• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २२, २०८२ Mon, Dec 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

उडान अनुमति खारेज भएका ११ एयरलाइन्सले तिरेनन झन्डै साढे ८ करोड 

सबैभन्दा बढी बक्यौता नतिरेन नेकोन र कस्मिक एयरका मालिक कता हराए?
64x64
नेपाल लाइभ आइतबार, असोज १९, २०७६  ००:१९
1140x725

काठमाडौं– उडान अनुमति समेत खारेज भइसकेको ११ वटा एयरलाइन्स कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई झन्डै साढे ८ करोड बक्यौता लामो समयदेखि चुक्ता गरेको छैन। लामो समयदेखि विमानस्थल सेवा शूल्क वापतको बक्यौता रकम नतिरेन आन्तरिक हवाई सेवा प्रदायक कम्पनीहरुको नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति पत्र समेत खारेको गरिसकेको छ।

विमानस्थल कार्यालयका अनुसार ११ वटा सञ्चालनमा नरहेको आन्तरिक हवाई सेवा दिँदै बन्द भएका एयरलाइन्स कम्पनीले मात्रै तिर्नु पर्ने रकम ८ करोड ४३ लाख ७५ हजार १ सय ८४ रुपैयाँ रहेको छ।

जसमा सबैभन्दा बढी निकोन एयर र कस्मिक एयरको छ। यी दुई एयरलाइन्सको बक्यौता रकम मात्रै ८ करोड भन्दा बढी छ। तर, यी दुबै एयरलाइन्स कम्पनीका मालिक अहिलेसम्म विमानस्थलको सम्पर्कमा आएका छैनन।

विमानस्थल कार्यालयलाई ‘विमानस्थल सेवा शूल्क’ बापतको बक्यौता चुक्ता नगरी दुई एयरलाइन्स कम्पनीका मालिक वर्षौंदेखि सम्पर्क बाहिर छन्। एक दशकअघि नै बन्द भएको नेकोन एयरका मालिक दीपमणि राजभण्डारी हुन् भने कस्मिक एयरका मालिक रवीन्द्रप्रसाद प्रधान। 

‘पैसा तिरेका छैनन् र तिराउने निकायले पनि के गरेको छ थाहा छैन’, नेपाल नागरिक उड्डयन प्राधिकरण मातहतको विमानस्थल कार्यालयमा कार्यरत एक कर्मचारीले ठट्ट्यौली शैलीमा सुनाए, ‘यो देशमा यसको सोधखोज गर्ने कसलाई फुर्सद?’

अहिले दुई वटै एयरलाइन्सको उडान अनुमति समेत खारेज भइसकेको छ। तर, एयरलाइन्स कम्पनीले ८ करोडभन्दा बढी बक्यौता तिरेका छैनन्। लामो समयदेखि विमानस्थल कार्यालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि रकम असुलीमा कुनै चासो देखाएका थिएन।

तर, संसदको लेखा समितिले विमानस्थलको बक्यौता रकमको विषयमा चासो राखेसँगै प्राधिकरणले केही दिन अगाडि असुलीका लागि भन्दै ३० दिनको सूचना प्रकाशन गरेको छ।

विमानस्थल कार्यालयका अनुसार बन्द नेकोन एयरले विमानस्थल सेवा शुल्क बापतको ४ करोड ६३ लाख ८५ हजार ५३ रुपैयाँ तिर्न बाँकी छ। तर, नेकोन एयरका प्रतिनिधि तथा मालिक सम्पर्कमा नरहेको विमानस्थल कार्यालयको भनाइ छ।

Ncell 2
Ncell 2

नेकोन एयर २०६२ पुषमा बन्द भएको थियो। एयरलाइन्स बन्द भएको १२ वर्ष बितिसक्दा पनि एयरलाइन्सले विमानस्थललाई तिर्नुपर्ने बक्यौता रकम तिरेको छैन। तर, नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको विमानस्थल कार्यालयले भने वर्षेनी आफ्नो आय विवरणमा नेकोन र कस्मिक एयरको बक्यौता रकम पनि उल्लेख गर्दै आएको छ।

नेकोन एयर दीपमणि राजभण्डारीका नाममा दर्ता भएको प्राधिकरणको रजिस्ट्रेसनमा उल्लेख छ। तर, भण्डारी अहिले नेपालमा छैनन्। उनी अहिले अमेरिका रहेको स्रोत बताउँछ।

यसैगरी सन् १९९७ देखि हवाई सेवामा प्रवेश गरेको कस्मिक एयर पनि अहिले बन्द भइसकेको छ। प्राधकिरणका अनुसार कस्मिक एयर २०६९ सालको मंसिर महिनादेखि बन्द छ।

कस्मिक एयरको पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत उडान अनुमति तथा लाइसेन्स खारेज गरिसकेको छ। तर, एयरलाइन्सले अहिलेसम्म विमानस्थल कार्यालयलाई तिर्न बाँकी रहेको बक्यौता तिरेको छैन। 

एयरलाइन्सले विमानस्थल कार्यालयलाई विमानस्थल सेवा शूल्क बापतको ३ करोड ३३ लाख १२ हजार ९ सय ६ रुपैयाँ बक्यौता रकम चुक्ता गरेको छैन।

कस्मिक एयरलाइन्स वरिष्ठ पाइलट रवीन्द्रप्रसाद प्रधानको नाममा रजिस्ट्रेसन थियो।  प्रधान तत्कालीन राजाका पाइलट समेत हुन्। तर, प्रधानले अहिलेसम्म पनि विमानस्थल कार्यालयलाई बक्यौता रकम चुक्ता गरेका छैनन्।

विमानस्थल कार्यालयले  सञ्चालनमा नरहेको एयरलाइन्ससँग असुल गर्नु पर्ने रकम असुलीका लागि नेपाल सरकारको ऐन नियमले दिएको अधिकार प्रयोग समेत गर्न सकेको छैन।

कुन एयरलाइन्सको कति बक्यौत?
एयर नेपाल–७८ हजार
अल्पाइन एयर–७२ हजार
कस्मिक एयर–३ करोड ३३ लाख १२ हजार
गरुण एयर–२७ हजार
गोरखा एयरलाइन्स– ६ लाख ५७ हजार
कर्णाली एयर–१६ लाख ६४ हजार
मुक्ति एयरलाइन्स– २६ हजार
निकोन एयर–४ करोड ६३ लाख ८५ हजार
नेपाल एयरवेज–११ लाख ७९ हजार
संग्रिला एयर–२ लाख ३७ हजार
स्काईलाइन एयरवेज–७ लाख ३३ हजार 
 

प्रकाशित मिति: आइतबार, असोज १९, २०७६  ००:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अख्तियारका प्रवक्ता पौडेल सचिवमा बढुवा
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्चको परमादेश
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अख्तियारका प्रवक्ता पौडेल सचिवमा बढुवा सोमबार, मंसिर २२, २०८२
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय सोमबार, मंसिर २२, २०८२
हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्चको परमादेश सोमबार, मंसिर २२, २०८२
माग पूरा नभए फागुनमा निर्वाचन हुनै दिन्न : प्रसाईं सोमबार, मंसिर २२, २०८२
१२ साना दलले बनाए ५ गठबन्धन, संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्ने सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
ओली नआएपछि शंकरले बुझे ईश्वरकाे नेतृत्व परिवर्तन गर्ने निष्कर्षसहितको अवधारणापत्र सोमबार, मंसिर २२, २०८२
क्यानका निलम्बित महानिर्देशक अधिकारी कारागार चलान आइतबार, मंसिर २१, २०८२
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै सोमबार, मंसिर २२, २०८२
ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दै सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्