• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

मोबाइल आयातमा अस्वाभाविक उतारचढाव, सरकारी नीतिले फस्टाउँदै अवैध कारोबार

चोरी रोक्न व्यवसायी र सरकार सहमत, तर किन भएन कार्यान्वयन?
64x64
नेपाल लाइभ सोमबार, माघ २०, २०७६  ०९:२९
1140x725

काठमाडौं- भन्सार विभागको तथ्यांक हेर्ने हो भने पछिल्लो ५ वर्षमा नेपालमा मोबाइल आयात निकै उतारचढावपूर्ण छ।

पछिल्लो ५ वर्षमध्ये सुरुका ३ वर्ष मोबाइल आयातको तथ्यांक बढेकाे छ। तर, त्यसपछिको दुई वर्षमा आयात घटेकाे छ। अर्थात् आर्थिक वर्ष २०७४/०७५ को पहिलो ६ महिनाको तुलनामा आर्थिक वर्ष २०७५/०७६ को पहिलो अर्धवार्षिक अविधमा मोबाइल आयात ३५ प्रतिशतले घट्यो। अघिल्लो आर्थिक वर्षको पहिलो अर्धवार्षिक अवधिमा ३४ लाख १० हजार वटा मोबाइल सेट नेपाल भित्रिएकोमा त्यसको एक वर्षपछिको समान अवधिमा जम्मा २१ लाख ९२ हजार वटा सेट मात्रै आयात भए।

एक आर्थिक वर्षमा नै मोबाइल आयातमा देखिएको यो परिवर्तन अरु कुनै कारणले नभइ चोरी पैठारीका सामानले बजार ओगट्नु रहेको बताउँछन् मोबाइल फोन आयातकर्ता संघका महासचिव अमित अग्रवाल। 'सरकारले दिएको मूल्य अभिवृद्धि कर फिर्ताको सुविधा हटाएर अन्त:शुल्क लगाइदियो, जसका कारण वैधानिकरुपमा आयात भएका मोबाइलको तुलनामा चोरीका मोबाइल सस्तो हुँदा वैधानिक आयात नै घट्यो,' उनले भने। 

आर्थिक वर्ष २०७५/०७६ को बजेटमार्फत् सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ताको सुविधा हटाइदियो। मोबाइल फोन, घ्यु तेल, कपडालगायतका वस्तुक आयातकर्ताले पाइरहेका यो सुविधा एकैपटक कटौती भयो। त्यसका अतिरिक्त यही वर्षबाट सरकारले मोबाइल फोनमा ५ प्रतिशत अन्तशुल्क लगाइदियो। 'एकैपटक दुईवटा नीतिगत परिवर्तन गर्दा बजार मूल्यमा प्रभाव पर्‍यो,' इन्टिग्रेटेड मोबिलिटी सोलुसन्सका अध्यक्ष दीपक मल्होत्रा भन्छन्, 'अवैध नियन्त्रण रोक्न सके सरकारले गरेका नीतिगत निर्णय कार्यान्वयन हुने थियो, तर चोरी नियन्त्रण गर्न नसक्दा वैधानिक व्यापार गर्नेहरुले बजारमा काम गर्न नसक्ने भए।' 

Ncell 2
Ncell 2
nimb
nimb

चालु आर्थिक वर्षको बजेटबाट सरकारले ५ प्रतिशतको अन्तशुल्क २.५ प्रतिशतमा झारिदिएको छ। अन्तशुल्कको दरमा गरिएको परिवर्तनका कारण मोबाइल आयातमा केही सुधार देखिएको भन्सार विभागको तथ्यांकले देखाएको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा यो वर्ष मोबाइल आयातमा केही सुधार देखिएको छ। गत वर्ष २१ लाख ९२ हजार मोबाइल आयात भएकोमा यो वर्ष २९ लाख ६८ हजार मोबाइल आयात भएको भन्सारको तथ्यांकमा उल्लेख छ। 

ट्रयाकिङ प्रणाली कार्यान्वयन नै भएन
सरकारले गत आर्थिक वर्षबाट मोबाइल सेवामा दिएको भ्याट फिर्त सुविधा हटाउँदै अन्तशुल्कसमेत लगाउनुको एउटै कारण थियो, अवैध मोबाइल आयात नियन्त्रणका लागि मोबाइलको विशिष्ठ पहिचान गर्ने। अर्थात् इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आइएमइआई) नम्बर दर्ता नभएका मोबाइल नेपालमा चल्न नदिने। 

गत वर्षबाट नै नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याउने भनेको यो प्रणाली चालु वर्षको आधा अवधि सकिँदासमेत स्थापना गर्न सकेको छैन। जसका कारण अवैधरुपमा नेपाल भित्रिएका मोबाइलको ट्रयाकिङ हुन सकेको छैन। 'आइएमइआई नम्बर ट्रयाक गर्ने प्रणाली स्थापन गरेपछि यो समस्या समाधान हुन्छ भन्नेमा सरकार र व्यवसायी दुवै सहमत छौँ, अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगाना भन्छन्, 'यो प्रणाली स्थापनाको प्रक्रिया अघि बढेको छ।'

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

व्यवसायीहरुले पनि सरकारलाई यो प्रणाली छिटो कार्यान्वयनमा ल्याउन दबाब दिइरहेका छन्। 'हाम्रो भनाइ के हो भने चोरी पैठारीका सामान बजारमा नआउन्, त्यसपछि सरकारले जे ड्युटी लगाउँछ लगावस्,' महासचिव अग्रवालले भने, 'चोरी नियन्त्रण गर्न सकेन हाम्रो समस्या समाधान हुन्छ, चोरीका मोबाइलले बजार लिने तर वैध व्यवसाय गर्ने व्यवसायी मर्ने अवस्था रहनु हुँदैन।' 

नेपाल दूरसञ्चार प्राधिकरणक अध्यक्ष पुरुषोत्तम खनाल मोबाइल ट्रयाकिङ प्रणाली स्थापनाको काममा केही ढिलाइ भए पनि काम अघि बढिरहेको दावी गर्छन्। 'हामी केही ढिलो भएको पक्कै हौँ, तर प्रणाली स्थापनाको काम अघि बढेको छ, छिट्टै केही उपलब्धि हासिल होला,' उनले भने। (मुख्य तस्बिर : https://www.t3.com)

प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  ०९:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्