काठमाडौं- सिन्धुपाल्चोकको भोटसिपा लिखु मोडमा भएको बस दुर्घटनामा मृत्यु हुनको संख्या ११ पुगेको छ। बसका चालकको समेत मृत्यु भएको बताइएको छ। इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तमाङका अनुसार घाइतेहरुको उद्धार कार्य जारी रहेको छ।
मृतकको सनाखत भने हुन सकेको छैन।
घाइतेहरुलाई हेलिकोप्टरमार्फत उद्धार भइरहेको र गम्भीर अवस्थाका तीन घाइतेलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको उनले बताए। इन्द्रावती गाउँपालिको सिपाटारबाट काठमाडौ आउँदै गरेको हेलम्बु यातायातको बस दुर्घटना भएको हो।
बसमा ७० भन्दा धेरै यात्रु रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ। सडकबाट उद्दार सम्भव नभएकाले नेपाली सेनाको हेलिकोप्टर पनि उद्धारका लागि घटनास्थल आउन लागेको अध्यक्ष तमाङले बताए।
बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो। दसैं मनाएर काठमाडौं फर्किदै गरेका यात्रुहरु चढेको बस दुर्घटनामा परेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।