• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

गोकर्ण फरेस्ट समय थपः आफैंले बनाएको कार्यविधि बाधक बनेपछि ऐन संशोधन 

नेपाल ट्रष्टको कार्यविधि २०७३ लुकाइयो
64x64
उत्तम काप्री बिहीबार, पुस १०, २०७६  १८:१८
1140x725

काठमाडौं- सरकारले ‘नेपाल ट्रष्टको सम्पत्ति भाडा र लिजमा लगाउनेसम्बन्धी कार्यविधि, २०७३’ बाधक बनेपछि त्यसैलाई संशोधन गरेर गोकर्ण फरेस्टको समय थप गरेको खुलासा भएको छ।

नेपाल ट्रष्टले २०७३ मा आफ्नो सम्पत्ति भाडा र लिजमा लगाउनेसम्बन्धी कार्यविधि स्वीकृत गरेको थियो। उक्त कार्यविधिको दफा १४ मा ट्रष्टको सम्पत्तिको लिज अवधि थप गर्ने वा नगर्ने भन्ने विषय उल्लेख थियो।

कार्यविधिको दफा १४  (१) मा लिज सम्झौताको अवधि साधारणतया थप गरिने छैन भन्ने उल्लेख थियो। साथै यसै दफाको उपदफा २ मा 'उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि देहायको अवस्थामा दफा ११ को उपदफा (३) बमोजिम भएको लिज सम्झौताको अवधि समाप्त भएपश्चात थप अवधिका लागि दिने लिज रकम खुलाई सम्झौता थप गरी पाउन लिज प्राप्तकर्ताले निवेदन दिनसक्ने' भन्ने उल्लेख गरिएको थियो। यो दफाले लिज वा भाडामा रहेको ट्रष्टको सम्पत्ति पुनः पूरानै व्यक्ति वा संस्थालाई दिन पनि पहिलेको सम्झौता अवधि पूरा भएको हुनुपर्ने अर्थ लगाउँछ।

साथै समय थपका लागि पनि कार्यविधिको दफा १४ को उपदफा ३ मा यस्तो व्यवस्था गरिएको थियोः

(क) थप विशेष सुविधा उपलब्ध हुने गरी नयाँ संरचना निमार्ण गर्नुपर्ने भएमा,

(ख) धेरै संरचना निर्माण गरिएकोमा त्यसलाई विशेष प्राविधिक मर्मत सम्भार गरी सञ्चालनमा ल्याउनु पर्ने अवस्था भएमा, 

(ग) थप लिजमा दिन लागिएको सम्पत्ति र हाल लिजमा दिएको सम्पत्तिलाई व्यवस्थापकीय, आर्थिक तथा वातावरणीय कुराले टुक्राएर दिन प्रभावकारी नहुने भएमा पुरानो सम्झौताको समय सकिएपछि मात्रै थप समयको विषयमा काम गर्ने। 

यसैगरी कार्यविधिको दफा १४ को उपदफा(२.१) बमोजिम निवेदन पेश हुन आएमा कार्यालयले उक्त सम्पत्तिलाई हाल लिजमा लगाउँदा प्राप्त हुन सक्ने रकम समेतलाई विचार गरी त्यसको औचित्य र दफा ९ बमोजिमको समितिको सिफारिससहित सम्झौता अवधि थपका लागि सञ्चालक समितिसमक्ष प्रस्ताव पेश गर्नुपर्ने र सोही आधारमा सम्झौता अवधि थप गर्न सक्ने’ उल्लेख छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी कार्यविधिको दफा १४ को उपदफा ३.२ बमोजिम लिज अवधि थपका लागि प्रस्ताव पेश हुन आएमा सञ्चालक समितिले लिज अवधि थप गर्ने  सम्बन्धमा आवश्यक निर्णय गर्न सक्ने उल्लेख गरेको थियो।

उक्त कार्यविधिका कारण गोकर्ण जंगलमा यती ग्रुप अन्तर्गतको यती होल्डिङस्ले सञ्चालन गरिरहेको गोकर्ण रिसोर्टको समय अवधि थप हुन नसक्ने भएपछि सरकारले कानुन नै संशोधन गरेको खुलेको हो। सरकारले २०७५मा केही नेपाल ऐन संशोधनमार्फत् नेपाल ट्रष्टको ऐन संशोधन गरेको हो।

नेपाल ट्रष्टको कार्यालयले बनाएको कार्यविधिमा पुरानो लिज सम्झौता नसकिँदासम्म समय थप नहुने भएपछि कार्यविधिमा भएको यो व्यवस्थालाई खारेज नै गर्ने गरी ऐन संशोधन भएको कार्यालयका पूर्व एक सचिवले बताए। सरकारले कार्यविधिको दफा १४ लाई स्वतः खारेज गर्ने गरी नेपाल ट्रष्टको ऐन २०६४ दफा ५को उपदफा ३ मा ‘क’ र ‘ख’ थप गरेको रहस्य खुल्न आएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तो परिवर्तन गरियो

उपदफा ३ (क)

उपदफा ३ बमोजिम कार्यक्रम सञ्चालन गर्दा समितिले ट्रष्टको सम्पत्ति कुनै व्यक्ति वा संस्थालाई ट्रष्टको सिफारिसमा नेपाल सरकारले तोकेको अवधिका लागि लिजमा दिन सक्नेछ।

उपदफा ३ (ख)मा 

उपदफा (३क) मा जुनसुकै कुरा लेखिएको भएता पनि अवधि तोकी लिजमा दिइएको सम्पत्तिको उपभोग गर्ने पक्षले थप पूँजी लगानीसहित विद्यमान संरचनालाई मर्मत सम्भार गरी सञ्चालन गर्न चाहेमा र सोबाट ट्रष्टलाई थप आर्थिक लाभ हुने सुनिश्चित भएमा त्यस्तो अवधि समाप्त हुनु अगावैसमेत आवश्यकता अनुसार ट्रष्टको सिफारिसमा नेपाल सरकारले लिजको अवधि थप गर्न सक्नेछ।

यही दुई वटा संशोधनबाट कार्यालयले बनाएको कार्यविधि स्वतः खारेज गराएर गोकर्ण फरेस्ट रिसोर्टको २५ वर्ष समय थप गरिएको हो। काुननमै उल्लेख गरेपछि कार्यविधिमा जे लेखिए पनि लागू गर्न नपर्ने भएपछि कानुन नै संशोधन गरिएको एक पूर्व ट्रष्ट सचिवले बताए।

साथै ट्रष्टले बनाएको कार्यविधिमा जग्गा लिज तथा भाडामा दिने सम्बन्धमा  छानबिन एवं मूल्यांकन सिफारिस समितिमा समेत कम्तीमा पनि ६ जना हुने उल्लेख गरिएको थियो। तर, अहिले ट्रष्टले ३ सदस्य समितिको मूल्यांकनमा समय थप गरेको छ। जसमा यती ग्रुपमै काम गर्ने सिताराम सापकोटासमेत थिए।

कार्यविधि २०७३ मा छानबिन एवं मूल्यांकन सिफारिस समितिमा रहने सदस्यको व्यवस्था समेत यकिन गरेको थियो।

    (क) सहसचिव, नेपाल ट्रष्टको कार्यालयः संयोजक
    (ख) प्राविधिक प्रतिनिधि, भवन तथा सहरी विकास विभागः सदस्य
    (ग) वरिष्ठ इन्जिनियर, नेपाल ट्रष्टको कार्यालयः सदस्य
    (घ) उपसचिव (कानुन) नेपाल ट्रष्टको कार्यालयः  सदस्य
    (ङ) प्रमुख, आर्थिक प्रशासन शाखा नेपाल ट्रष्टको कार्यालयः सदस्य

   (च) उपसचिव(प्रशासन) नेपाल ट्रष्टको कार्यालयः सदस्य सचिव
    यसबाहेक, समितिले आवश्यकता अनुसार अन्य विशेपज्ञलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
     समितिले बैठकसम्वन्धी आफ्नो कार्यविधि आफैले निर्धारण गर्नेछ ।

तर, ट्रष्टको कार्यालयले अहिले ३ सदस्यीय समितिको सिफारिसका आधारमा समय थप गरेको हो।

तर, अहिले नेपाल ट्रष्टको कार्यालयले यो कार्यविधि आफ्नो आधिकारिक वेब पेजबाट समेत निकालेको छ। तर, कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन ०७३/७४ मा भने उक्त कार्यविधि स्वीकृत भएको उल्लेख गरेको छ।
कार्यविधिको विषयमा नेपाल ट्रष्ट कार्यालयका सूचना अधिकारी अमृत महर्जनलाई सोध्दा उनले कतिपय कार्यविधि स्वीकृत भए पनि कार्यान्वयन नआएका कारण वेबसाइटमा नराखेको स्वीकार गर्छ।

सरकारले अहिले गोकर्ण फरेस्ट रिसोर्टको सञ्चालनको पुरानो सम्झौता अनुसार साढे ५ वर्षको अवधि रहँदैमा २५ वर्षको थप गर्ने निर्णय गरेको छ। उक्त निर्णयलाई सरकारले काननुसम्मत नै रहेको भनेर दाबी गर्दै आएको छ।

यो पनि

गोकर्ण फरेष्ट रिसोर्टको समय थपः प्रधानमन्त्रीले प्रस्ताव गरे, मन्त्रीहरु हेर्‍याहेर्‍यै

प्रधानमन्त्रीको बलमा गोकर्ण फरेस्ट रिसोर्टको लिज अवधि नसकिँदै २५ वर्ष थपियो

नेपाल ट्रष्ट : स्वार्थ पूर्तिका लागि कसरी बदलियो कानुन, कसरी भत्काइयो संरचना?

सम्झौता सकिनुअघि नै गोकर्ण फरेस्ट रिसोर्टको लिज अवधि बढाउने तयारी

प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  १८:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्