काठमाडौं- सुनको भाउ फेरि तोलाको ७० हजार रुपैयाँ भन्दा माथि उक्लिएको छ।
तीन दिनअघि ७० हजारबाट ओर्लिएको सुनको भाउ बिहीबार फेरि बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुनको भाउ तोलाको ७० हजार ९ सय रुपैयाँ तोकिएको छ।
बुधबारको तुलनामा बिहीबार तोकिएको मूल्य तोलामा ११ सय रुपैयाँले बढि हो।
सुनको सँगै चाँदीको भाउ पनि बढेको छ।
चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो।
चाँदी तोलाको ८५० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।