काठमाडौं– यौन दुर्व्यवहारको आरोप लागेका कृष्णबहादुर महराले सभामुख पदबाट दिएको पहिलो राजीनामा विवादित भएपछि दोस्रोपटक पुन: दोस्रोपटक राजीनामापत्र बुझाएको छन्।
महराले बुझाएको राजीनामा राखिएको भाषा उपसभामुखले चित्त नबुझाएपछि दोस्रो राजीनामा माग गरिएको थियो।
महराले मंगलबार 'छानबिन नसकिँदासम्म' भन्दै सर्तसहितको राजीनामा पत्र बुझाएका थिए। महराले राजीनामा उल्लेख गरेको छानबिन प्रक्रिया पूरा नभएसम्मका लागि भन्ने शब्द हटाएर दोस्रो राजीनामा आएको संसद सचिवालयले स्रोतले जानकारी दिएको छ।
सभामुख पदबाट महराले दिएको सर्तसहितको राजीनामा पत्र उपसभामुख शिवमाया तुम्बाहाङ्फेले अस्वीकृत गरेपछि मंगलबार बिहान पुनः राजिनामा बुझाएका हुन्।
महराले बुझाएको राजीनामा नेकपा नेतृत्वमा असन्तुष्ट पैदा भएपछि उपसभामुखले अर्को माग गरेकी थिइन्। खासगरी पूर्व एमाले पंक्ति असन्तुष्टि जाहेर गर्दै आएको थियो। पूर्व सभामुख तथा संसदीय दलको उपनेता सुवास नेम्बाङले सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गरेका थिए। महराको राजीनामापछि नेम्बाङले सभामुखबाट मात्र नभई प्रतिनिधिसभा सदस्यबाट पनि मुक्त हुने बताएका थिए।
उपसभामुखको यो कदमबारे नेकपा नेतृत्व जानकार थियो। उपसभामुखको मागपछि महराले शर्तरहित अर्को राजीनामा पत्र उपसभामुख सचिवालय स्रोतले जनाएको छ।
अर्को राजीनामा पत्रका आधारमा उपसभामुख तुम्बाहाङ्फेले बुधबार दिउँसो महराको राजीनामा आएको सूचना संसद सचिवालयमा टाँस्न लगाएकी थिइन्। उक्त सूचनामा पनि महराले पहिलो पटक बुझाएको राजीनामा पत्रमा भएजस्तो सर्त उल्लेख छैन।
संसद सचिवायले सच्याउँदै टाँसेको सूचनामा आरोपबारेमा सत्यतथ्य छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी राजीनामा दिएको उल्लेख गरिएको छ। महराले पहिलो राजिनाममा छानबिन नभएसम्मका लागि भनेका थिए। तर उपसभामुखले राजीनामा बुझेपछि जारी भएपछिको सूचनामा छानबिनका लागि सहज होस् भनि उल्लेख गरेको छ।
नेकपाले यो संगै अव महराको स्थानमा नयाँ सभामुख चयन गर्ने बताएको छ । संसद सचिवालयले उपयुक्त समयमा अव नयाँ सभामुख छान्ने प्रक्रिया शुरु गर्ने सचिवालयको दावी छ । महरालाई गत सोमबार सचिवालयकै एक कर्मचारीले यौन दूर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।
आरोप सार्वजनिक भएसँगै सर्वत्र बिरोध सुरु भएपछि नेकपाको सचिवालयको निर्देशनपछि महराले मंगलबार सर्तसहितको राजीनामा दिएका थिए । महरालाई पार्टीले सभामुख र सांसद दुवै पदवाट राजिनामा दिन भनेको थियो । तर महराले सांसद पदको बारेमा उल्लेख गरेका थिएनन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।