• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

तामझामसहित सप्तरीलाई ‘खुला दिसामुक्त’ घोषणा, झुटो तथ्यांकको सहारा !

64x64
नेपाल लाइभ बुधबार, चैत २१, २०७४  १०:१२
1140x725

राजविराज– मिथ्या तथ्यांक प्रस्तुत गरेर सप्तरीलाई खुला दिसामुक्त घोषणा गरिएको छ। प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्रकुमार सोनलले आज राजविराजमा आयोजित एक समारोहमा सप्तरी ‘खुला दिसामुक्त’ भएको घोषणा गरे।

क्षेत्रीय खानेपानी सरसफाइ सरसफाइ तथा स्वच्छता समन्वय समितिले चैत १२ र १३ गते अनुगमन गरी खुला दिसामुक्त घोषणाका लागि सप्तरी जिल्ला योग्य भएको प्रतिवेदन दिएको थियो। सोही प्रतिवेदनका आधारमा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको १५ चैतको निर्णय अनुसार खुला दिसामुक्त घोषणा गरिएको सदस्य–सचिव लोकेन्द्र यादवले बताए।

सप्तरीलाई सन् २०१६ भित्रै खुला दिसामुक्त घोषणा गर्ने योजना थियो। तर, शौचालय निर्माण तथा प्रयोगमा अपेक्षित सुधार नआएकै कारण पटक–पटक मिति सार्दै बुधबार औैपचारिकता पूरा गरिएको हो। तर, सप्तरीका कुल १ लाख १९ हजार ६ सय ८२ घरधुरीमध्ये ५० प्रतिशतमा घरमा अहिले पनि शौचालय व्यवस्थित नभएको भन्दै आलोचना भइरहेको छ।

पढ्नुस् नेपाल लाइभको फलोअप स्टोरी-
भूमिहीन मुसहरलाई खुला दिसामुक्त अभियानले थोपरेको कहर: भान्सासँगै शौचालय !

सरसफाइ गुरुयोजनालाई व्यङ्ग्य : घरमा शौचालय, सर्वत्र फोहोर !​
सप्तरीलाई खुला दिसामुक्त घोषणा : झारा टार्ने कि सार्थक परिणाम खोज्ने?

शौचालय निर्माण नै नगरी जिल्लाका ९ नगरपालिकासहित १८ वटै स्थानीय तहलाई हतारोमा खुला दिसामुक्त घोषणा गरी जिल्लालाई पनि औपचारिकता प्रदान गरिएको आरोप स्थानीयहरुले लगाएका छन्। मधेसी चेतना समाजले विज्ञप्ति जारी गरेरै औपचारिक खुला दिसामुक्त घोषणाको विरोध गरेको छ। जिल्लामा हालसम्म ६० प्रतिशत पनि शौचालय निर्माण नभएको दाबीसहित यस प्रपञ्चमा लागेका सबैलाई कानुनी दायरामा ल्याउन विज्ञप्तिमा माग गरिएको छ।

नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवले अधिकांश स्थानीय तहमा हालसम्म २५–३० प्रतिशत शौचालय निर्माण गर्न बाँकी रहेको बताए। 

‘निर्माण कार्य सम्पन्न भनेर देखाइएका ७५ प्रतिशतमध्ये पनि २५ प्रतिशत शौचालय अधुरै छन्’, यादवले भने, ‘बाँकी ५० प्रतिशतमध्ये पनि २५ प्रतिशत शौचालय देखाउनका लागि मात्रै घेराबेरा गरिएको छ। प्रयोग गर्न सक्ने अवस्था छैन।’

Ncell 2
Ncell 2
nimb
nimb

प्रयोग गर्न मिल्ने अवस्थामा रहेका २५ प्रतिशत शौचालय पनि शौचका लागि कम र सरसामान राख्नका लागि धेरै प्रयोगमा रहेको उपाध्यक्ष यादव बताउँछन्। उनले भने–‘अभियानलाई अहिलेकै अवस्थामा दिसामुक्त भन्दा पनि शौचालयमुक्त भन्दा राम्रो होला।’

सरकारी कामका लागि सिफारिस र सामाजिक सुरक्षा भत्ता रोक्ने, खुला ठाउँमा शौच गर्न जाँदा सिट्ठी बजाएर लखेट्ने, प्रहरी लगाएर धम्क्याउने, फोटो खिचेर सामाजिक सञ्जालमा हाल्ने, शौचालय नबनाएको रिसमा चुलो भत्काउने लगायतका क्रियाकलापले आतंकित भएर ठड्याइएका अधिकांश शौचालय प्रयोग गर्ने अवस्थामै नरहेको जानकारहरु बताउँछन्।

सदरमुकाम समेत रहेको राजविराज नगरपालिकाकै आधारमा अन्य स्थानीय तहमा शौचालय निर्माण र प्रयोगको अनुमान लगाउन सकिने भन्दै उपाध्यक्ष यादवले थपे, ‘सबैको नजरमा पर्ने र खुला दिसामुक्त भनिएको राजविराज नगरपालिकाको व्यस्त बजारमै खुल्ला शौच भइरहेको छ। अन्य स्थानीय तहको अवस्था कस्तो होला, सहजै अनुमान लगाउन सकिन्छ।’

Xtrem

Xtrem

राजविराज नगरपालिका वडा नम्बर १३ का अध्यक्ष राजेन्द्रप्रसाद यादवको आफ्नै घर हालसम्म शौचालयविहीन छ। उनी मात्र होइन, वडाध्यक्ष यादवसहित २५ प्रतिशत घरधुरीमा अहिले पनि शौचालय छैन। 

‘शौचालय बनाए ५ हजार नगद र एउटा कल (ट्युबेल) दिन्छौं भनेका थिए, बनाउनेले अहिलेसम्म पनि पैसा पाएका छैनन्’, स्थानीय शिवनारायण यादव भन्छन्, ‘मेरो पनि शौचालय अधुरै छ। पहिला पैसा दिए काम पूरा गर्छु, नत्र यत्तिकै रहन्छ।’

वडा नम्बर १२ स्थित करिब १ दर्जन डोम परिवारमा पनि कसैको घरमा शौचालय छैन। बनाउन सुरु गरे पनि पैसा अभावका कारण पूरा भएको छैन। 

‘१३ जनाको परिवारमा सबै जना बेरोजगार छौं’, जगदीश मरिक भन्छन्, ‘पेट पाल्नु कि शौचालय बनाउनु?’ 

सोही वडाको सिंग्यौनस्थित मुसहर बस्तीका रुनाई सदाले भान्सामै निर्माण सुरु गरेको शौचालय अहिले निकै चर्चामा छ। शौचालय निर्माणलाई गैरसरकारी संस्थाले कसरी अगाडि बढाएका छन् र कस्तो दबाव दिएका छन् भन्ने दखाउन सदा उदाहरण बनेका छन्। अन्य ६० घर मुसहर परिवार शौचालय कहाँ बनाउने भन्ने मै अल्मलिएका छन्। केहीले आफ्नो झुप्रोसँगै बाहिर शौचालय बनाए पनि त्यसको निकासलाई सुरक्षित गर्न सकेका छैनन्।


रुनाई सदाले भान्सासँगै निर्माण गरेको शौचालय


खुला दिसामुक्त अभियानमा सार्वजनिक हित र सरोकारलाई प्राथमिकतामा राखिएको छैन। ३० जना बालबालिका अध्ययनरत रामटोलको मुन्ना बाल विकास केन्द्र अहिले पनि शौचालयविहीन छ। शिक्षिका रजना दास भन्छिन्, ‘समितिमा कुरा उठ्छ, शौचालय चाहिँ बन्दैन।’ 

दलित बालबालिका पढ्ने बाल विकास केन्द्रलाई बेवास्ता गरिएको भन्दै वडा सदस्य नन्दु रामले भने, ‘बालबालिकालाई तिर्खा लाग्दा पानी खुवाउने ट्युबेलसम्म छैन। पानी बोकेर घरबाटै कुद्नुपर्छ, केको शौचालय?’

वडा नम्बर ७ मा अधिकांश घरमा शौचालय भए पनि खुला शौच गर्नेको संख्या अधिक छ। करिब १ सय मेहतरको बसोबास रहेको यो टोलमा निर्माण गरिएका अधिकांश शौचालयको निकास गाउँको बीचमा रहेको खुला नालामा मिसाइएको छ। स्थानीय दीपनारायण मेहतर भन्छन्, ‘बरु शौचालय नहुँदै फोहोर घरदेखि टाढा हुन्थ्यो, शौचालयले समस्या बढायो। आँगनमै फाहोर आयो, गर्मीमा हैजाको खतरा छ।’

यो समस्या राजविराज नगरपालिकाको मात्र होइन, बुधबार खुला दिसामुक्त घोषणा भएको सिंगो सप्तरीका १८ वटै स्थानीय तहको अवस्था यो भन्दा फरक नरहेको जानकारहरु बताउँछन्। अभियानमा कुल ९ करोड ७८ लाख रुपैयाँ खर्च भएको छ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०७४  १०:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्