इटहरी- बलात्कार आरोपपछि सुनसरी प्रहरीसँग आत्मसमर्पण गरेका एसएसपी सौरभ सम्शेर राणालाई जिल्ला अदालतले पाँच दिन म्याद थप गरेको छ।
सुनसरी जिल्ला अदालतका न्यायाधीश मणिराम न्यौपानेको इजलासले ५ दिन म्याद थपका लागि अनुमति दिएको श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए।
म्याद थप गर्नु पूर्व अदालतमा सरकारी वकिल र राणाका तर्फका अधिवक्ताहरूले पक्ष र विपक्षमा म्याद थप गर्ने कि नगर्ने भन्ने विषयमा आ–आफ्नो तर्क राखेका थिए।
अदालत परिसरबाट बाहिरिँदा प्रतिक्रिया दिदैं एसएसपी राणाले आफूमाथि लगाइएको आरोप झुटो भएको र केही दिनभित्र सबै सत्यतथ्य बाहिर आउने बताए।
एसएसपी राणाले जबरजस्ती करणी गरेको भन्दै एक महिलाले उजुरी दिएकी थिइन्।
उनले गत शुक्रबार उजुरी दर्ता गराएकी थिइन्।
उजुरी दर्ता भएपछि एसएसपी राणा निलम्बनमा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।