काठमाडौं– आइतबार ४ दशमलव शून्य ३ अंकले घटेको पूँजीबजार सातामा कारोबारको दोस्रो दिन पनि १ दशमलव ३३ अंकले घटेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार परिसूचक १ हजार १ सय ३२ दशमलव ४० अंकमा कायम भएको छ। १ सय ४५ वटा कम्पनीको ६ लाख ८ हजार ६ सय १ कित्ता सेयर ३ हजार ४ सय २५ पटक खरिदबिक्री हुँदा १६ करोड ४३ लाख ४९ हजार ५ सय ३६ रुपैयाँ बराबरको कारोबार भएको छ।
सोमबार होटल समूह, निर्जीवन बिमा समूह, अन्य समूह, लघुवित्त समूह, जीवन बिमा समूह र म्युचुअल फण्ड समूहको उपसूचक क्रमशः २ दशमलव ७२, ८ दशमलव ५९, १ दशमलव ७, शून्य दशमलव ६२, २२ दशमलव ०५ र शून्य दशमलव ०३ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक १६ दशमलव ४५ अंकले घटेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको १ करोड ८९ लाख ३७ हजार ३ सय ६७ रुपैयाँ बराबरको कारोबार भएको छ। सबैभन्दा धेरै कमाउनेमा घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ४ दशमलव ८१ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा एभरेस्ट बैंक लिमिटेड कम्भर्टेबल प्रिफेरेन्स (इबिएलसिपी) का लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव २८ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।