काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ अबको केही समयमा अवतरण गर्ने भएकाले विमानस्थल बन्द गरिएको हो। राष्ट्रपति सि चेन्नइ विमानस्थलबाट प्रस्थान गरिसकेको बताइएको छ।
विमानस्थल कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार शनिबार दिउँसो २:५५ देखि साँझ ५:२५ सम्मका लागि नोटाम जारी गरिएको छ।
सी फर्किने क्रममा पनि आइतबार बिहान ११:२० देखि दिउँसो १:५० सम्म विमानस्थल बन्द रहनेछ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै सी काठमाडौं उत्रिँदा र फर्किने क्रममा नोटाम (नोटिस टु एयरम्यान) जारी गरिएको जनाएको हो।
विमानस्थल बन्द हुने सम्बन्धमा जारी गरिने आधिकारिक सूचनालाई नोटाम भनिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।