• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सप्तरीलाई खुला दिसामुक्त घोषणा : झारा टार्ने कि सार्थक परिणाम खोज्ने?

64x64
नेपाल लाइभ मंगलबार, चैत २०, २०७४  ००:१८
1140x725

राजविराज– सरसफाइ गुरुयोजना अनुसार जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्न यतिबेला सप्तरीमा दौडधूप चलिरहेको छ।

घोषणा सभा (चैत २१) को पूर्वसन्ध्यामा जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति, आधा दर्जन जति गैरसरकारी संस्था, केही सरकारी कर्मचारी र जनप्रतिनिधिहरु खटिरहेका छन्। तर, उनीहरुको खटाइ चाहिँ अभियानभन्दा पनि औपचारिक कार्यक्रम कसरी सफल पार्ने भन्नेमा केन्द्रित छ।

यही चटारोका बीचमा जिल्लाका ९ नगरपालिका र ९ गाउँपालिका खुल्ला दिसामुक्त घोषणा भइसकेका छन्। गत बुधवार (चैत १४) मात्रै सप्तरीका ५ नगरपालिकासहित ७ स्थानीय तहलाई एकै दिन खुल्ला दिशामुक्त घोषणा गरियो। तिनै स्थानीय तहमध्येको एक हो– राजविराज नगरपालिका। नगरका हरेक घरमा शौचालय निर्माण भएको मापदण्डका आधारमा प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह प्रमुख अतिथि भएर राजविराज नगरपालिकालाई खुला दिशामुक्त क्षेत्र घोषणा गरे।

निकै तामझामका साथ सम्पन्न गरिएको घोषणासभामा सरकारी तथा गैरसरकारी संस्था र तिनका कर्मचारीले अभियानलाई सफल बनाएको जस पनि बटुले। अभियानलाई सफल बनाउन योगदान गरेको भन्दै कतिपयले दोसल्ला ओढे भने प्रशंसा पत्र थाप्नेको संख्या पनि लामै थियो।

तर, राजविराज नगरपालिकाको अवस्था चाहिँ सोचेजस्तो र देखाइएजस्तो भन्दा पृथक छ। वडा नम्बर १३ का अध्यक्ष राजेन्द्रप्रसाद यादवको सिंगो परिवार घोषणासभाको छैटौं दिनसम्म पनि खुल्ला आकाशमुनि नै शौच गरिरहेको छ। ‘मान्छेका आ–आफ्नै बाध्यता छन्, भन्ने बित्तिकै कहाँ हुन्छ,’ वडाध्यक्ष यादव भन्छन्, ‘शौचालय तयार भइरहेको छ, ५–७ दिनमै सकिन्छ।’

वडाध्यक्ष राजेन्द्रप्रसाद यादवको निर्माणाधीन शौचालय

Ncell 2
Ncell 2
nimb
nimb

वडाध्यक्ष यादव मात्र होइन, वडा नम्बर १३ का करिब २५ प्रतिशत घरधुरीमा अहिले पनि शौचालय छैन। ‘छन् भनिएका ७५ प्रतिशतमा पनि २५ प्रतिशत शौचालय निर्माणाधीन अवस्थामा छन्,’ वडा सदस्य कृष्णदेव यादवले भने, ‘शौचालय तयार नभई घोषणासभा नगरौं भनेर पटक–पटक कुरा राख्यौं, तर हाम्रो कुरा सुनुवाइ नै भएन।’ स्थानीयका अनुसार तत्कालीन विषहरिया गाविसको वडा नम्बर ६ र ७ का २५–३० प्रतिशत घरमा अहिले पनि शौचालय छैन।

सहयोगी भूमिकामा रहेको ‘वेल’ (पानी, वातावरण तथा जीवन संस्था– डब्लुइएल) ले शौचालय बनाए ५ हजार नगद र एउटा कल (ट्युबेल) दिन्छौं भन्दै बाचा गरेर पूरा नगरेका कारण पनि शौचालय निर्माणमा ढिलाइ भएको स्थानीयले रहस्य खोले। वडाध्यक्षका छिमेकी शिवनारायण यादवले अधुरो शौचालय देखाउँदै भने, ‘बनाउनेले अहिलेसम्म पनि पैसा पाएका छैनन्। पहिला पैसा दिए काम पूरा गर्छु, नत्र खर्च छैन, यत्तिकै रहन्छ।’

शिवनारायण यादव अधुरो शौचालय पूरा गर्न नसक्ने कारण बताउँदै

Xtrem

Xtrem

वडा नम्बर १२ मा पनि शौचालय निर्माण र प्रयोगको अवस्था सन्तोषजनक छैन। वडा कार्यालय नजिकै रहेको मरिक (डोम) टोल शौचालय विहीन नै छ। करिब १ दर्जन परिवारको बसोबास रहेको टोलमा सबैले कच्ची शौचालय निर्माणका लागि काम सुरु गरे पनि पैसा अभावका कारण पूरा गर्न सकेका छैनन्। 

‘१३ जनाको परिवार छ, सबै जना बेरोजगार,’ जगदीश मरिक भन्छन्, ‘बनाउनुपर्छ भनेर हिँड्नेलाई पो सजिलो छ। पेट पाल्नै समस्या, केले बनाउने शौचालय?’ ढकी, नाङ्ला लगायत बाँसका सामान बनाएर गुजार गर्दै आएका अधिकांश परिवारको अवस्था एकैनास रहेको जोगिन्दर मरिकले बताए।

सोही वडाको सिंग्यौनस्थित मुसहरी बस्तीका भूमिहीन अहिले पनि ‘यो समस्याको पहाड कसरी पार लगाउने’ भन्ने पिरलोमै छन्। शौचालय बनाउने कचकच र अपमान सहन नसकेर रुनाई सदाले भान्सामै शौचालय निर्माण सुरु गरेका छन् भने अन्य करिब ६० घर मुसहर परिवार शौचालय कहाँ बनाउने भन्ने समस्यामा भौंतारिएका छन्। केहीले आफ्नो झुप्रोसँगै बाहिर शौचालय बनाए पनि त्यसको निकास खुला छ, सुरक्षित गर्न सकेका छैनन्।

यो पनि पढ्नोस्- भूमिहीन मुसहरलाई खुला दिसामुक्त अभियानले थोपरेको कहर: भान्सासँगै शौचालय!

रुनाई सदाले भान्सासँगै निर्माण गरेको शौचालय


यसैगरी, शौचालय निर्माणलाई मात्र प्राथमिकतामा राखिएका कारण वडा नम्बर १ मा कतिपय शौचालय प्रयोगविहीन छन्। खुल्ला दिशा मुक्त अभियानमा सार्वजनिक हित र सरोकारलाई प्राथमिकतामा राखिएको छैन। ३० जना बालबालिका अध्ययनरत रामटोलको मुन्ना बाल विकास केन्द्र अहिले पनि शौचालय विहीन छ। जीर्ण रहेको एउटा शौचालय पनि प्रयोग गर्ने अवस्थामा नरहेकाले केटाकेटस्ले सडकमै दिसापिसाब गर्ने गरेको शिक्षिका रजना दासले बताईन्। ‘समितिमा पटक–पटक कुरा उठेको छ, तर आजसम्म पनि शौचालय बनेको छैन,’ उनले भनिन्। दलित बालबालिका पढ्ने बाल विकास केन्द्रलाई बेवास्ता गरिएको भन्दै वडा सदस्य नन्दु रामले गुनासो गरे।

मुन्ना बाल विकास केन्द्र र शौचालय

वडा नम्बर ७ मा अधिकांश घरमा शौचालय भए पनि प्रयोगको अवस्था चिन्ताजनक छ। स्थानीय दीपनारायण मेहतर भन्छन्, ‘प्रायः सबैको घरमा शौचालय छ, तर शौच गर्ने बेलामा चाहिँ मेरै घर अगाडिको खुला स्थानमा गाउँलेको भीड लाग्छ।’

करिब १ सय डोम र मेहतरको बसोबास रहेको यो टोलमा निर्माण गरिएका अधिकांश शौचालयको निकास गाउँको बीचमा रहेको खुला नालामा मिसाइएको छ। गाउँभरि हिलो र फोहोरको दुर्गन्ध छ। छाडा छाडिएका सुँगुरले फोहोरलाई यत्रतत्र फैलाइरहेको देखिन्छ। यस बाहेक घरभित्रको फोहोर जथाभावी फ्याँकेर गाउँ नै फोहोर बनाइएको सागर मेहतर बताउँछन्। उनी भन्छन्, ‘घरमा शौचालय बनाएर के गर्नु, त्योभन्दा धेरै फोहोर त बाहिरै छ।’

यो पनि पढ्नोस्- सरसफाइ गुरुयोजनालाई व्यङ्ग्य : घरमा शौचालय, सर्वत्र फोहोर!

वडा नम्बर ८ मदननगर हुँदै आउने नालाको फोहोरले पनि मेहतर टोललाई अस्तव्यस्त बनाएको छ। मदिरा तथा पानीको फोहोर बोतलदेखि खसी र कुखुराको भुत्ला तथा हाडखोरले बस्ती नै दुर्गन्धित बनेको दिपनारायणले बताए।

यो समस्या राजविराज नगरपालिकाको मात्र होइन, २१ गते खुल्ला दिसामुक्त घोषणा हुन लागेको सिंगो सप्तरी जिल्लाको हो। राजविराज बाहेकका १७ वटै स्थानीय तहमा पनि कतिपय स्थानमा शौचालय नै नबनेको र बनेका शौचालय पनि प्रयोगमा नआएको स्थानीयहरु बताउँछन्।

सरकारी कामका लागि सिफारिस र सामाजिक सुरक्षा भत्ता रोक्ने, खुला ठाउँमा शौच गर्न जाँदा सिट्ठी बजाएर लखेट्ने, प्रहरी लगाएर धम्क्याउने, फोटो खिचेर सामाजिक सञ्जालमा हाल्ने, शौचालय नबाएको रिसमा चुलो भत्काउने लगायतका क्रियाकलापले आतंकित भएर ठड्याइएका अधिकांश शौचालय प्रयोग गर्ने अवस्थामै नरहेको जानकारहरु बताउँछन्।

जिल्ला सरसफाइ तथा स्वच्छता समन्वय समितिले सप्तरीका कुल १ लाख १९ हजार ६ सय ८२ घरधुरीमै शौचालय निर्माण भइरहेको दाबी गरेको छ। जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्न चैत २१ मा प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनललाई प्रमुख अतिथिका रुपमा निम्त्याइएको खाने पानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०७४  ००:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्