काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्रीको मतगणना सुरु भएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी छ।
निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारको बैठक सकिएपछि मत गणना सुरु गरिएको निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले बताए।
पार्टी केन्द्रीय कार्यालय सानेपाका विभिन्न १४ कोठामा सीसी क्यामेरा जडान गरेर कडा सुरक्षा व्यवस्थाका साथ मतगणना भइरहेको छ।
यसअघि शुक्रवार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो। सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई हराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।