काठमाडौं– आगामी जनगणनामा ५४ हजार ४ सय १३ कर्मचारी प्रयोग हुने भएका छन्।
नेपालमा प्रत्येक १० वर्षमा जनगणना हुँदै आएको छ। जसअनुसार, २०७८ सालमा जनगणना हुँदैछ।
यसपटकको नारा 'मेरो गणना, मेरो सहभागिता' रहेको तथ्यांक विभागले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
नेपालमा व्यवस्थित रुपले १९६८ देखि जनगणना सुरु भएको हो। २०७८ को जनगणना १२औं जनगणना हुने छ।
सुरुवातका जनगणनाहरु तत्काल मौजुदा जनसंख्या गौश्वराबाट सञ्चालन गरिन्थ्यो भने २००९/११ सालको जनगणना संख्या विभागबाट गरिएको थियो। २०१८ सालपछिका सबै जनगणनाहरु केन्द्रीय तथ्याङ्क विभागले सञ्चलन गर्दै आइरहेको छ।
२०७८ को जनगणनाअघि २०७६ माघ १ देखि चैत ३० सम्म नमुना जनगणना (पाइलट सेन्सस्) सञ्चालन गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।