वोच्चमा अन्तिम सुनुवाइका लागि अंग पुगेको छ।
२०७४ भदौ १६ गते दर्ता भएको रिटमा सर्वोच्चले अन्तिम सुनुवाइका लागि २०७४ फागुन १५ गते फाइल मगाउने आदेश गरेको थियो । सर्वोच्चमा नेपाली सेनाका तर्फवाट प्राड (कानुन) विभागका सरोज रेग्मीले काभ्रे जिल्ला अदालतको फैसलाविरुद्ध रिट दायर गरेका थिए।
थप समाचार- मैना सुनार हत्या प्रकरण : अर्को द्वन्द्वकालीन मुद्दा फैसलाको पखाईमा
२. मोबाइल आयातमा अस्वाभाविक उतारचढाव, सरकारी नीतिले फस्टाउँदै अवैध कारोबार
भन्सार विभागको तथ्यांक हेर्ने हो भने पछिल्लो ५ वर्षमा नेपालमा मोबाइल आयात निकै उतारचढावपूर्ण छ।
पछिल्लो ५ वर्षमध्ये सुरुका ३ वर्ष मोबाइल आयातको तथ्यांक बढेकाे छ। तर, त्यसपछिको दुई वर्षमा आयात घटेकाे छ। अर्थात् आर्थिक वर्ष २०७४/०७५ को पहिलो ६ महिनाको तुलनामा आर्थिक वर्ष २०७५/०७६ को पहिलो अर्धवार्षिक अविधमा मोबाइल आयात ३५ प्रतिशतले घट्यो। अघिल्लो आर्थिक वर्षको पहिलो अर्धवार्षिक अवधिमा ३४ लाख १० हजार वटा मोबाइल सेट नेपाल भित्रिएकोमा त्यसको एक वर्षपछिको समान अवधिमा जम्मा २१ लाख ९२ हजार वटा सेट मात्रै आयात भए।
थप समाचार- मोबाइल आयातमा अस्वाभाविक उतारचढाव, सरकारी नीतिले फस्टाउँदै अवैध कारोबार
३. कम्युनिस्ट पार्टीका थरीथरीका महाधिवेशन
तत्कालीन एमाले र माओवादी केन्द्रले नियमित रुपमा आफ्नो महाधिवेशन गर्ने हो भने उनीहरुले क्रमशः दसौं र आठौं महाधिवेशन गर्ने थिए। एमालले २०७१ असारमा नवौं र माओवादीले २०६९ माघमा सातौं महाधिवेशन गरेका थिए। दुवै पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएपछि उनीहरुले २०७७ चैतमा गर्ने भनिएको महाधिवेशनको क्रमसंख्या कति हुन्छ? २०७६ माघ १५-१९ मा बसेको नेकपाको केन्द्रीय कमिटी बैठकमा यो विषय उठे पनि निर्णय भने भएन।
संसदभित्र र बाहिर गरी झन्डै आधा दर्जन कम्युनिस्ट पार्टीले आफ्नो सक्रियता देखाइरहेका छन्। तर, सबैको महाधिवेशन क्रमसंख्या भने फरकफरक छ। यस्तो किन भयो त?
थप समाचार- कम्युनिस्ट पार्टीका थरीथरीका महाधिवेशन
४. अवकाश पाउनै लाग्दा संकटमा आइजिपी : कुमार इन्काउन्टरमा संलग्नलाई कारबाही गर्न गृहको निर्देशन
इन्काउन्टरको बहानामा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलका हत्यामा संलग्न प्रहरीमाथि कारबाही गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।
राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनअनुसार हत्यामा संलग्न प्रहरी र इन्काउन्टरका लागि निर्देशन दिने अधिकारीमाथि कारबाहीका लागि गृहले शुक्रबार प्रहरी प्रधान कार्यालयलाई लिखित निर्देशन दिएको हो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार गृहबाट सो पत्र प्रधान कार्यालय आइसकेको छ। पत्र आए पनि प्रधान कार्यालयले कारबाही प्रक्रिया अगाडि बढाएको भने छैन।
थप समाचार- अवकाश पाउनै लाग्दा संकटमा आइजिपी : कुमार इन्काउन्टरमा संलग्नलाई कारबाही गर्न गृहको निर्देशन
५. एसएसपी राणालाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
बलात्कार आरोपपछि सुनसरी प्रहरीसँग आत्मसमर्पण गरेका एसएसपी सौरभ सम्शेर राणालाई जिल्ला अदालतले पाँच दिन म्याद थप गरेको छ। सुनसरी जिल्ला अदालतका न्यायाधीश मणिराम न्यौपानेको इजलासले ५ दिन म्याद थपका लागि अनुमति दिएको श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए।
म्याद थप गर्नु पूर्व अदालतमा सरकारी वकिल र राणाका तर्फका अधिवक्ताहरूले पक्ष र विपक्षमा म्याद थप गर्ने कि नगर्ने भन्ने विषयमा आ–आफ्नो तर्क राखेका थिए।
थप समाचार- एसएसपी राणालाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
६. 'थप अध्ययन’को भूमरीमा एमसिसी
गत मंसिर अन्तिम साता सुरु भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठकबाट अमेरिकी सहयोग परियोजना एमसिसीमाथिको विवाद सतहमा आयो। स्थायी समितिले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) माथिको विवादको उठानमात्रै गर्यो। विवाद साम्य पार्ने जिम्मेवारी स्थायी समितिले नेकपाको उपल्लो कमिटि सचिवालयमा पठाउने निर्णय गर्यो ।
यो डेढ महिनाको बीचमा सचिवालयले विवाद नसुल्झाउँदै नेकपाको दोस्रो पूर्ण केन्द्रीय कमिटि बैठक सुरु भयो । १५ माघमा सुरु भएको नेकपा केन्द्रीय कमिटि बैठकमा नेताहरु चार दिन मन्थनमा उत्रिए पनि डेढ महिनाअघिको जस्तै एमसिसीबारेको विरोधाभास चिर्न असफल भयो ।
थप समाचार-'थप अध्ययन’को भूमरीमा एमसिसी
७. खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल र डिजलमा घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले सोमबार पेट्रोलियम पदार्थको मूल्य समायोजना गरिएको जानकारी दिएको छ।
निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा एक रुपैयाँ घटाएको छ। तर खाना पकाउने ग्यासको मूल्य भने वृद्धि गरिएको छ। निगमले ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको छ।
थप समाचार- खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल र डिजलमा घट्यो
गृहसचिवमा महेश्वर न्यौपाने
मन्त्रिपरिषद् बैठकले महेश्वर न्यौपानेलाई गृह सचिव बनाउने निर्णय गरेको छ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले न्यौपानेलाई गृहसचिव बनाउने निर्णय गरेको हो। न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव हुन्।
'अख्तियारका सचिव महेश्वर न्यौपानेलाई गृह सचिव बनाउने निर्णय भएको छ,' बैठकमा सहभागी एक मन्त्रीले नेपाल लाइभसँगको फोन सम्पर्कमा भने।
न्यौपाने पर्यटन मन्त्रालय, सार्वजनिक खरिद अनुगमन हुँदै अख्तियार पुगेका सचिव हुन्।
गृहसचिव प्रेमकुमार राई आगामी माघ २२ गते पाँच वर्षे कार्यकाल पूरा गरी सेवानिवृत्त हुँदैछन्।
उनले हालै राजीनामा समेत दिइसकेका छन्।
थप समाचार : महेश्वर न्यौपानेलाई गृहसचिव बनाउने मन्त्रिपरिषद्को निर्णय
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।