काठमाडौं- आफ्नै सचिवालयको कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश गरेको छ।
शनिबारबाट लागू हुने गरी थप ५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलासले आदेश जारी गरेको हो।
दोस्रो पटक म्याद थपका लागि अदालत उपस्थित गराइएका महरालाई जिल्ला अदालतले सरकारी वकिल कार्यालयमा सात घन्टा लामो बयानपछि जिल्ला अदालत काठमाडौं पेस गरिएको थियो।
प्रहरीसँग ‘राइट टु साइलेन्स’को अधिकार प्रयोग गरेका महराको बयान सरकारी वकिल कार्यालयमा सात घण्टा भएको थियो।
बयानपछि महरालाई म्याद थपका लागि पुनः अदालत लगिएको छ।
जिल्ला अदालत काठमाडौंले २८ असोजमा अनुसन्धानका लागि महरालाई थप १३ दिन थुनामा राख्न अनुमति दिएको थियो।
प्रहरीले पहिला नै १० दिन थुनामा राखेकाले उनी थप तीन दिन थुनामा बस्न परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।