• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान
गोकर्ण फरेस्ट समय थपः आफैंले बनाएको कार्यविधि बाधक बनेपछि ऐन संशोधन  नेपाल ट्रष्टको कार्यविधि २०७३ लुकाइयो
64x64
उत्तम काप्री बिहीबार, पुस १०, २०७६  १८:१८
1140x725

काठमाडौं- सरकारले ‘नेपाल ट्रष्टको सम्पत्ति भाडा र लिजमा लगाउनेसम्बन्धी कार्यविधि, २०७३’ बाधक बनेपछि त्यसैलाई संशोधन गरेर गोकर्ण फरेस्टको समय थप गरेको खुलासा भएको छ।

नेपाल ट्रष्टले २०७३ मा आफ्नो सम्पत्ति भाडा र लिजमा लगाउनेसम्बन्धी कार्यविधि स्वीकृत गरेको थियो। उक्त कार्यविधिको दफा १४ मा ट्रष्टको सम्पत्तिको लिज अवधि थप गर्ने वा नगर्ने भन्ने विषय उल्लेख थियो।

कार्यविधिको दफा १४  (१) मा लिज सम्झौताको अवधि साधारणतया थप गरिने छैन भन्ने उल्लेख थियो। साथै यसै दफाको उपदफा २ मा 'उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि देहायको अवस्थामा दफा ११ को उपदफा (३) बमोजिम भएको लिज सम्झौताको अवधि समाप्त भएपश्चात थप अवधिका लागि दिने लिज रकम खुलाई सम्झौता थप गरी पाउन लिज प्राप्तकर्ताले निवेदन दिनसक्ने' भन्ने उल्लेख गरिएको थियो। यो दफाले लिज वा भाडामा रहेको ट्रष्टको सम्पत्ति पुनः पूरानै व्यक्ति वा संस्थालाई दिन पनि पहिलेको सम्झौता अवधि पूरा भएको हुनुपर्ने अर्थ लगाउँछ।

साथै समय थपका लागि पनि कार्यविधिको दफा १४ को उपदफा ३ मा यस्तो व्यवस्था गरिएको थियोः

(क) थप विशेष सुविधा उपलब्ध हुने गरी नयाँ संरचना निमार्ण गर्नुपर्ने भएमा,

(ख) धेरै संरचना निर्माण गरिएकोमा त्यसलाई विशेष प्राविधिक मर्मत सम्भार गरी सञ्चालनमा ल्याउनु पर्ने अवस्था भएमा, 

(ग) थप लिजमा दिन लागिएको सम्पत्ति र हाल लिजमा दिएको सम्पत्तिलाई व्यवस्थापकीय, आर्थिक तथा वातावरणीय कुराले टुक्राएर दिन प्रभावकारी नहुने भएमा पुरानो सम्झौताको समय सकिएपछि मात्रै थप समयको विषयमा काम गर्ने। 

यसैगरी कार्यविधिको दफा १४ को उपदफा(२.१) बमोजिम निवेदन पेश हुन आएमा कार्यालयले उक्त सम्पत्तिलाई हाल लिजमा लगाउँदा प्राप्त हुन सक्ने रकम समेतलाई विचार गरी त्यसको औचित्य र दफा ९ बमोजिमको समितिको सिफारिससहित सम्झौता अवधि थपका लागि सञ्चालक समितिसमक्ष प्रस्ताव पेश गर्नुपर्ने र सोही आधारमा सम्झौता अवधि थप गर्न सक्ने’ उल्लेख छ। 

यसैगरी कार्यविधिको दफा १४ को उपदफा ३.२ बमोजिम लिज अवधि थपका लागि प्रस्ताव पेश हुन आएमा सञ्चालक समितिले लिज अवधि थप गर्ने  सम्बन्धमा आवश्यक निर्णय गर्न सक्ने उल्लेख गरेको थियो।

उक्त कार्यविधिका कारण गोकर्ण जंगलमा यती ग्रुप अन्तर्गतको यती होल्डिङस्ले सञ्चालन गरिरहेको गोकर्ण रिसोर्टको समय अवधि थप हुन नसक्ने भएपछि सरकारले कानुन नै संशोधन गरेको खुलेको हो। सरकारले २०७५मा केही नेपाल ऐन संशोधनमार्फत् नेपाल ट्रष्टको ऐन संशोधन गरेको हो।

नेपाल ट्रष्टको कार्यालयले बनाएको कार्यविधिमा पुरानो लिज सम्झौता नसकिँदासम्म समय थप नहुने भएपछि कार्यविधिमा भएको यो व्यवस्थालाई खारेज नै गर्ने गरी ऐन संशोधन भएको कार्यालयका पूर्व एक सचिवले बताए। सरकारले कार्यविधिको दफा १४ लाई स्वतः खारेज गर्ने गरी नेपाल ट्रष्टको ऐन २०६४ दफा ५को उपदफा ३ मा ‘क’ र ‘ख’ थप गरेको रहस्य खुल्न आएको छ।

यस्तो परिवर्तन गरियो

उपदफा ३ (क)

उपदफा ३ बमोजिम कार्यक्रम सञ्चालन गर्दा समितिले ट्रष्टको सम्पत्ति कुनै व्यक्ति वा संस्थालाई ट्रष्टको सिफारिसमा नेपाल सरकारले तोकेको अवधिका लागि लिजमा दिन सक्नेछ।

उपदफा ३ (ख)मा 

उपदफा (३क) मा जुनसुकै कुरा लेखिएको भएता पनि अवधि तोकी लिजमा दिइएको सम्पत्तिको उपभोग गर्ने पक्षले थप पूँजी लगानीसहित विद्यमान संरचनालाई मर्मत सम्भार गरी सञ्चालन गर्न चाहेमा र सोबाट ट्रष्टलाई थप आर्थिक लाभ हुने सुनिश्चित भएमा त्यस्तो अवधि समाप्त हुनु अगावैसमेत आवश्यकता अनुसार ट्रष्टको सिफारिसमा नेपाल सरकारले लिजको अवधि थप गर्न सक्नेछ।

यही दुई वटा संशोधनबाट कार्यालयले बनाएको कार्यविधि स्वतः खारेज गराएर गोकर्ण फरेस्ट रिसोर्टको २५ वर्ष समय थप गरिएको हो। काुननमै उल्लेख गरेपछि कार्यविधिमा जे लेखिए पनि लागू गर्न नपर्ने भएपछि कानुन नै संशोधन गरिएको एक पूर्व ट्रष्ट सचिवले बताए।

साथै ट्रष्टले बनाएको कार्यविधिमा जग्गा लिज तथा भाडामा दिने सम्बन्धमा  छानबिन एवं मूल्यांकन सिफारिस समितिमा समेत कम्तीमा पनि ६ जना हुने उल्लेख गरिएको थियो। तर, अहिले ट्रष्टले ३ सदस्य समितिको मूल्यांकनमा समय थप गरेको छ। जसमा यती ग्रुपमै काम गर्ने सिताराम सापकोटासमेत थिए।

कार्यविधि २०७३ मा छानबिन एवं मूल्यांकन सिफारिस समितिमा रहने सदस्यको व्यवस्था समेत यकिन गरेको थियो।

    (क) सहसचिव, नेपाल ट्रष्टको कार्यालयः संयोजक
    (ख) प्राविधिक प्रतिनिधि, भवन तथा सहरी विकास विभागः सदस्य
    (ग) वरिष्ठ इन्जिनियर, नेपाल ट्रष्टको कार्यालयः सदस्य
    (घ) उपसचिव (कानुन) नेपाल ट्रष्टको कार्यालयः  सदस्य
    (ङ) प्रमुख, आर्थिक प्रशासन शाखा नेपाल ट्रष्टको कार्यालयः सदस्य

   (च) उपसचिव(प्रशासन) नेपाल ट्रष्टको कार्यालयः सदस्य सचिव
    यसबाहेक, समितिले आवश्यकता अनुसार अन्य विशेपज्ञलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
     समितिले बैठकसम्वन्धी आफ्नो कार्यविधि आफैले निर्धारण गर्नेछ ।

तर, ट्रष्टको कार्यालयले अहिले ३ सदस्यीय समितिको सिफारिसका आधारमा समय थप गरेको हो।

तर, अहिले नेपाल ट्रष्टको कार्यालयले यो कार्यविधि आफ्नो आधिकारिक वेब पेजबाट समेत निकालेको छ। तर, कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन ०७३/७४ मा भने उक्त कार्यविधि स्वीकृत भएको उल्लेख गरेको छ।
कार्यविधिको विषयमा नेपाल ट्रष्ट कार्यालयका सूचना अधिकारी अमृत महर्जनलाई सोध्दा उनले कतिपय कार्यविधि स्वीकृत भए पनि कार्यान्वयन नआएका कारण वेबसाइटमा नराखेको स्वीकार गर्छ।

सरकारले अहिले गोकर्ण फरेस्ट रिसोर्टको सञ्चालनको पुरानो सम्झौता अनुसार साढे ५ वर्षको अवधि रहँदैमा २५ वर्षको थप गर्ने निर्णय गरेको छ। उक्त निर्णयलाई सरकारले काननुसम्मत नै रहेको भनेर दाबी गर्दै आएको छ।

यो पनि

गोकर्ण फरेष्ट रिसोर्टको समय थपः प्रधानमन्त्रीले प्रस्ताव गरे, मन्त्रीहरु हेर्‍याहेर्‍यै

प्रधानमन्त्रीको बलमा गोकर्ण फरेस्ट रिसोर्टको लिज अवधि नसकिँदै २५ वर्ष थपियो

नेपाल ट्रष्ट : स्वार्थ पूर्तिका लागि कसरी बदलियो कानुन, कसरी भत्काइयो संरचना?

सम्झौता सकिनुअघि नै गोकर्ण फरेस्ट रिसोर्टको लिज अवधि बढाउने तयारी

प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  १८:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
कालिमाटीमा मृत भेटिएका भरियाको हत्या गरिएको आशंका,सीसीटीभी हेर्दै प्रहरी जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार उनको टाउकोमा गम्भीर चोट देखिएकाले हत्याको अनुमान गरिएको छ। टाउ... बुधबार, फागुन ७, २०८१
ताजा समाचारसबै
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
प्रधानमन्त्रीसँगै स्पेन गएर केही व्यक्ति नफर्किएको भन्दै छानबिन गर्न रास्वपाको माग मंगलबार, असार २४, २०८२
बाढीको वितण्डापछि रसुवा जाँदै प्रधानमन्त्री ओली मंगलबार, असार २४, २०८२
सडकमा डाक्टर, बिरामी अस्पतालमा अलपत्र (फोटोफिचर) मंगलबार, असार २४, २०८२
शाहीको प्रश्न : जीबी राई कहाँ छन् ? गृहमन्त्री कुन दुलोमा लुकेर बस्नु भएको छ ? मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्