• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ
अवकाश पाउनै लाग्दा संकटमा आइजिपी : कुमार इन्काउन्टरमा संलग्नलाई कारबाही गर्न गृहको निर्देशन अवहेलनामा कारबाहीको भयले पत्र
64x64
नेपाल लाइभ सोमबार, माघ २०, २०७६  १३:०३
1140x725

काठमाडौं- इन्काउन्टरको बहानामा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलका हत्यामा संलग्न प्रहरीमाथि कारबाही गर्न  गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनअनुसार हत्यामा संलग्न प्रहरी र इन्काउन्टरका लागि निर्देशन दिने अधिकारीमाथि कारबाहीका लागि गृहले शुक्रबार प्रहरी प्रधान कार्यालयलाई लिखित निर्देशन दिएको हो।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार गृहबाट सो पत्र प्रधान कार्यालय आइसकेको छ। पत्र आए पनि प्रधान कार्यालयले कारबाही प्रक्रिया अगाडि बढाएको भने छैन।

‘पत्र आएको छ। तर कारबाहीका सम्बन्धमा भने अहिलेसम्म कुनै कुरा भएको छैन,’ स्रोतले भन्यो। प्रधान कार्यालयमा पत्र दर्ता भइसके पनि नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले दाबी गरे, ‘यसबारे म अपडेट छैन।’

राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता वेद भट्टराईले कानुन बमोजिम कारबाही गर्न सिफारिस गरिएको भन्दै गृहबाट आयोगमा पत्र आएको जानकारी दिए। 

‘कारबाहीका लागि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको भन्ने जानकारी आएको छ। तर कारबाही भयो/भएन भन्ने जानकारी आएको छैन,’ उनले नेपाल लाइभसँग भने।

कारबाहीसँगै गृह मन्त्रालयले राहत व्यवस्थापन शाखालाई समेत पत्र लेखेर पीडित परिवारका सदस्यलाई राहत दिन निर्देशन दिइसकेको छ।

आयोगको टोलीले पौडेलको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिलाउन सिफारिस गरेको थियो। 

Ncell 2
Ncell 2

अवहेलनामा कारबाहीको भयले पत्र
गत असार ५ गते प्रहरीको गोली लागेर पौडेल मारिएका थिए।

प्रहरी प्रधान कार्यालयमा रहेको विशेष ब्युरोको टोलीले उनलाई ९ राउन्ड गोली हानेको थियो। उनको मृत्युबारे प्रारम्भमै विवाद भए पनि प्रहरी प्रधान कार्यालयले पक्राउ गर्न जाँदा प्रहरीमाथि गोली प्रहार भएकाले सुरक्षाका लागि जवाफी फायर गर्दा पौडेल मारिएको दाबी गरेको थियो।

तर राष्ट्रिय मानव अधिकार आयोगको अनुसन्धानमा इन्काउन्टरको बहानामा प्रहरीले पौडेललाई नियन्त्रणमा लिएपछि गोली हानेर मारेको निष्कर्ष निकाल्दै सो घटनामा संलग्न प्रहरी अधिकारीलाई कर्तव्य ज्यानको मुद्दा लगाउनेदेखि प्रशासनिक कारबाहीसम्म गर्न सिफारिस गरेको थियो।

गत कात्तिक ४ मा गरेको सिफारिस कार्यान्वयन नभएपछि आयोगले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयका अधिकारीमाथि आयोगको निर्देशन कार्यान्वयन नगरेकोमा अवहेलनाको सूचीमा राख्ने तयारी गरेपछि गृहले हतारमा प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको पत्र पठाएको हो।

आइजिपी नै अनुसन्धानमा
आयोगले पौडेल मृत्युमा प्रत्यक्ष संलग्न प्रहरी निरीक्षक कृष्णदेव साह, हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई निलम्बन गरी फौजदारी अभियोगमा कारबाही गर्ने निर्देशन दिएको थियो। आयोगको निर्देशन अनुसार यी तीनै जनामाथि हत्या अभियोगमा कारबाही हुन्छ। त्यस्तै प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने र नायब निरीक्षक सूर्यकुमार कार्कीलाई सचेत गराउन निर्देशन दिएको थियो।

आयोगको सिफारिसमा गोली हान्न निर्देशन दिने तालुकदार निकायका पदाधिकारी तथा आदेश दिने अधिकारीसमेतलाई कानुनको दायरामा ल्याउन सिफरिस गरेको थियो। 

प्रहरी महनिरीक्षकको प्रत्यक्ष नियन्त्रणमा रहेको विशेष ब्युरोका प्रहरी निरीक्षक कृष्णदेव साह नै कुमार पौडेल हत्याका मुख्य अभियुक्त देखिएका छन्। विशेष ब्युरोका प्रहरीलाई निर्देशन र परिचालन गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई मात्र रहेकाले निर्देशन दिने र आदेश दिने अधिकारी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नै देखिन्छन्।

३० वर्षे सेवा अवधिका कारण माघ २८ गते खनालले अवकाश पाउँदैछन्। आयोगको निर्देशन पालना हुने हो भने अवकाश पाउँदापाउँदै उनी हत्याका लागि निर्देशन दिएको गम्भीर अपराधको छानबिनको दायरामा तानिने छन्।

आयोगको पत्रको आधारमा गृहले पठाएको पत्रअनुसार कारबाही अगाडि बढाउँदा प्रहरी महानिरीक्षक खनालसमेत अप्ठ्यारोमा पर्न सक्छन्। तर प्रहरी महानिरीक्षकमाथि प्रहरी प्रधान कार्यालयले छानबिन गर्न सक्दैन। आयोगको सो निर्देशन पालना गर्ने हो भने गृह आफैंले समिति गठन गरेर छानबिन गर्नुपर्नेमा पत्र पठाएर आयोगको थप कारबाहीबाट जोगिन मात्र खोजेको देखिन्छ।

पोस्टमार्टममै शंका
गत असार ५ गते लालबन्दी नगरपालिका–१ लखनदेवीस्थित जंगलमा विप्लव नेतृत्वको पार्टीका सर्लाही इन्चार्ज पौडेल मारिएका थिए।

'अन टेस्ट' मोटरसाइकलसहित २ वटा मोटरसाइकलमा आएका कुमार पौडेलसहित ४ जना व्यक्तिको समूहले प्रहरीमाथि आक्रमण गरेपछि जवाफी कारबाही गर्दा पौडेलेको ज्यान गएको प्रहरीको दाबी थियो। 

तर घटनास्थलको प्रकृति, उपस्थित मानिस, पौडेलको शरीरमा गोली लागेका ठाउँको विवरण, पोस्टमार्टम रिर्पोटलगायतका आधारमा आयोगले गरेको छानबिनमा पौडेलको मृत्यु आकस्मिम मुठभेडका कारण नभई प्रहरीको योजनाअनुसारै भएको पुष्टि भएको थियो।

आयोगले पटकपटक ताकेता गर्दा पनि जिल्ला अस्पताल सर्लाहीले पौडेलेको पोस्टमार्टम रिपोर्ट पठाएको थिएन। रिपोर्ट नपठाएपछि आयोगले अस्पतालका डाक्टर वीरेन्द्रकुमार मण्डलसँग पनि बयान लिने तयारी गरेपछि मात्र रिपोर्ट आयोगले पाएको थियो। पोस्टमार्टम रिपोर्टमा पनि शंका गर्ने ठाउँ प्रशस्त देखिएको आयोगले बताएको थियो।

बन्ला त नयाँ नजिर?
पौडेल इन्काउन्टरमा संलग्न भएका प्रहरी अधिकारी कारबाहीमा परेमा इन्काउन्टरमा नयाँ नजिर बन्न सक्छ। यसअघि विभिन्न आवरणमा प्रहरीको गोली लागेर आपराधिक पृष्ठभूमिका गुण्डा नाइके दिनेश अधिकारी (चरी), कुमार घैंटे, मनोज पुन, केदार सहनीदेखि लिएर शंकाकै आधारमा भक्तपुर इन्काउन्टरमा अजित तामाङ र गोपाल तामाङ, लागु औषध दुर्व्यसनी प्रवीण खत्री मारिएका थिए।

विवाद भए पनि यी कुनै इन्टकाउन्टरको विस्तृत छानबिन सकिएको छैन। यी सबै इन्टकाउन्टरबारे आयोगले छानबिन गरिरहेको छ। तर प्रतिवेदन सार्वजनिक गरेको छैन। पौडेल मृत्यु प्रकरणपछि अन्य इन्काउन्टरका घटना पनि आकस्मिक भन्दा नियोजित भएको शंका बढाएको छ।

सम्बन्धित समाचार

कुमार पौडेलको हत्या पञ्चायती बर्बरता जस्तो : जनार्दन शर्मा

९ राउन्ड गोली हानी कुमार पौडेलको हत्या नै भएको निष्कर्ष, गोली हान्ने प्रहरीलाई कारबाही गर्न निर्देशन

कुमार पौडेल हत्या प्रकरण : बयान दिन आएनन् लेखनदास, पोस्टमार्टममै आयोगलाई शंका

प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  १३:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी शनिबार, जेठ २४, २०८२
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन शनिबार, जेठ २४, २०८२
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
संसद्को अवरोधबारे छलफल गर्न विपक्षी दलहरूको बैठक जारी शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्