काठमाडौं- राजस्व अनुसन्धान विभागले भन्सार चोरी पैठारी तथा राजस्व चुहावट र विदेशी विनिमय अपचलनविरुद्ध मुद्दा दायर गरेको छ।
भारतको पलियाखिरी घर भइ हाल धनगढीमा सुनचाँदी व्यवसाय गर्दै आएका अतुल बर्मा तथा उनका बाबु सुशीलकुमार राजपुत विरुद्ध ८ करोड ६ लाख रुपैयाँ बिगो कायम गरी जिल्ला अदालत धनगढी कैलालीमा मुद्दा दायर गरिएको हो।
अतुल बर्माले आफ्ना बाबु सुशीलकुमार राजपुतको नाममा दर्ता भएको शिवम् सुनचाँदी पसलको आडमा भन्सार चोरी पैठारी गरी नेपाल ल्याएको सुन चाँदी काठमाडौंबाट अवैधरुपमा विना बिल बिजक खरीद तथा बिक्री गरेको विभागले जनाएको छ।
उनीहरुले सुनचाँदी आयाताको परिमाणसमेत न्यून देखाइ भन्सार छली गरेको विभागले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।
विभागले अतुलको बैंक स्टेटमेन्टमा देखिएको रकम ७ करोड ५१ लाख रुपैयाँले पनि यसलाई पुष्टि गरेको जनाएको छ।
विभागले विभिन्न कसुर गरेको पुष्टि हुने आधार भेटिएको र बिगोको ३ गुणा मागदावीसहित मुद्दा दायर गरेको पनि जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।