• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २९, २०८३ Sun, Nov 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग

64x64
नेपाल लाइभ शनिबार, असोज २४, २०८३  १८:०१
1140x725

काठमाडौं– नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न माग गर्दै त्यसो नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

महासंघको जनकपुरधाममा असोज २२ र २३ गते सम्पन्न पाँचौँ पूर्ण बैठकले जारी गरेको घोषणापत्रमा गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत पत्रकारलाई बिनाकारण एकैपटक ठूलो संख्यामा हटाइएको र हटाउन खोजिएको भन्दै आपत्ति जनाइएको छ।

सरकारी सञ्चारमाध्यममा एकपक्षीय समाचार प्रवाह गर्ने उद्देश्यले पत्रकार हटाइएको महासंघको आरोप छ। हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न र थप पत्रकार नहटाउन सरकारसँग माग गरिएको छ।

महासंघले सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने तथा सरकारी निकायका विज्ञापन रोक्ने कार्यलाई प्रेस स्वतन्त्रतामाथिको प्रहारका रूपमा व्याख्या गरेको छ। प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार लोककल्याणकारी विज्ञापनको रकम दोब्बर बनाउन पनि माग गरिएको छ।

त्यस्तै, लामो समयदेखि सूचना आयोगलाई नेतृत्वविहीन राखेर सरकारले नागरिकको सूचनाको हक प्रभावित पारेको महासंघको ठहर छ। संविधान र सूचनाको हकसम्बन्धी कानुनअनुसार नागरिकले सूचना पाउने अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

पत्रकारको पारिश्रमिक र अनलाइन नवीकरणमा पनि आपत्ति

महासंघले उकालो अनलाइनलगायतका सञ्चार प्रतिष्ठानलाई आफूसँग भएका सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ। निजी तथा सामुदायिक सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई दशैँको मुखमा समेत न्यूनतम पारिश्रमिक नदिइएको भन्दै तत्काल भुक्तानी गर्न माग गरिएको छ।

सरकारले अनलाइन सञ्चारमाध्यमको नवीकरण नगरेको विषयमा पनि महासंघले आपत्ति जनाएको छ। अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण शुल्क विगतमा जस्तै निःशुल्क गर्न माग गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमका कमजोरी सच्याउने विषयलाई सार्वजनिक गर्दै सञ्चारमाध्यमको मनोबल गिराउने गरी कारबाही गरेको भन्दै महासंघले असहमति जनाएको छ।

मधेसमा विज्ञापनको बजेट बढाउन माग

महासंघले मधेस प्रदेश सरकारले लोककल्याणकारी विज्ञापन तथा आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको बजेट कटौती गरेको भन्दै विरोध गरेको छ। कटौती गरिएको रकम पुनः कायम गरी लोककल्याणकारी विज्ञापनको रकम शतप्रतिशत वृद्धि गर्न माग गरिएको छ।

त्यस्तै, संसद्लाई छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रवृत्तिको विरोध गर्दै संसदीय सर्वोच्चता कायम गर्न आग्रह गरिएको छ। सरकारका नीतिविरुद्ध आवाज उठाउने नागरिक, नागरिक समाज, राजनीतिक अधिकारकर्मी तथा सञ्चारकर्मीमाथि हुने धरपकड र धम्की रोक्न पनि माग गरिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

न्यायपालिकाको स्वतन्त्रता सुनिश्चित गर्न, अदालतमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्न तथा संवैधानिक सर्वोच्चता कायम गर्न महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।

जानकी मन्दिरको नाम सच्याउन र चुरे संरक्षण गर्न माग

घोषणापत्रमा जानकी मन्दिरको ऐतिहासिक तथा सांस्कृतिक पहिचान संरक्षण गर्न सरकारी दस्तावेजमा ‘रामजानकी मन्दिर’ लेखिएको ठाउँमा वास्तविक नाम ‘जानकी मन्दिर’ कायम गर्न माग गरिएको छ। जानकी नवमीका दिन सार्वजनिक बिदा दिनुपर्ने स्थानीयवासीको मागप्रति पनि महासंघले समर्थन जनाएको छ।

जलवायु परिवर्तनका कारण भोटेकोशी नदीमा आएको जलप्रलयबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै जलवायु परिवर्तनका समस्या समाधानका लागि साझा कार्यनीति बनाउन सरकारसँग आग्रह गरिएको छ।

चुरे क्षेत्रका वनजंगल र नदीमा भइरहेको अतिक्रमण, दोहन तथा अवैध उत्खनन रोक्न तीनै तहका सरकारलाई आग्रह गर्दै खानेपानी र सिँचाइको समस्या समाधानका लागि चुरे संरक्षणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ।

महासंघले मधेसको भाषा, संस्कृति, भेषभूषा तथा ऐतिहासिक पहिचानको प्रवर्द्धन गर्न ‘घुमौँ मधेस, बुझौँ मधेस’ अभियानलाई तीनै तहका सरकारले प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने पनि जनाएको छ।

यसैगरी, प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र पत्रकारका विभिन्न समस्याबारे छलफल गर्न महासंघको नियमित साधारणसभा आगामी मंसिर २६ र २७ गते बागमती प्रदेशमा आयोजना गर्ने निर्णय गरिएको घोषणापत्रमा उल्लेख छ।

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको संरक्षणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसँग संवाद बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  १८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘नेपालको स्वास्थ्य पूर्वाधार र विशेषज्ञ सेवा विकासमा चीनको सहयोग महत्वपूर्ण छ’ : नारायणप्रसाद दाहाल
हास्य कलाकार मनोज गजुरेलले मागे माफी
सेतो हेरोइन बोकेर विमानस्थलमा ओर्लिएका भारतीय नागरिक पक्राउ
सम्बन्धित सामग्री
छठ पर्वको खरना पूजामा सहभागी भए रवि लामिछाने लामिछाने छठ मनाउन जनकपुर पुगेका छन् । आइतबार, कात्तिक २९, २०८३
खुलामञ्चको हरियाली फर्काउन चितवनबाट दुबो ल्याएर रोपियो आइतबार नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा स्थानीय नेता–कार्यकर्ता खुलामञ्च पुगेर दुबो रोप्ने काममा सहभागी भए... आइतबार, कात्तिक २९, २०८३
प्रधानमन्त्री बालेनले दिए मैथिली भाषामा छठको शुभकामना शुभकामना सन्देशको अन्त्यमा उनले मैथिली भाषामा समेत शुभकामना दिँदै ‘छैठके बहुत रास शुभकामना ! दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में... आइतबार, कात्तिक २९, २०८३
ताजा समाचारसबै
‘नेपालको स्वास्थ्य पूर्वाधार र विशेषज्ञ सेवा विकासमा चीनको सहयोग महत्वपूर्ण छ’ : नारायणप्रसाद दाहाल आइतबार, कात्तिक २९, २०८३
हास्य कलाकार मनोज गजुरेलले मागे माफी आइतबार, कात्तिक २९, २०८३
सेतो हेरोइन बोकेर विमानस्थलमा ओर्लिएका भारतीय नागरिक पक्राउ आइतबार, कात्तिक २९, २०८३
कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने आइतबार, कात्तिक २९, २०८३
होर्मुज जलमार्गबाट रासायनिक मल ढुवानी खुलाउन अमेरिका र इरानलाई राष्ट्रसंघको आग्रह आइतबार, कात्तिक २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
ट्याक्टरसँग ठोक्किएको मोटरसाइकल चालकको मृत्यु शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? नेपाल लाइभ
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्