• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

आन्तरिक उडानमा श्रीको प्रवेशसँगै ‘प्राइस वार’, दुई वर्षमै घट्यो ५० प्रतिशतसम्म भाडा

64x64
नेपाल लाइभ बिहीबार, माघ ९, २०७६  १४:३५
1140x725

काठमाडौं- १७ वर्ष लामो हेलिकोप्टर उडानको अनुभवसहित सन् २०१७, अगस्टबाट निजी हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्स 'फिक्स्ड विङ' उडानमा प्रवेश गर्‍यो। जसको प्रत्यक्ष फाइदा यात्रुलाई हुन पुग्यो। श्रीको प्रवेशसँगै आन्तरिक उडानमा 'प्राइस वार'समेत सुरु हुन पुग्यो। जसको फाइदा एयरलाइन्स कम्पनीभन्दा आन्तरिक हवाई यात्रीलाई भयो। आन्तरिक उडानमा प्रवेश गरेको श्रीले सुरुवाती चरणमा 'सिआरेजे टु हन्ड्रेड' र 'सेभेन हन्ड्रेन' जहाजमार्फत् उडान सुरु गरेको थियो।

श्रीको प्रवेशसँगै सबैभन्दा पहिला काठमाडौं–धनगढी–काठमाडौं यात्रा गर्ने हवाई यात्रीलाई प्रत्यक्ष फाइदा भयो। श्रीले उडान गर्नुभन्दा पहिलो धनगढीको हवाई भाडा ११ हजार रुपैयाँसम्म थियो। धनगढी उडानमा बुद्धको एकछत्र राज थियो।

नेपाल एयरलाइन्सले धनगढी उडान गर्ने भए पनि टिकट पाउन सक्ने अवस्था थिएन। नेपाल एयरलाइन्सका कर्मचारीले पनि बुद्धको जहाज फुल नुहँदासम्म टिकट नै छैनन् भन्दै ग्राहकलाई फर्काउने गर्दथे। त्यसको प्रत्यक्ष फाइदा बुद्ध एयरलाइन्सलाई नै थियो।

जब श्रीले 'सिआरेजे सेभेन हन्ड्रेड' जहाजमार्फत् धनगढी उडान सुरु गरेपछि हवाई भाडामा प्रतिस्पर्धा सुरु भयो। सुरुवाती चरणमै श्रीले ६ हजारको हाराहारी धनगढी–काठमाडौं र काठमाडौं–धनगढीको उडान सुरु गरेको थियो। त्यसको प्रत्यक्ष मारमा बुद्ध एयरलाइन्स पर्‍यो। बुद्ध भाडा घटाउन बाध्य भयो। हवाई भाडामा प्रतिस्पर्धा सुरु भएसँग दैनिक दुई उडान गर्दै आएको बुद्धले एउटा उडान कटौती गर्‍यो। जसको प्रत्यक्ष फाइदा यात्रुले पाए। पछिल्लो समय श्रीले ८० सिट क्षमताको जहाजबाट उडान सुरु गरेसँगै बुद्धले पुनः दैनिक २ उडान गर्ने गरी नयाँ तालिका सार्वजनिक गरिसकेको छ। 

बुद्ध, यती र सिम्रिक एयरलाइन्सबीच प्रतिस्पर्धा चलिरहेको भैरहवामा पनि श्रीको प्रेवशसँगै हवाई भाडा ४० देखि ४५ प्रतिशत कम भइसकेको छ। भैरहवाको हवाई भाडा २ वर्ष अगाडिसम्म सरदर ५ हजार ५ सय रुपैयाँ थियो। तर, अहिले भैरहवा–काठमाडौं र काठमाडा–भैरहवा भाडा सरदर २८ सयदेखि ३८ सयको बीचमा रहेको छ। ४ वटा एयरलाइन्सको हवाई भाडामा प्रतिस्पर्धा सुरु भएसँगै उक्त रेसबाट सिम्रिक एयरलाइन्स बाहिरिसकेको छ। 

धनगढी र भैरहवामा जस्तै 'प्राइस वार' नेपालगञ्जमा पनि सुरु भएको छ। नेपालगञ्जको हवाई भाडामा बुद्ध र यतीको सिन्डिकेट जस्तै थियो। अहिले दुई एयरलाइन्ससँगै श्री एयरलाइन्सले प्रतिस्पर्धा गरिरहेको छ।  नेपालगञ्जको हवाई भाडामा अहिले ४५ सय  देखि ५ हजारको रेटमा आइपुगेको छ। दुई वर्षअगाडिसम्म नेपालगञ्जको हवाई भाडा ७ हजारको हाराहारीमा थियो।

यसैगरी, पूर्वी नेपालका दुई गन्तव्यको भाडा पनि दुई वर्षकै अवधिमा ४० देखि ४५ प्रतिशतले घटिसकेको छ।  भद्रपुर उडानमा श्रीको प्रवेश हुनअघि एकतर्फी हवाई भाडा ७ हजार ५ सयसम्म थियो। अहिले यो गन्तव्यको भाडामा पनि ४ हजारदेखि ४५ सयमा झरिसकेको छ।

यस्तै, गरी विराटनगरको हवाई भाडामा पनि अहिले ३ हजारदेखि ४ हजारको बीचमा छ। श्रीले उडान सुरु गर्नुअघि विराटनगर-काठमाडौंको भाडा ६ हजारदेखि ७ हजारको बीचमा थियो। अहिले विराटनगर उडानमा पनि ३ पक्षीय प्रतिस्पर्धा देखिएको छ। जसको प्रत्यक्ष फाइदा यात्रुले पाइरहेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

केही दिन अगाडिसम्म जनकपुर-काठमाडौं र काठमाडौं-जनकपुरको उडान भाडा ३ हजारको हाराहारीमा थियो। जनकपुरमा बुद्ध र यती नियमित उडान गर्दै आएका छन्। माघ ६ गतेदेखि श्रीले उडान गरेसँगै जनकपुरको भाडामा ५० प्रतिशतले घटेको छ। श्रीले २ हजार रुपैयाँमा उडान गर्ने उद्घोषसँग अन्य दुई एयरलाइन्सले १८ सय भाडा ताकेका थियो। तर, श्रीले १७ सयमै जनकपुर-काठमाडौं उडान गर्ने भएसँगै अहिले जनकपुरको भाडा पनि सरदर २ हजारमा झरिसकेको छ। यी त भए श्रीको उडानसँगै आन्तरिक हवाई उडानमा 'प्राइस वार' रहेका गन्तव्य। 

यसबाहेक पनि थप दुई गन्तव्यमा 'प्राइस वार' हुने निश्चित भएको छ। श्रीले सिमरा र पोखराका पनि परीक्षण उडान सम्पन्न गरी नियमति उडानको अनुमति पाइसकेको छ। सिमरा उडानमा एत्रछत्र राज गर्दै आएको बुद्ध एयरले अब श्री एयरलाइन्ससँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। अहिले सिमराको हवाई भाडा २८ सयदेखि ३ हजार रुपैयाँसम्म छ। यो भाडा पनि श्रीको प्रवेशसँगै २ हजारको हाराहारीमा झर्ने आँकलन गरिएको छ। 

काठमाडौं–पोखराको उडानमा पनि श्रीको प्रवेशले पुरानो हवाई भाडा उथलपुथल बनाउने निश्चित छ। अहिले पनि बिहानको उडानमा पोखराको हवाई भाडा सरदर २ हजारमा झरिसकेको छ। तर, पोखराबाट काठमाडौं आउने भाडा भने ४ हजारको हाराहारीमा छ। श्रीको प्रवेशसँगै काठमाडौं–पोखरा उडानको भाडामा खासै असर नगरे पनि पोखरा–काठमाडौं उडानमा भने हवाई भाडा घट्ने आँकलन गरिएको छ। अहिले बुद्ध, यती  र सिम्रिकले पोखरामा उडान गर्दै आएका छन्। आन्तरिक उडानमा बुद्धसँग १४ वटा, यतीसँग १७ वटा (तारा एयरसहित) र श्रीसँग ६ वटा जहाज छन्। बुद्धसँग दुई साना जहाज छन् भने यतीसँग ४ साना जहाज छन्। श्रीसँग भने २ वटा ५० सिट क्षमताका, २ वटा ७० सिट क्षमताका र २ वटा ८० सिट क्षमताको जहाज छन्।

अहिले आन्तरिक वायुसेवा कम्पनीबीच विमान थपेर सेवा विस्तार गर्ने तीव्र प्रतिस्पर्धा देखिएको वायुसेवा कम्पनीहरूको भनाइ छ। धमाधम आधुनिक सुविधासम्पन्न ठूला जहाज  भित्र्याउने प्रतिस्पर्धा जस्तै देखिएको श्री एयरलाइन्सका बजार व्यवस्थापक अनिल मानन्धर बताउँछन्। आन्तरिक उडानका जहाजकोको संख्या ५० भन्दा बढी पुगिसकेको छ। अझै केही जहाज थपिने क्रममा छन्। अबका दिनमा आन्तरिक उडान प्रतिस्पर्धी बन्न लागेको विमान सञ्चालक बताउँछन्। 

तर, विमान सञ्चालक विमान थपिए पनि ९० प्रतिशत अकुपेन्सी रहेको दाबी गर्छन्। आन्तरिक उडानका यात्रु बढ्दै गएपछि विमान थपेको उनीहरूको तर्क छ। पछिल्लो समय हवाई यात्री बढिरहेका छन्। सन् २०१५ देखि निरन्तररुपमा हवाई यात्रु बढी रहेका छन्, सन् २०१९ मा पनि सन् २०१८ को तुलामा आन्तरिक हवाई यात्रा गर्ने यात्रुको संख्या ११ प्रतिशतले बढेको छ।

हवाई यात्रुको संख्या बढेपछि विमान कम्पनी सेवा विस्तारको होडबाजीमा उत्रिएका हुन्। साना विमानबाट उडान भरिरहेका कम्पनीले ठूला (धेरै सिट क्षमताका) विमान भित्र्याइरहेका छन्। यसले सिट संख्या अझ बढाएको छ। ‘केही वर्ष अघिसम्म सिजनमा १५ दिन अगाडि नै टिकट बुक गर्न पर्दथ्यो, पछि टिकट पाइँदैनथ्यो,' मानन्धर भन्छन्, ‘अहिले त्यस्तो अवस्था अन्त्य भएको छ, प्रतिस्पर्धा बढेपछि सिजनमा पनि टिकट पाइन थालेको छ।’

हवाई भाडा घटाउने प्रतिस्पर्धा बढ्नु यात्रुका लागि राम्रो हो। यात्रु बढ्नासाथ महँगो र यात्रु घट्नासाथ सस्तोमा टिकट बिक्री गर्ने प्रवृत्ति प्रतिस्पर्धाले केही घटाएको छ। तर, ‘फेयर वार’ चलेमा कम्पनी समस्यामा पर्ने देखिन्छ। आन्तरिक उडानमा सबैभन्दा बढी बजार हिस्सा ओगट्न सफल बुद्ध एयरको बजार हिस्सा ३ वर्षको बीचमा ६५ प्रतिशतबाट घटेर ५०.९ प्रतिशतमा झरेको छ। 

तर, सन् २०१८ को तुलनामा सन् २०१९ मा भने बुद्धको बजार हिस्सा साढे ३ प्रतिशत बढेको छ। सन् २०१८ मा बुद्ध एयरको बजार हिस्सा ५६ प्रतिशतबाट घटेर ४६ प्रतिशतमा झरेको थियो। तर, बुद्ध एयरले वार्षिक औसत ९० प्रतिशत अकुपेन्सीमा आफ्ना उडिरहेका विमानमा यात्रु घट्दै जाने अवस्था देखिएको बताएको छ। हवाई भाडा घटेमा यात्रु संख्या बढ्ने सम्भावना पनि उत्तिकै देखिने बुद्ध एयरको भनाइ छ।

आन्तरिक उडानका विमान थपिएका छन्। तर, गन्तव्य थपि भएका छैनन्। सरकारले विभिन्न ठाउँमा विमानस्थल निर्माण गर्ने बताए पनि प्रगति देखिएको छैन। आन्तरिक उडानमा सबैभन्दा बढी यात्रु चाप भैरहवा, विराटनगर, धनगढी, नेपालगञ्ज, पोखरा, सिमरा, भद्रपुर र लुक्लामा छ। यसबाहेक नेपालगञ्ज विमानस्थललाई आधार बनाएर रारा, सिमिकोटलगायत कर्णाली अञ्चलमा केही सीमित कम्पनीले उडान भरिरहेका छन्। विमान कम्पनीका लागि माउन्टेन फ्लाइट पनि राम्रो आम्दानी हुने उडान बनेको छ।

ठूला विमान कम्पनीबीच विमान थप्ने प्रतिस्पर्धाले बजारमा अस्वस्था प्रतिस्पर्धा बढ्न सक्ने समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले बताए। ‘ठूला कम्पनीले विमान थप्दा यात्रुलाई त फाइदा हुन सक्छ,' उनले भने, ‘तर ठूला विमान कम्पनीले प्रतिस्पर्धाको नाममा बजार कब्जा गरेमा साना कम्पनी विस्थापित हुन सक्छन्।’

प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६  १४:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वैशाख २८ गतेका लागि राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि
विपद् जोखिममा यात्रु सुरक्षा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
वैशाख २८ गतेका लागि राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान मंगलबार, वैशाख २२, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
विपद् जोखिममा यात्रु सुरक्षा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन मंगलबार, वैशाख २२, २०८३
खुर्कोट–भकुन्डेबेँसी सडकमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक मंगलबार, वैशाख २२, २०८३
गुलशन झाको ५ विकेटमा ओमानमाथि नेपाल ८१ रनले विजयी मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
पश्चिम बंगालमा पनि भाजपा सत्ता, मुख्यमन्त्री ममता बेनर्जी पराजित मंगलबार, वैशाख २२, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्