काठमाडौं- चीनियाँ राष्ट्रपति सी चिनफिङको स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।
भारतबाट दुई दिने भ्रमण सम्पन्न गर्दै नेपाल आउन लागेका राष्ट्रपति सीलाई उच्च सम्मानका लागि राष्ट्रपति र प्रधानमन्त्री पुगेका हुन्।
भारतको चेन्नईबाट विशेष विमानमा काठमाडौंका लागि उडेका राष्ट्रपति सी अपरान्ह ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।
सीलाई स्वागत गर्न मन्त्रीहरु पनि विमानस्थल पुगेका छन्। पौने चार बजे सवै मन्त्रीहरु सीको स्वागतका लागि विमानस्थल पुगेका थिए।
राष्ट्रपति सीको नेपाल भ्रमणको तयारीबारे प्रधानमन्त्रीले विशेष चासो देखाएर अनुगमन गरेका थिए। प्रधानमन्त्री ओलीले सुरक्षा तयारीदेखि स्वागतको तयारीसम्म आफैंले अनुगमन गरेका थिए। शनिबार बिहान ओलीले सी हिँड्ने सडक र स्वागतद्वारहरूको अनुगमन गरेका थिए।
चीनियाँ उच्च नेतृत्वको २३ वर्षपछि नेपालमा उच्चस्तरीय भ्रमण हुन लागेकाले नेपालले विशेष महत्वका साथमा तयारी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।