काठमाडौं- तेलको मूल्य बढेर आए पनि नेपाल आयल निगमले भने साविककै मूल्यलाई कायम राखेको छ। निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मूल्य बढे पनि दसैंको कारण सर्वसाधारणको हितको लागि भन्दै साविककै मूल्य कायम राख्ने जानकारी गराएको हो।
विगतको तुलनामा पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ६ पैसा, डिजलमा ३ रुपैयाँ ६३ पैसा, मट्टितेलमा २ रुपैयाँ ६२ पैसा, हवाइ इन्धनमा ई रुपैयाँ ६४ पैसा तथा एलपी ग्यासको १५ रुपैयाँ ९८ पैसाको दरले मूल्य बढेर आएको छ।
उपत्यकामा हालको विक्री मूल्य पेट्रोलको प्रतिलिटर १ सय ७ रुपैयाँ, डिजेल/मट्टितेलको ९५ रुपैयाँ, आन्तरिक हवाइ इन्धनको ९४ रुपैयाँ ५० पैसा, बाह्य हवाइ इन्धनको १ रुपैयाँ अमेरिकी डलर तथा एलपी ग्यासको १ सय ३५ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।