काठमाडौं- नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई राष्ट्रपति विद्या भण्डारीले विमानस्थलमा स्वागत गरेकी छिन्।
स्वागतको केही बेरपछि नै विमानस्थलमै सीको स्वागतमा गार्ड अफ अनर अर्पण गरिने छ। सो कार्यक्रममा दुवै देशको राष्ट्रपति सहभागी हुने छन्।
गार्ड अफ अनर अर्पण गर्ने कार्यक्रम सकिएपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री लगायतको परिचय गराउने कार्यक्रम छ।
शनिबार नै दुई राष्ट्रपतिबीच शीतल निवासमा भेटवार्ता हुने छ। सी आजै राष्ट्रपतिको आयोजनामा सहभागी हुने भोजमा सहभागी हुनेछन्।
त्यसअघि सीले पूर्व प्रधानमन्त्री तथा काग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ।
सी शनिबार बेलुका त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्। आफ्नो दुई दिने भ्रमण सकेर सी भारतको चेन्नइबाट सिधै काठमाडौं प्रस्थान गरेका थिए।
सी राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।