• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २७, २०८२ Fri, Jul 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
उपनिर्वाचनमा कांग्रेसबाट कहाँ को बन्दैछन् उम्मेदवार?
64x64
नेपाल लाइभ शनिबार, कात्तिक २, २०७६  १३:५८
1140x725

काठमाडौं– मंसिर १४ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसको जिल्ला कार्यसमितिबाट बागलुङ २ ‘ख’ र धरान उपमहानगरपालिबाट उम्मेदवारको सिफारिस केन्द्रलाई प्राप्त भएको छ। पाँचथरस्थित फाल्गुनन्द गाउँपालिकाका प्रत्यासीको नाममा टुंगो लागे पनि केन्द्रमा सिफारिस भइसेको छैन।

पार्टी केन्द्रले ३ जनाको नाम पठाउन मातहतका संगठनलाई निर्देशन दिएको थियो। प्रदेश उम्मेदवारका लागि क्षेत्रीय कार्यसमितिले सिफारिस गरेका नाममा जिल्ला कार्यसमितिले रायसहित नाम केन्द्रलाई पठाउनसक्ने अधिकार छ।

उपनिर्वाचनमा सर्वाधिक चासोको क्षेत्र हो– कास्की २। प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुने एक मात्रै क्षेत्रमा कांग्रेसबाट दर्जन बढी आकांक्षी देखिएका छन्।

निधन भएका पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँग पराजित देवराज चालिसेको उम्मेदवारी दोहोरिने धेरैको आंकलन छ। क्षेत्रीय कार्यसमितिले जिल्लालाई नाम सिफारिस गर्न नसकेकाले केन्द्रमा नाम पठाउन ढिलाई भएको जिल्ला सभापति कृष्ण केसीले जानकारी दिए। सिफारिसका क्रममा आइपरेको व्यवधान बारे उनले भने, ‘सर्वसहमतिमा नाम सिफारिस गर्न भनिएको छ। सर्वसहमति हुन नसके कुन विधिबाट तय गरी पठाउने कुनै प्रावधान छैन। क्षेत्रीय कार्यसमितिलाई बहुमतको आधारमा उम्मेदवार छनोट गर्ने विकल्प छैन।’

कास्की २ मा चालिसे सहित खेमराज पौडेल, शोभियत बहादुर अधिकारी, माधव बास्तोला, वीरेन्द्र नारायण बिजुक्छे, लक्ष्मी पाण्डे, महादेव गुरुङ, ऋषि काफ्ले र गुरु बराल आकांक्षी छन्। क्षेत्रीय कार्यसमितिको बैठकले नामावली टुंगाएसँगै केन्द्रमा सिफारिस गर्ने जिल्ला सभापति केसीले जानकारी गराए।

धरान उपमहानगरका लागि सर्वसहमतिमा एक जनाको नाम तय भएको छ। गत स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट मेयरमा पराजित तिलक राईलाई पुनः उम्मेदवारमा दोहोर्‍याइएको छ। राई कांग्रेसका महानगरका सभापति समेत हुन्।

सुनसरी कांग्रेसका सभापति राजीव कोइरालाले भने, ‘क्षेत्रीय कार्यसमितिले सर्वसहमतिमा चयन गरी नाम पठाएको थियो। उनकै नाम केन्द्रमा सिफारिस गरें।’

तत्कालिन एमालेबाट निर्वाचित मेयर तारा सुब्बाको निधन भएको थियो।

Ncell 2
Ncell 2

केन्द्रीय कार्यालयले बढीमा तीन जनाको नाम पठाउन निर्देशन दिए पनि बागलुङ २ ‘ख’ मा जिल्ला कार्यसमितिले चार जनाको नाम पठाएको छ। कांग्रेसका बागलुङ जिल्ला सभापति दिपेन्द्र बहादुर थापाले भने, ‘क्षेत्रीय कार्यसमितिले पठाएका नाम हटाउने अधिकार जिल्ला कार्यसमितिलाई छैन। चार जनाकै नाम केन्द्रमा पठाएँ।’

द्रोण कुँवर, कुमारसिंह घर्ति, जीत शेरचन र टेकराज पौडेलको नाम सिफारिस गरिएको छ। कुँवर क्षेत्रीय सभापति हुन् भने अन्य महाधिवेशन प्रतिनिधि हुन्। गत निर्वाचनमा नेकपाको गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका टेक बहादुर घर्ती विजयी भएका थिए। निधन भएका घर्तिका प्रतिस्पर्धी कांग्रेसका जीत शेरचन थिए।

दाङ ३ ‘ख’मा क्षेत्रीय कार्यसमितिले नाममा टुंगो लगाउन नसक्दा केन्द्रलाई नाम प्राप्त भएको छैन। नेकपाबाट प्रदेश ५ का प्रदेशसभा सदस्यमा विजयी भएका उत्तमकुमार ओलीको निधन भएपछि उक्त क्षेत्र रिक्त बनेको छ। गत निर्वाचनमा ओलीसँग पराजित भएका बुद्धिराम भण्डारीले पुनः उम्मेदवार बन्न इच्छा देखाएका छैनन्। भरत केसी, केशव आचार्य, शंकर डांगी र खेम प्रसाद खराल उम्मेदवारको आकांक्षी देखिएका छन्।

भक्तपुर १ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य बनेका नेकपाका हरिशरण लामिछानेको मृत्य भएपछि त्यस क्षेत्रमा पुनः निर्वाचन हुन लागेको छ। उक्त क्षेत्रमा कांग्रेसबाट तरुण दलका पूर्व अध्यक्ष समेत रहेका विनोद कायस्थको नाम बढी चर्चामा छ। गत निर्वाचनमा लामिछानेसँग पराजित भएका जीवन खत्री पनि आकांक्षी छन्। मनोजकुमार थापा, जगन्नाथ कार्की, हरि नेपाल, किरण न्यौपाने, राजाराम खड्का, सुरेश श्रेष्ठ उम्मेदवारको लाइनमा छन्। कृष्णलाल भंडेलले पनि उम्मेदवारको दाबी गर्दै आएका छन्।

भंडेल संविधान सभाको पहिलो निर्वाचनमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेसँग पराजित भएका थिए।

पाँचथरस्थित फाल्गुनन्द गाँउपालिकाका अध्यक्षको पद रिक्त छ। कांग्रेसबाट निर्वाचित अमरकुमार नेम्बाङको रिक्त पदमा वृजहाङ आङदम्वेलाई सिफारिस गरिएको पाँचथर कांग्रेसका सभापति नरेन्द्र कुमार केरुङले जानकारी दिए।

संखुवासभाको मकालु गाँउपालिकाका अध्यक्ष खड्ग कटुवालको स्थान पनि खालि छ। उक्त स्थानमा सर्वसहमतिबाट उम्मेदवार चयन गरिने संखुवासभा कांग्रेस सभापति दिपेन कुमार श्रेष्ठले जानकारी गराए। उनले भने, ‘इच्छा राख्नेहरु धेरै छन्। कात्तिकको पहिलो साताभित्रै केन्द्रमा नाम पठाइन्छ।’

गत निर्वाचनमा कांग्रेस उम्मेदवार बहादुर राई पराजित भएका थिए।

महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष विनोदकुमार चौधरीको निधन पछि उक्त स्थान पनि खालि छ। क्षेत्रीय कार्यसमितिले नामावली सिफारिस नगरेकाले केन्द्रमा तीन जनाको नाम पठाउन नसकिएको जिल्ला सभापति महेन्द्र कुमार रायले जानकारी गराए।

सिफारिस भएका नामबाट उम्मेदवार छनोट गर्न र उपनिर्वाचनको रणनीति तय गर्न पार्टी केन्द्रको बैठक कार्तिक ७ लाई बोलाइएको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६  १३:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इटाली पहिलोपटक टी–२० विश्वकपमा, युरोप रिजनलबाट नेदरल्यान्ड्स पनि छनोट
पूर्वराजाका संवाद सचिव पाठक रिहा
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी
सम्बन्धित सामग्री
पूर्वराजाका संवाद सचिव पाठक रिहा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले अबउप्राप्त ‘श्री ५ महाराजधिराज’ भनेर सूचना तथा विज्ञप्ति जारी नगर्ने भनेर कागज ग... शुक्रबार, असार २७, २०८२
प्रधानमन्त्रीको प्रश्न : विकास आयोजनामा लापरबाही गर्नेलाई कारबाही गर्ने कि नगर्ने ? प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार भएको राष्ट्रिय विकास समस्या समाधान समितिको ५४ औँ बैठकमा समितिका अध्... शुक्रबार, असार २७, २०८२
मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे म तयार छु : माधव नेपाल शुक्रबार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूमाथि... शुक्रबार, असार २७, २०८२
ताजा समाचारसबै
इटाली पहिलोपटक टी–२० विश्वकपमा, युरोप रिजनलबाट नेदरल्यान्ड्स पनि छनोट शुक्रबार, असार २७, २०८२
पूर्वराजाका संवाद सचिव पाठक रिहा शुक्रबार, असार २७, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
प्रधानमन्त्रीको प्रश्न : विकास आयोजनामा लापरबाही गर्नेलाई कारबाही गर्ने कि नगर्ने ? शुक्रबार, असार २७, २०८२
साफ यू– २०:  पहिलो हाफमा भुटानविरुद्ध नेपाल ३ गोलले अगाडि शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह बिहीबार, असार २६, २०८२
संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्