काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ।
निगमले सोमबार पेट्रोलियम पदार्थको मूल्य समायोजना गरिएको जानकारी दिएको छ।
निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा एक रुपैयाँ घटाएको छ।
तर खाना पकाउने ग्यासको मूल्य भने वृद्धि गरिएको छ। निगमले ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको छ।
मूल्य समायोजना भएसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ।
खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिन्डर १ हजार ३ सय २५ रुपैयाँ पुगेको छ।
समायोजन भएको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने निगमले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।