जुम्ला – जुम्लामा जारी कर्णाली प्रिमियर लिग (केपीएल) मा देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन्।
पहिलो सेमिफाइनलमा देविदत्त बटालियनले भिक्ट्री किङ्सलाई फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
पहिले ब्याटिङ गरेको देविदत्तले २ विकेटको क्षतिमा १५२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको भिक्ट्री किङ्स ६४ रनमै अलआउट भयो।
देविदत्तको जितमा खगेन्द्र मल्लले ६० रन बनाए। उनी म्यान अफ द म्याच घोषित भए।
दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले टीभीएस जुम्लालाई पराजित गर्दै फाइनलमा देविदत्त बटालियनसँगको भेट पक्का गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल पुलिसले ९ विकेटको क्षतिमा १०२ रन बनाएको थियो। १०३ रनको लक्ष्य पछ्याएको टीभीएस जुम्लाले ६ विकेटको क्षतिमा ९३ रन मात्रै बनाउन सक्यो।
दोस्रो सेमिफाइनलमा टीभीएस जुम्लालाई रोक्ने क्रममा दिलबहादुर थापाले २ विकेट लिए भने ६ रन बनाए। उनी म्यान अफ द म्याच घोषित भए।
अब उपाधिका लागि देविदत्त बटालियन र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।