काठमाडौं- सिन्धुपाल्चोकको भोटसिपा लिखु मोडमा बस दुर्घटना भएको छ। बस दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी यात्रु घाइते भएका छन्।
इन्द्रावती गाउँपालिका-९, सिपाटारबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटनामा परेको हो।
बस सडकबाट करिब २ सय मिटर तल खसेको छ। बसमा सवार अधिकांश यात्रु दसैं मनाएर काठमाडौं फर्किंदै गरेका थिए।
दुर्घटनामा परि घाइते भएकाहरुको अहिले उद्धारकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव प्रसाद काफ्लेले बताए। उनका अनुसार घाइतेहरुको उद्धारका लागि हेलिकोप्टरसमेत परिचालन गरिएको छ। दुर्घटनाको कारणबारे भने तत्कालै केही भन्न नसकिने काफ्लेको भनाइ छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।