काठमाडौं- ललितपुरस्थित जावलाखेलमा पुष्प मेला चलिरहेको छ।
‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ शुरु भएको सो मेला तथा प्रदर्शनीको कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले उद्घाटन गरेका छन्।
पुष्ष व्यवसायीहरुको संस्था फ्यानको आयोजना गरेको मेलामा विभिन्न थरिका फूल खरिदबिक्रीका लागि राखिएका छन्।
फूलहरूसँग रमाउने तथा तस्बिर खिच्नेहरूको मुस्कान मेलामा देख्न सकिन्छ।
मेलाले युवायुवतीदेखि वृद्धवृद्धालाई समेत आकर्षित गरेको छ।
जावलाखेल खेलमैदानमा आयोजित १३औं पुष्प प्रदर्शनीमा व्यावसायिक स्टल ४४, सूचनामूलक ४ र गोदावरी फूलका प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित कुल ४९ वटा स्टल छन्।
मेलामा ३५ हजारले अवलोकन गर्ने र करीब ५० लाख बराबरको आर्थिक कारोवार हुने अपेक्षा रहेको मेला संयोजक तथा फ्यानका उपाध्यक्ष शिवबहादुर खड्काले जानकारी दिए।
मेला कात्तिक ४ गतेसम्म सञ्चालन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।